Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘डोम समुदायको कथा लेख्दा आफ्नै बुझाइ भत्कियो’

‘डोम समुदायको कथा लेख्दा आफ्नै बुझाइ भत्कियो’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘डोम समुदायको कथा लेख्दा आफ्नै बुझाइ भत्कियो’

पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास मगनी मरिक २९ असोजमा सार्वजनिक भएको छ। मधेसको सीमान्तकृत डोम समुदायकी पात्रलाई केन्द्रमा राखेर लेखिएको उपन्यासमा जातीय विभेद, सामाजिक बहिष्करण र राज्य तथा प्रशासनसँग जुध्नुपर्दाका उल्झन समेटिएका छन्। कान्तिपुर दैनिकको अनलाइन संस्करण इकान्तिपुरका सम्पादक सापकोटाका जीवन कतिपय निबन्धसंग्रह, कहर गैरआख्यान र दुःखदेखि दुःखसम्म अनुसन्धानमूलक कृति प्रकाशित छन्। नयाँ उपन्यासको लेखनप्रक्रिया, सीमान्तकृत समुदायको जीवनलाई साहित्यमा उतार्दाको जिम्मेवारी, आफ्नै लेखनमाथि उठेका आलोचना र पत्रकारितामा मानवीय संवेदनाको भूमिकाबारे उनीसँग टुमराज कोइरालाले गरेको बातचित : तपाईंको नयाँ कृतिको नाम मगनी मरिक छ। यो नामसँग तपाईंको पहिलो साक्षात्कार कसरी भयो? नामपछाडिको कथा के हो? पुस्तकको शीर्षक बनाउने निर्णयसम्म पुग्दा तपाईंलाई कुन कुराले सबैभन्दा बढी प्रभावित गर्‍यो? त्यो पहिलो क्षण वा दृश्य बताइदिनुस् न। धेरैका निम्ति यो नाम नयाँ हुन सक्छ। अझै हामी काठमाडौँमा बस्नेका लागि त यो के हो भनेजस्तो हुँदो रहेछ भन्ने थाहा पाएँ मैले। जसले मलाई यसको अर्थ सोध्नुहुन्छ, उहाँलाई म ‘तपाईंको नाम र थर सम्झिनुस्, त्यही हो’ भन्ने गरेको छु। त्यो समुदायमा यो कुनै नयाँ र नौलो नाम होइन। मैले बहुल जनसंख्याले थाहा नपाएको वा नसुनेको नाम अनि त्यो समुदायबारे जिज्ञासा वा उत्सुकता पैदा होस् भन्ने हिसाबले पनि यो नाम छानेको हो। अनि यो सिंगो पुस्तक मगनीको मनोविज्ञान, उसले बाँचेको समयको कथा र उसले भोग्ने अनेकन् प्रशासनिक र सामाजिक उल्झनको वरपर घुमेकाले पनि मैले यो नाम छानेको हुँ। जनकराज सापकोटाको नयाँ कृति । यो पुस्तकको सामग्री खोज्ने क्रममा तपाईंको आफ्नै कुनै पुरानो बुझाइ भत्कियो? पहिले एउटा दृष्टिले हेरिरहेको समाज, समुदाय वा जीवनलाई पछि बिल्कुलै फरक ढंगले बुझ्नुपरेको कुनै अनुभव छ? पुस्तक लेखिसकेपछि तपाईंमा आएको सबैभन्दा ठूलो परिवर्तन के हो?