पूर्व क्रिकेटर तथा अम्पायर सारा डम्बानेभानाको ३६ वर्षको उमेरमै निधन

हरारे । जिम्बाब्वेकी पूर्व तीव्र गतिकी बलर तथा अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर सारा डम्बानेभानाको ३६ वर्षको उमेरमा निधन भएको छ । उहाँको सोमबार राजधानी हरारेमा निधन भएको जिम्बाब्वे क्रिकेटले जनाएको छ । जिम्बाब्वे क्रिकेटले जारी गरेको विज्ञप्तिअनुसार डम्बानेभाना गत मार्चमा एक चिकित्सकीय प्रक्रिया पूरा गरेपछि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उपचारकै क्रममा उहाँको निधन भएको हो । खेलाडीका रूपमा जिम्बाब्वेको प्रतिनिधित्व गर्नुभएका डम्बानेभानाले पछि अम्पायरका रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाउनुभएको थियो । उहाँले महिला क्रिकेटमा अम्पायरिङ गर्दै विश्वकपजस्ता प्रतिष्ठित प्रतियोगितामा जिम्मेवारी सम्हाल्ने अवसर पाउनुभएको थियो । उहाँको अन्तर्राष्ट्रिय वरिष्ठ अम्पायरिङ करिअर २ सेप्टेम्बर २०२३ मा सुरु भएको थियो । त्यसपछि उहाँले सन् २०२४ मा संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित महिला टी-२० विश्वकप र सन् २०२५ मा भारत तथा श्रीलंकामा सम्पन्न महिला एकदिवसीय विश्वकपमा अम्पायरिङ गर्नुभएको थियो । सन् २०२५ को महिला एकदिवसीय विश्वकपमा उहाँ प्रतियोगिताकै ऐतिहासिक पूर्ण महिला म्याच अफिसियल समूहकी सदस्य हुनुहुन्थ्यो । त्यसअघि सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजित आइसिसी यू-१९ महिला टी-२० विश्वकपको भारत र इंग्ल्याण्डबीचको फाइनलमा उहाँले अम्पायरिङ गर्नुभएको थियो । उक्त जिम्मेवारी सम्हाल्दै उहाँ विश्वकपको फाइनलमा अम्पायरिङ गर्ने पहिलो जिम्बाब्वेली महिला बन्नुभएको थियो । उहाँको अम्पायरिङ करिअरमा वरिष्ठ अन्तर्राष्ट्रियस्तरका कुल ६३ खेल समावेश छन् । उहाँले ४२ महिला टी-२० अन्तर्राष्ट्रिय, ११ महिला एकदिवसीय अन्तर्राष्ट्रिय र १० पुरुष टी-२० अन्तर्राष्ट्रिय खेलमा अम्पायरिङ गर्नुभएको थियो । यसबाहेक उहाँले घरेलु क्रिकेट तथा विभिन्न अन्तर्राष्ट्रिय युवा प्रतियोगितामा पनि अम्पायरको भूमिका निर्वाह गर्नुभएको थियो । डम्बानेभानाले सन् २००९ देखि २०१४ सम्म जिम्बाब्वेको राष्ट्रिय टोलीबाट क्रिकेट खेल्नुभएको थियो । तीव्र गतिमा बलिङ गर्ने उहाँले खेलाडीका रूपमा देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव बटुल्नुभएको थियो । सन् २०११ मा आयोजित विश्वकप छनोट प्रतियोगितामा पनि उहाँले जिम्बाब्वेको प्रतिनिधित्व गर्नुभएको थियो । एजेन्सी
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दिल्लीमा गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता (तस्बिहरू)
गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भारतमा भेटवार्ता भएको छ। भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबिच मंगलबार भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय सुरक्षा सहयोग सुदृढीकरण, सीमा व्यवस्थापनको विषयमा छलफल भएको भारतका गृहमन्त्री शाहले बताएका छन्। ‘नयाँ दि... ...

टीकाअघि नै यातायात सञ्चालन हुने
काठमाडौँ, असोज २८ गते । बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको आरुघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरुद्ध बनेको सडक यातायात पुनः सञ्चालन... ...

विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार
काठमाडौं । चाडपर्वको मुखमा बजारभाउ बढ्नु नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन । तर, यसपालि महँगी झन् बढेको छ । प्राकृतिक विपत्तिले थलिएका नेपालीलाई चाडबाडमा महँगीले अर्को चोट थपेको हो । गत वर्षको तुलनामा अधिकांश उपभोग्य वस्तुमा महँगी बढेको छ । दैनिक उपभोग्य वस्तुमध्ये धेरै माग हुने चामल, दाल, चिनीमा अत्याधिक मूल्य बढाइएको छ भने कुखुरा र खसीको मासुको मूल्य ...

भोटेकोशी विपद्पछि थपिएको चुनौती
नेपाल हिमालको काखमा अवस्थित देश । प्रकृतिको बरदानको रूपमा रहेको सुन्दर हिमालले नेपालको मात्र होइन दक्षिण एसियाकै मानव सभ्यतालाई सदियौंदेखि जोगाइराखेको छ । हिमपर्वत नै पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनको प्रमुख आधार रहँदै आएको छ । आज यही हिमपर्वत अभिसापको रूपमा देखापर्दै छ । गत भदौ १० गते भोटेकोशीमा भएको हिम–प्रलयले नेपाललाई मात्र शोकमा डुबाएन, विश्वलाई समेत स्तब्ध बनायो ...


