भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

चितवन। भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ। भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सिसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको निगरानीमा राखिएको छ। यसअघि जडान भएका पुराना काम गर्ने २०४ सिसी क्यामेरालाई समेत यसै प्रणालीअन्तर्गत ल्याउनेगरी जडान भइरहेको छ। यससँगै ६२२ वटा क्यामेरा महानगरभित्र जडान हुने भएका छन्। जिल्ला प्रहरी कार्यालय परिसरमा कन्ट्रोल रुम बनाएर अनुगमनसमेत थालिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सिसी क्यामेरामा रहेर अनुगमनको काम गर्ने नेपाल प्रहरीका १० जनालाई एक साताको तालिमसमेत दिइएको छ। भरतपुर महानगरपालिकाले अनुगमनकर्तालाई तालिम समेत प्रदान गरेको छ। सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रहरीलाई प्राविधिक क्षमता अभिवृद्धि गरिएको हो। एउटै कन्ट्रोल रुममा बसेर महानगरभित्र जडान गरिएका सिसी क्यामेरा अनुगमन गरी ट्राफिक नियम मिच्ने र आपराधिक गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिन सक्नेगरी व्यवस्थापन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पूर्वपश्चिम राजमार्गको टिकौली र नारायणगढ–मुग्लिन सडकखण्डको ओरालोमा स्वचालित नम्बर प्लेट पहिचान प्रणाली र गति मापनसहितको सिसी क्यामेरा राखिएको छ। त्यस्तै मुग्लिन, रामनगर, पुलचोक र रत्ननगरमा अटोमेटिक नम्बर प्लेट रेकर्ड प्रणाली भएको क्यामेरा जडान गरिएको छ। थापाले भने, “जिल्ला प्रहरी र ट्राफिकले एकीकृत कन्ट्रोल रुममार्फत सिसी क्यामेराको अनुगमन गर्नेछन्।” यसअघि सिसी क्यामेरा नहुँदा धेरै दुर्घटनाका घटना पहिचानमा कठिन भएको जनाउँदै उनले अब यो समस्या नहुने बताए। महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले समाजमा हुनसक्ने आपराधिक क्रियाकलाप, सवारी दुर्घटनालगायतका शान्ति, सुरक्षा र अमनचयनका लागि महानगरले सिसी क्यामेरा जडानमा सहयोग गरेको बताए। यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने, सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्ने, अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा प्रभावकारी भूमिका खेल्ने महानगरको विश्वास छ। महानगरपालिकाले समग्र सहरी क्षेत्रलाई लक्षित गरी सिसी क्यामेरा जडान गरिएको जनाएको छ। उनले भने, “महानगरवासीलाई सुरक्षित बसाइ र अमनचयनका लागि ठूलो खर्च गरेर सिसी क्यामेरा जडान गरिएको हो।” क्यामेरा जडानपछि उपयोगलाई ध्यानमा दिँदै त्यहाँ रहेर काम गर्ने प्रहरीलाई तालिमसमेत दिइएको अधिकारीले बताए। भरतपुर महानगरपालिकामा २९ वटा वडा रहेका छन्। एउटा वडामा आवश्यकताअनुसार आठदेखि २० वटासम्म क्यामेरा जडान गरिएको छ। महानगरपालिकाले गत आर्थिक वर्षको बजेटबाट मूल्य अभिवृद्धि करसहित रु पाँच करोड ५८ लाख २० हजार ६५९ खर्च गरी क्यामेरा जडान गरेको हो। जडान गरिएका क्यामेरामध्ये आठवटा गति मापन गर्ने र चार वटा स्वचालित नम्बर प्लेट पहिचान गर्ने छन्। त्यस्तै, ३६० डिग्री घुमाउन र जुम गर्न मिल्ने नौ वटा छन्। गति मापन र नम्बर प्लेट पहिचान गर्ने क्यामेरा भरतपुर महानगरपालिका प्रवेश गर्ने नाकामा राखिएका छन्। मानिसको आवतजावत र भीडभाड बढी हुने मुख्य सहरी क्षेत्रमा जडान गरिएको क्यामेरा प्रभावकारी देखिएको छ। प्रहरीको अध्ययनका आधारमा संवेदनशील क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको हो। साथै, नेपाल टेलिकमको तार प्रयोगका लागि टेलिकमसँग सम्झौता भएको छ। कार्यवाहक प्रमुख अधिकारीका अनुसार नेपाल टेलिकम भरतपुरको जिपिएन नेटवर्क प्रयोग गरेबापत वार्षिक रु ४७ लाख भुक्तानी गर्नेगरी सम्झौता गरिएको हो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दसैँका लागि ल्याइएका साढे सात सय विद्युतीय गाडी मुस्ताङमै रोकिए
मुक्तिनाथ (मुस्ताङ), असोज २७ गते । दसैँलाई लक्षित गरी चीनको तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकाबाट नेपाल भित्र्याइएका ठुलो सङ्ख्याका विद्युतीय सवारीसाधन (ईभी) उपल्लो मुस्ताङमै रोक... ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ एचआइडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन्... ...

राज्यले लिने हरेक निर्णयमा सञ्चारकर्मी सचेत हुनुपर्छ : प्रेमलाल चौधरी
मोरङका प्रेमलाल चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधि सभा सदस्य हुन्् । सुन्दरहरैँचा नगरपालिका वडा नं. १२ का चौधरी रास्वपाको समावेशी कोटाअन्तर्गत संसद् पुगेका छन् । मोरङ क्षेत्र नम्बर... ...

दशैं नजिकिँदै गर्दा पनि कलंकी खसीबजार सुनसान
काठमाडौं । दशैं नजिकिएसँगै खसीबजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे पनि यस वर्ष काठमाडौंको कलंकीस्थित खसीबजारमा विगतका वर्षको तुलनामा सुनसान देखिएको छ । दशैंका लागि खसीबोका खरिद गर्ने ग्राहकको उपस्थिति अपेक्षाअनुसार नबढेको व्यापारीहरूले बताएका छन् । कलंकी खसीबजारमा विगत ८-९ वर्षदेखि व्यापार गर्दै आएका चितवनका रामहरि थापा क्षेत्रीकाअनुसार यस वर्ष बजारमा खासै चहलपहल छैन । उनकाअनुसार खसीको आपूर्तिमा ठूलो समस्या नभए ...