सुरुमा मधेसको डोम समुदायबारे मेरो बुझाइ नेपालका अन्य दलित समुदायबारे जस्तो बुझाइ थियो, त्यस्तै खालको थियो। तर किताबका लागि अनुसन्धान गर्दै र पात्रहरूलाई मसिनोसँग बुझ्दै जाँदा दलितभित्र पनि पत्रपत्र पो रहेछन्। अनि त्यो पत्रको सबैभन्दा अन्तिम पत्रमा मगनीहरू रहेछन्। राष्ट्रिय जनगणना २०७८ अनुसार डोम समुदायको जनसंख्या १९ हजार ९०१ छ। तीमध्ये ९० प्रतिशत हाराहारी भूमिहीन छन्। मगनी मरिकमा पनि मैले एउटा सीमान्तकृत समुदायको पात्र कसरी स-साना उल्झनमा फस्छ र त्यस्तो उल्झन हामी बाँचेको समाज र राजनीति अनि प्रशासनका लागि कति हल्का मनोरञ्जनको विषय बन्छ भनेर बुझाउन खोजेको हुँ। बहुसंख्यक शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सुविधाबाट वञ्चित छन्। राज्यबाट एउटा समुदाय किन यसरी बहिष्कृत र किनाराकृत छ? यो प्रश्नको उत्तर कसले खोज्ने हो? यो प्रश्नले कुन शासकलाई कसरी गम्भीर बनाउने हो? यस्तै कुराहरू पुस्तक लेख्दा र लेखिसकेपछि मसँग छन्। तपाईंका अघिल्ला पुस्तकमा पनि सामान्यतः चर्चामा नआउने मानिसका असामान्य जीवनानुभव भेटिन्छन्। मगनी मरिकमा तपाईंको मुख्य अभिप्राय के हो– एउटा विशिष्ट जीवनलाई अभिलेखित गर्ने, त्यो जीवन निर्माण गर्ने समाजलाई बुझ्ने कि हामीले सामान्य मान्दै आएको कुनै सामाजिक यथार्थलाई नयाँ दृष्टिले हेर्ने? अर्थात् पाठकले यो पुस्तक पढिसक्दा के कुरा बुझोस् भन्ने चाहनुहुन्छ? कुनै समाज वा समुदाय अथवा कुनै किनारमा परेको वा बहिष्कार भोगिरहेको पात्रबारे लेख्दा उसको कथा वा उसको मनोदशाबारे मात्रै थाहा हुँदैन। त्यो समयको असंगत कथा पनि भन्न सकिन्छ। त्यो बेलाको राजनीति वा सामाजिक मनोविज्ञान वा त्यतिबेलाका शासकहरूलाई किताबबाट बुझाउने मेरो प्रयास रहन्छ। यो पुस्तकमा पनि मैले एउटा सीमान्तकृत समुदायको पात्र कसरी स-साना उल्झनमा फस्छ र त्यस्तो उल्झन हामी बाँचेको समाज र राजनीति अनि प्रशासनका लागि कति हल्का मनोरञ्जनको विषय बन्छ भनेर बुझाउन खोजेको हुँ। एउटा समयको अभिलेखन र एउटा असंगत समयको चित्र उतार्नु नै मेरो ध्येय हो। पाठकले हामीले बाँचेको समाज कहाँदेखि कहाँसम्म फैलिएको छ भनेर बुझून्। हामी कस्तो विरोधाभासपूर्ण समाजको हिस्सा हौँ भनेर बुझून्। जनकराज सापकोटाको तेस्रो कृति। मगनी मरिकको तयारीमा भेटेका, सुनेका वा टिपेका तर पुस्तकमा समेट्न नसकेका प्रसंग पनि होलान्। तपाईंलाई अहिले पनि सम्झना आइरहने त्यस्तो कुनै दृश्य वा घटना छ? त्यो किन छुट्यो? प्रमाण पुगेन, गोपनीयताको प्रश्न आयो, पुस्तकको संरचनामा अटेन कि लेखकका रूपमा त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने निर्णय गर्न कठिन भयो? मैले देखेका वा सुनेका धेरै कथा वा प्रसंगहरू केही जस्ताको तस्तै र केही बिम्ब र प्रतीकहरूमा