नवलपरासीमा भन्सार छलेर ल्याउँदै गरेको १४ लाख ८४ हजार रुपैयाँको मदिरा बरामद

काठमाडौं। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बरामद गरेको छ । प्रहरीका अनुसार भारतबाट अवैध रूपमा भन्सार छली गरी मदिरा ल्याउँदै गरेको भन्ने गोप्य सूचना प्राप्त भएपछि आज बिहान करिब ३ः४५ बजे संयुक्त प्रहरी टोलीले खोजी गरेको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त टोलीले महलबारीस्थित सडकखण्डमा ११ वटा हरियो ठूलो झोलामा राखिएको मदिरा बेवारिसे अवस्थामा फेला पारेको हो । बरामद मदिरामा ७५० मिलिलिटरका ७४२ बोतल रम रहेका छन् । प्रहरीले प्रतिएक बोतलको अनुमानित मूल्य दुई हजार रुपैयाँका दरले कुल १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा रहेको जनाएको छ । बरामद गरिएको मदिरा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले मदिरा कसले र कहाँबाट ल्याएको भन्ने विषयमा थप अनुसन्धान गरिरहेको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नेपाल प्रहरीले सुरु गर्यो आफ्नै पोडकास्ट, के छ पहिलो एपिसोडमा ?
काठमाडौं । डिजिटल सञ्चारको माध्यमका रूपमा पोडकास्ट लोकप्रिय भइरहेका बेला नेपाल प्रहरीले पनि आफ्नै पोडकास्ट सुरु गरेको छ। नागरिकसँगको संवादलाई प्रभावकारी बनाउने, प्रहरीप्रतिको बुझाइ स्पष्ट पार्ने तथा समाजमा प्रहरीको भूमिका र अनुभवबारे खुला छलफल गर्ने उद्देश्यले प्रहरीले ‘नेपाल पुलिस पोडकास्ट’ सञ्चालनमा ल्याउन लागेको हो। नेपाल प्रहरीले बुधबार सामाजिक सञ्जालमार्फत पोडकास्टको पहिलो एपिसोडको झलक सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ। सार्वजनिक गरिएको ...

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
काठमाडौं । कास्की र मोरङका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको अवस्थामा बुधबार दिउँसो चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई सोही स्थानमा बस्ने ५० वर्षीय हिमालकुमार दाहालसमेत छन् । प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई ६१ हजार रुपैयाँ नगद र ११ थान ...
![नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]](https://www.lokpath.com/wp-content/uploads/2026/10/1792034916-iKzlr.jpg)
नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]
काठमाडौं । दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकाको आकाशमा रङ्गीबिरङ्गी चङ्गा उड्न थालेका छन् । शरद ऋतुको नीलो आकाश, पारिलो घाम र मन्द बताससँगै चङ्गा उडाउने परम्पराले उपत्यकामा दशैँको रौनक थपेको छ । चङ्गा, लट्टाई र माँझा किन्ने ग्राहकको भीडले बजारका गल्लीहरू पनि उत्सवमय बनेका छन् । काठमाडौंका असन, इन्द्रचोक, भेडासिं, नयाँ बजार, पाटन तथा ठमेल […] ...

प्रस्तावित ४ न्यायाधीशविरुद्ध कात्तिक १९ गतेसम्म उजुरी दिन सकिने
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । असोज २६ गते बसेको समितिकाे बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट... ...


