Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गुडिरहेको गाडीमा आगलागी, यात्रुका सामान जलेर नष्ट

गुडिरहेको गाडीमा आगलागी, यात्रुका सामान जलेर नष्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुडिरहेको गाडीमा आगलागी, यात्रुका सामान जलेर नष्ट

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाडाचक्र–१ मान्ममा बुधबार गुडिरहेको फोर्स गाडीमा आगलागी भएको छ । आगलागीबाट गाडी र यात्रुका सबै सामान जलेर नष्ट भएका छन् । गाडीमा सवार ३ बालबालिकासहित २१ जना यात्रु भने सकुशल छन् । सुर्खेतबाट नाग्मका लागि छुटेको भे १ ख ४०९४ नम्बरको गाडी मान्मको उकालोमा इन्जिन तातिएपछि आगलागी भएको हो । बुधबार अपराह्न ४ बजे गाडीमा धुवाँ देखिएपछि चालक चन्द्रदेव मगरले यात्रुलाई बाहिर निस्कन भनेका थिए । कालीकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीका अनुसार आगलागी भएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट १५ जना प्रहरीको टोली चारवटा फायर एक्सटिङ्ग्विसरसहित घटनास्थल पुगेको थियो । आगो निभाउने प्रयास गरिए पनि गाडी र यात्रुका सामान जोगाउन नसकिएको उनले बताए । मान्मका प्रत्यक्षदर्शी विपिन शाहीले गुडिरहेको गाडीमा आगलागी भएको पहिलो पटक देखेको बताए । सुर्खेतबाट आएका यात्रु नौले खत्रीले चालकले गाडीमा आगो लागेको बताएपछि सबै यात्रु बाहिर निस्किएको बताए । गाडी तीव्रगतिमा चलाइएकाले इन्जिन तातिएको हुन सक्ने उनको अनुमान छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउ गर्न सहज
ताजा खबरJust now

काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउ गर्न सहज

ताप्लेजुङ समाचारदाताताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रको लोनाक खोलामा काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउमा सहज भएको छ । कञ्चनजङ्घा पदमार्गअन्तर्गत लोनाक... ...

गोरखापत्र
आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै
ताजा खबरJust now

आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको आज पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । ...

केन्द्रबिन्दु
भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव
ताजा खबरJust now

भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव

भैरहवा । भैरहवामा मेला तथा महोत्सव आयोजना गर्नेक्रम बढ्दै गए पनि व्यवस्थित प्रदर्शनीस्थलको अभावले आयोजक, व्यवसायी र सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । यही असोज २४ र २५ गते बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गत... ...

रातोपाटी
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही
ताजा खबरJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही

• ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१ चालक र अन्य विभिन्न कारणले ६०, २४, १६, ३५ र ४२५ चालकलाई कारबाही गरिएको छ। • जाँच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको थियो। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play