अटाएका छन्। केही प्रसंगहरू मैले थाती पनि राखेको छु, जसमा थप अध्ययन र अनुसन्धान गर्न सकियोस् अनि त्यसलाई सही समयमा भन्न सकियोस् भनेर। तर जुन समुदायको बारेमा लेखिरहेको छु, त्यो समुदायको आत्मसम्मानमा कहीँकतै चोट नपुगोस् भनेर म हरदम सतर्क भएँ। कतिपय तथ्यहरू देखेजस्ता मात्रै हुँदा रहेनछन्। कतिपय तथ्य तत्काल सुनेजस्ता मात्रै हुँदा रहेनछन्। त्यसलाई सामाजिक, राजनीतिक र संरचनागत हिसाबले बुझेपछि त्यसको अर्थ फरक हुँदो रहेछ। त्यो समुदायको मनोविज्ञान वा आत्मबल बलियो बनाउन के-कस्ता प्रयोग गर्न सकिन्छ भनेर हरदम सोचिरहेँ। अनि तत् समुदायका धेरै व्यक्तिलाई पुस्तकको पाण्डुलिपि पढ्न दिएँ र उनीहरूले दिएका धेरै सुझावहरू ग्रहण गर्दै लेख्ने र सम्पादन गर्ने क्रम जारी राखेँ। कुनै मानिसले सुनाएको अनुभव उसका लागि सत्य हुन सक्छ, तर घटनाको विवरण दस्तावेज वा अर्को स्रोतसँग नमिल्न पनि सक्छ। ‘मगनी मरिक’का लागि सामग्री सङ्कलन र तथ्य परीक्षण कसरी गर्नुभयो? पात्रको स्मृति, उपलब्ध प्रमाण र तपाईंको आफ्नै अवलोकनबिच विरोधाभास भेटिँदा कुन आधारमा निर्णय लिनुभयो? समाचारमा अपनाउने विधि र पुस्तकमा अपनाउने विधि कति फरक रहे? समाचार भनेको त्यसै पनि हतारको साहित्य भनिन्छ। तर खोज पत्रकारिता यसको अपवाद हो। मैले पुस्तक लेखनका क्रममा त्यस समाजमा दर्जनौँ भ्रमणहरू गरेँ। त्यस समुदायका पात्रले कसरी बोल्छन्, कसरी सोच्छन्, कसरी विचार वा प्रतिक्रियाको निर्माण गर्छन् भनेर हेरेँ। कतिपय तथ्यहरू देखेजस्ता मात्रै हुँदा रहेनछन्। कतिपय तथ्य तत्काल सुनेजस्ता मात्रै हुँदा रहेनछन्। त्यसलाई सामाजिक, राजनीतिक र संरचनागत हिसाबले बुझेपछि त्यसको अर्थ फरक हुँदो रहेछ। यस्तो अनुभव धेरैपटक भयो। किनकि मैले यो लेखनका क्रममा सिक्दै-सिक्दै गएँ। जनकराज सापकोटाको दोस्रो कृति। एक जना पत्रकार कसैको घर पुग्छ, दुःख सुन्छ, निजी अनुभव टिप्छ र त्यसलाई पुस्तक बनाउँछ। पाठकले कथा पाउँछ, लेखकले परिचय र प्रकाशकले बजार पाउँछ। तर जसको जीवनले पुस्तक जन्माएको हो, उसका लागि त्यो प्रक्रियाको अर्थ के हुन्छ? यो शक्ति-सम्बन्ध र असमानताबारे तपाईं कति सचेत हुनुहुन्छ? ‘मगनी मरिक’ तयार पार्दा यस प्रश्नले तपाईंलाई कत्तिको पछ्यायो? बजारशास्त्रको क्रूरता यस्तै हुन्छ। तर तपाईं कसको कथा लेख्दै हुनुहुन्छ, उनीहरूलाई कसरी समभावमा राख्दै हुनुहुन्छ, त्यो समुदायबारे तपाईंले विगतमा के गर्नुभएको छ भन्ने प्रश्न पनि महत्त्वपूर्ण हुन्छ। यी प्रश्न मैले आफैँलाई पनि सोधेँ। मैले मधेसको दलित