Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Others/प्रहरी सहायक निरीक्षकको ११३औँ समूहद्वारा १० लाखको छात्रवृत्ति अक्षयकोष स्थापना

प्रहरी सहायक निरीक्षकको ११३औँ समूहद्वारा १० लाखको छात्रवृत्ति अक्षयकोष स्थापना

10/17/2026, 1:11:34 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी सहायक निरीक्षकको ११३औँ समूहद्वारा १० लाखको छात्रवृत्ति अक्षयकोष स्थापना

प्रहरी सहायक निरीक्षक ११३औँ समूहले प्रहरी कार्यालय सहयोगीका जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका सन्ततिहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । ‘प्रहरी सहायक निरीक्षक ११३औँ समूह प्रहरी सन्तति छात्रवृत्ति अक्षयकोष’ नामकरण गरिएको उक्त कोषको रकम समूहका अध्यक्ष निरीक्षक सुरेश कुमार हायुले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् । ‘७१औँ प्रहरी दिवस २०८३’ को अवसरमा आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो । नेपाल प्रहरी सेवामा २०५८ साल असार १ गते प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरेका प्रहरी कर्मचारीहरूको ११३औँ समूहले सामूहिक भावना, सेवाभाव र भ्रातृत्वलाई थप मजबुत बनाउने उद्देश्यसहित अक्षयकोष स्थापना गरेको जनाएको छ । नेपाल प्रहरी सेवाका विभिन्न पदमा कार्यरत रहेका तथा विविध कारणले सेवा निवृत्त भएका प्रहरी सहायक निरीक्षकहरू आबद्ध उक्त समूहले नेपाल प्रहरी स्मारक गुठी विधान, २०५१ बमोजिम सञ्चालन हुने गरी अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषको मुख्य उद्देश्य प्रहरी कार्यालय सहयोगी पदमा कार्यरत प्रहरी कर्मचारीका सन्ततिमध्ये एक जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शिक्षा हासिल गर्न सहजता प्रदान गर्नु रहेको छ । आर्थिक अभावका कारण शिक्षामा कठिनाइ भोग्नुपर्ने अवस्थालाई कम गर्दै विद्यार्थीको शैक्षिक भविष्यमा सहयोग पुर्याउने लक्ष्यका साथ कोष स्थापना गरिएको हो । समूहले स्थापना गरेको यस अक्षयकोषले प्रहरी कर्मचारीका सन्ततिहरूको शिक्षामा सहयोग पुर्याउनुका साथै प्रहरी संगठनभित्र आपसी एकता, सहकार्य, सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

कांग्रेस सभापति गगन थापाले लिए शपथ
OthersJust now

कांग्रेस सभापति गगन थापाले लिए शपथ

नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित थापालाई केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले शपथ गराएका हुन् । प्रतिज्ञा पत्र नाम दिइएको उक्त शपथग्रहण पत्रमा बाचनपछि हस्ताक्षर समेत गरेका छन् । शपथपछि नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले फुलमाला र खाता लगाएर स्वागत गरेका थिए । नवनिर्वाचित ...

पर्दाफास
एनपीएलमा अधिकतम ८ विदेशी खेलाडी राख्न पाइने, यस्तो छ तयारी
OthersJust now

एनपीएलमा अधिकतम ८ विदेशी खेलाडी राख्न पाइने, यस्तो छ तयारी

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा एक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको बताएका छन् । यसअघि अघिल्ला दुई संस्करणमा टोलीमा अधिकतम छ विदेशी खेलाडी राख्न पाउने व्यवस्था रहेकामा यसपटक संख्या बढाइएको उनले जानकारी दिए । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलका लागि स्वीकृति प्राप्त गर्ने ...

पर्दाफास
गगनको गलामा दुबोको माला (तस्वीरहरू)
OthersJust now

गगनको गलामा दुबोको माला (तस्वीरहरू)

पार्टी कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा सभापति थापाको गलामा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले दुबोको माला लगाइदिए । ...

अनलाइन खबर
कांग्रेस सभापति गगन थापाले लिए शपथ
OthersJust now

कांग्रेस सभापति गगन थापाले लिए शपथ

३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनले केहीबेरमा पार्टी कार्यालयमा पदबहाली गर्ने कार्यक्रम छ । कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएको थियो । थापा आफ्ना प्रतिस्पर्धी… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play