समुदायबारे झन्डै दस वर्षसम्म स्थलगत रूपमै बुझ्ने काम गरेँ। त्यस क्रममा मैले दर्जनौँ रिपोर्टिङहरू लेखेँ। त्यस समुदायका पात्रहरूको कैयन् उल्लास अनि कैयन् हैरानीहरूको साक्षी भएँ। पाठकहरूले दिने प्रतिक्रिया र सुझावले मलाई थप नयाँ कोणबाट सोच्न र बुझ्न सघाउँछ। त्यसले मलाई बदलेछ वा थप सुधारेछ भने म आफैँमाथि समीक्षा गर्दै फेरि लेखन यात्रामा रहन्छु। यो किताबले कुन बाटो हिँड्छ, म यसै भन्न सक्दिनँ। तर यो पुस्तकबाट तपाईंले थाहै नपाएको समुदायको अन्तरकुन्तर बुझ्न सक्नुहुन्छ। त्यहाँ राज्य वा प्रशासनको भूमिका खोज्न सक्नुहुन्छ। अनि दलनको स्वरूप यतिसम्म हुन्छ भनेर जान्न पाउनुहुन्छ। अनि तपाईं आफैँ कति अवसर र सुविधायुक्त समयमा बाँचिरहनुभएको छ भनेर हेर्न सक्नुहुन्छ। तपाईंको पुस्तकको केन्द्रमा रहेको पात्रले तपाईंले लेखेको कुरा पढ्दै वा सुन्दै छ भने तपाईंको कुन व्याख्यामा उसले सहमति जनाउला र कुन कुरामा ‘मेरो जीवनलाई तपाईंले आफ्नै ढंगले बुझ्नुभएछ’ भन्न सक्ला? अरूको जीवनलाई आफ्नो भाषामा उतार्दा पात्रको अनुभव र लेखकको व्याख्याबिच दूरी उत्पन्न हुन सक्छ। त्यस्तो दूरी स्वीकार गर्ने वा सच्याउने तपाईंको तरिका के हो? पुस्तक तयार गर्दा सम्बन्धित पात्र वा व्यक्तिहरूको प्रतिक्रिया लिने अवसर मिल्यो? यो जटिल प्रश्न हो। यसको उत्तर सरल भाषामा दिन त्यति सजिलो छैन। पात्रहरूलाई बुझ्नु अनि उनीहरूलाई पत्र-पत्रमा केलाउनु फरक कुरा हो। मैले लामो समय अनुसन्धानमा बिताउनुपर्नाको कारण पनि त्यही हो। यस्तो दूरी कम गर्नका लागि मैले त्यही समुदायका लेखक र अनुसन्धानकर्मीहरूलाई पाण्डुलिपि पढ्न दिएँ। ताकि मेरा बुझाइहरूमा थप प्रश्न गर्न वा थप सच्याउन सकियोस्। यो लामो चरण गुजारेकाले म तत् पात्र वा समुदायलाई न्याय गर्न कसर बाँकी राखेको छैन भन्नेमा पुगेको छु। तर मेरो बुझाइ शतप्रतिशत सही नहुन पनि सक्छ। पाठकहरूले दिने प्रतिक्रिया र सुझावले मलाई थप नयाँ कोणबाट सोच्न र बुझ्न सघाउँछ। त्यसले मलाई बदलेछ वा थप सुधारेछ भने म आफैँमाथि समीक्षा गर्दै फेरि लेखन यात्रामा रहन्छु। जनकराज सापकोटाको पहिलो कृति। दुःखलाई सुन्दर भाषामा लेख्दा त्यसको कुरूप यथार्थ ओझेल पर्ने जोखिम हुँदैन? तपाईंका ‘जीवन कतिपय’ र ‘कहर’जस्ता कृतिमा अभाव, संघर्ष, विस्थापन र सामाजिक अन्यायका कथाहरू छन्। यस्ता कथा पढ्दा पाठक भावुक हुन सक्छ, लेखकको भाषाको प्रशंसा गर्न सक्छ। तर दुःखको कारण बनेको समाज र व्यवस्थालाई प्रश्न नगरी पुस्तक बन्द गरिदियो भने त्यस्तो लेखनले आफ्नो उद्देश्य पूरा गर्‍यो भन्न मिल्छ? संवेदनालाई साहित्य बनाउने र सामाजिक यथार्थलाई उजागर गर्ने कामबिच तपाईं कसरी सन्तुलन राख्नुहुन्छ? मेरा हरेक किताबहरू कुनै पात्र वा समुदाय वरिपरि घुमे पनि त्यतिबेलाको समाजलाई प्रश्न गर्ने वा विधि-व्यवस्थाको परिणामबाट यो सबै भइरहेको छ भनेर बुझाउने सचेत प्रयास मैले सधैँ गर्दै आएको छु। हर नागरिकका संवेदना वा जटिलतासँग हाम्रो राजनीतिको सम्बन्ध कसरी हुन्छ? हाम्रो विधि र प्रशासनको सम्बन्ध कसरी हुन्छ? अनि हाम्रो शिक्षा प्रणाली र समाजको तहगत प्रणालीको सम्बन्ध कहाँनेर हुन्छ? यस्ता प्रश्नहरू मैले पुस्तक लेखनमा सधैँ आफैँसँग गर्दै आएँ। जसले मलाई सचेत रूपमा पात्रहरूबारे लेख्न र समस्यालाई बहुकोणबाट हेर्न सघायो। लेखकले आफ्नै लेखनको आलोचना कति सुन्छ? ‘जीवन कतिपय’माथिको समीक्षामा उज्ज्वल प्रसाईंले सीमान्तका पात्रलाई हेर्ने लेखकको दृष्टि र लेखक-पात्रबिचको शक्ति-सम्बन्धको प्रश्न उठाउनुभएको थियो। तपाईंले त्यो आलोचनालाई कसरी लिनुभयो? त्यस्तै, बसाइँसराइसम्बन्धी तपाईंको अनुसन्धानमूलक लेखनमाथि पद्धति र प्रमाणको प्रयोगबारे पनि प्रश्न उठेका थिए। यी आलोचनामा तपाईंले आफ्नो कमजोरी पनि देख्नुभयो कि आलोचकका निष्कर्षसँग असहमत हुनुहुन्छ? तिनले पछिल्लो लेखनमा कुनै परिवर्तन ल्याए? पक्कै पनि ती समीक्षा मलाई सम्झना छन्। हरेक पुस्तक प्रश्नसहित नै आउने हुन्। अनि तिनले लेखक स्वयंलाई पनि प्रशंसाका अतिरिक्त प्रश्नहरू पनि दिएर जान्छन्। यस्ता कुराहरूप्रति म सचेत नै छु। अनि हरेक नयाँ पुस्तक लेखन यात्रामा आफूलाई थप परिष्कृत गर्न प्रयत्न गर्छु। लेखन यात्रा भनेको आफैँलाई पनि निखार्दै वा माझ्दै लैजाने प्रयास रहेछ। हरेक किताबमा उमेरअनुसार अनि सामर्थ्यअनुसार आफूले अन्तिमसम्म मेहनत वा बल लगाएको हुन्छ। मलाई प्रश्न गर्नेहरू आलोचकभन्दा पनि समीक्षकहरू हुन्। जसले मलाई आफैँमाथि समीक्षा गर्न र बहुकोणबाट आफ्नो लेखन यात्राबारे बुझ्न सघाएको छ। तर अनुसन्धान पद्धतिबारे उठेका प्रश्नहरू पनि प्राज्ञिक बहसमा जारी छन्। यस्तो बहसले नयाँ उत्तरको खोजी गरोस् भन्ने म आफैँ चाहन्छु। किनकि हर नयाँ प्रयासबारे समाजमा संशय वा जिज्ञासा अथवा भनौँ, केही अतिरिक्त प्रश्नहरू आउँछन् नै। यसलाई मैले सामान्य प्रक्रियाभन्दा पर केही बुझेको छैन। जीवन कतिपयदेखि मगनी मरिकसम्म आइपुग्दा जनकराज सापकोटा कति बदलिएका छन्? अहिले फर्केर हेर्दा तपाईंका अघिल्ला पुस्तकमा के कुरा छुटेको वा कमजोर भएको महसुस हुन्छ? फेरि लेख्ने अवसर पाए कुन प्रसंग वा पात्रलाई फरक ढंगले प्रस्तुत गर्नुहुन्थ्यो? त्यसबेला लेख्न नसकेका, तर अहिले लेख्न सक्ने भएका कुनै सत्य छन्? नयाँ पुस्तकमा आफ्नै पुरानो लेखनबाट बाहिर निस्कने कस्तो प्रयत्न गर्नुभएको छ? लेखन यात्रा भनेको आफैँलाई पनि निखार्दै वा माझ्दै लैजाने प्रयास रहेछ। हरेक किताबमा उमेरअनुसार अनि सामर्थ्यअनुसार आफूले अन्तिमसम्म मेहनत वा बल लगाएको हुन्छ। तर त्यस्तो मेहनत वा अनुसन्धानका क्रममा केही सिक्दै पनि गइएको हुन्छ। जुन अर्को पुस्तक लेखनका निम्ति साध्य बन्दै जान्छ। जीवन कतिपयमा मैले गरेका केही त्रुटिहरू कहरमा सच्याएँ। कहरमा गरेका केही कमजोरीहरू मैले दुःखदेखि दुःखसम्म पुस्तकमा सच्याएँ। पत्रकारिता भनेको गणित मात्रै पनि होइन। यो आफैँमा सचेत संवेदना वा मनोभावसहितको कर्म हो। अनि यी सबै अनुभवहरू मैले मगनी मरिकमा खन्याएको छु। तर यो सम्पूर्ण यात्राले मलाई थप सिकाएको छ। थप खोज्न र जान्ने उत्सुकता पनि दिएर गएको छ। मेरो लेखनमा सीमा र सामर्थ्यबारे बुझाएको छ। अनि थप काम गर्न बाँकी छ भन्ने प्रश्न पनि मलाई दिएको छ। तपाईंले लेख्नुभएको समाचार ‘कहाँ होला लक्ष्मीको घर?’का सन्दर्भमा भन्नुभएको छ, ‘सबै समाचार मनले लेखिँदैन। हृदयले पनि लेखिन्छ।’ तर हृदयले लेख्दा पत्रकार कति निष्पक्ष रहन सक्छ? तपाईंले लेखेको समाचारले अन्ततः लक्ष्मी एन्जललाई उनका बाबुसँग भेट गराउने खोजबिनको बाटो खोल्यो। त्यो प्रक्रियामा तपाईंले अनुभव गरेको सबैभन्दा गहिरो मानवीय क्षण कुन थियो? पात्रको पीडासँग भावनात्मक रूपमा जोडिँदा पत्रकारको निर्णय प्रभावित हुन सक्छ भन्ने चिन्ता कहिल्यै भयो? पत्रकारले पात्रको जीवनमा हस्तक्षेप गर्ने सीमा कहाँसम्म हो? पत्रकारिता तथ्य र सत्यको जगमा उभिन्छ। प्रमाण र साक्षीहरूको अनुभवमा ठडिन्छ। तर त्यहाँनेर पत्रकारले उक्त विषयलाई कति भित्रैबाट अंगीकार गरेको छ भन्ने प्रश्न पनि आउँछ नै। तपाईंलाई कुनै विषयले मनैदेखि उद्वेलित बनाउँदैन वा छटपट बनाउँदैन भने तपाईंले त्यो विषयमाथि कसरी पूर्ण न्याय गर्न सक्नुहुन्छ? पत्रकारिता भनेको गणित मात्रै पनि होइन। यो आफैँमा सचेत संवेदना वा मनोभावसहितको कर्म हो। मैले रिपोर्टिङका क्रममा भेटेका दर्जनौँ भुइँतहका यस्ता पात्र छन्, जोसँग म समाचार लेखेको दसौँ वर्षसम्म पनि सम्पर्कमा छु। संवेदनाको साक्षी बनेको छु। भनौँ, पत्रकारिताभन्दा पर पुगेर मानवीय सम्बन्धमा रहेको छु। रिपोर्टिङ लेख्ने क्रममा तथ्य, तथ्याङ्क, कागजात वा उपलब्ध प्रमाणहरू भावना वा संवेदनाहरूले छोपिनु हुँदैन। त्यसमा म सधैँ सचेत छु। लक्ष्मीको कथा लेख्दा म उनको मनोभावनासँग निकट रूपमा जोडिन पुगेको थिएँ। बाबु र आमाविहीन भएर परदेशमा हुर्केकी एउटी किशोरीको जन्मथलो र रगतको सम्बन्ध कति अर्थपूर्ण छ र यो कति भावनात्मक संवेदनाले भरिएको विषय हो भनेर बुझेको थिएँ। त्यसैले लक्ष्मीको नातासम्बन्ध खोज्न म बडो अधैर्य भएर लागेको थिएँ। उत्तर भेटिएको यतिका वर्ष भइसके। लक्ष्मी र मबीच कुरा भइरहन्छ। उनी नेपाल घुम्न आउँदा भेट भइरहन्छ। समाचारलाई ठोस विषय वा भावनाबाहिरको कुराको रूपमा मात्रै हेरेको भए म कसरी ती पात्रहरूसँग जोडिरहन सक्ने थिएँ र? यति भन्दाभन्दै पनि रिपोर्टिङ लेख्ने क्रममा तथ्य, तथ्याङ्क, कागजात वा उपलब्ध प्रमाणहरू भावना वा संवेदनाहरूले छोपिनु हुँदैन। त्यसमा म सधैँ सचेत छु। अन्तिममा, एउटा उल्टो कल्पना गरौँ। तपाईंको पुस्तकको केन्द्रमा रहेको पात्र वा त्यसले प्रतिनिधित्व गर्ने जीवनले लेखक जनकराज सापकोटालाई एउटा मात्रै प्रश्न सोध्न पाउने भयो भने त्यो प्रश्न के होला? ‘हाम्रो लडाइँ अझै कति बाँकी छ?’ पक्कै मगनी मरिकले मलाई यही प्रश्न सोध्ने थियो होला।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

कुटपिटबाट बालाजुमा युवकको मृत्यु, एक जना पक्राउ
ताजा खबरJust now

कुटपिटबाट बालाजुमा युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौँको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्ने २० वर्षीय सुवाश तामाङ रहेका छन्। तामाङ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकारबिच काठमाडौं महानगरपा... ...

नेपालखबर
टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ
ताजा खबरJust now

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ

• बडादशैंको सातौँ दिन फूलपातीका अवसरमा नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा समारोह आयोजना गरेको छ। • समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। • नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गर्दै विभिन्न सैनिक कला कौशल र पुष्पवृष्टि प्रदर्शन गरेको छ। ...

नेपालबहस
जब सम्मान पनि अपमानजस्तै भयो
ताजा खबरJust now

जब सम्मान पनि अपमानजस्तै भयो

देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नु गर्वको विषय हो । तर, त्यही पदक जित्दा पाउने पुरस्कार रकम भने पहिलेको भन्दा आधा मात्रै भयो भने ? अहिले एसियाली खेलकुदका पदक विजेता खेलाडीले विभेद भएको गुनासो गरिरहेका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play