Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/विजय पौडेलको अकस्मात निधनपछि सववेदना दिन घरमै पुगे एमाले अध्यक्ष ओली

विजय पौडेलको अकस्मात निधनपछि सववेदना दिन घरमै पुगे एमाले अध्यक्ष ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
विजय पौडेलको अकस्मात निधनपछि सववेदना दिन घरमै पुगे एमाले अध्यक्ष ओली

काठमाडौं, असोज २७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ। अध्यक्ष ओलीले आज काठमाडौंस्थित पौडेलको निवासमा पुगेर पूर्वमन्त्री मोदनाथ प्रश्रितलगायत परिवारका सदस्यहरूसँग भेट गरी दुःख व्यक्त गर्नुभएको हो। अध्यक्ष ओलीले दिवंगत डा. पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनुभएका परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभयो। अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष विष्णु पौडेललगायत पार्टीका नेताहरू पनि दिवंगत पौडेलको निवास पुग्नुभएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १४ जना मात्र निर्वाचित
राजनीतिJust now

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १४ जना मात्र निर्वाचित

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १४ जना मात्र केन्द्रीय सदस्य निर्वाचित भएका छन् । खुलातर्फ १५ जना निर्वाचित हुनुपर्नेमा १ जनाले विजेताको मत पाए पनि अदालतमा मुद्दा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो […] ...

काठमाण्डुपाटी
सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित
राजनीतिJust now

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ । प्रदेशसभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएसँगै करिब तीन महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो । आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको ...

फरकधार
कांग्रेस सहमहामन्त्रीमा महिलाबाट प्रतिमा गौतम र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित
राजनीतिJust now

कांग्रेस सहमहामन्त्रीमा महिलाबाट प्रतिमा गौतम र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा महिलाबाट प्रतिमा गौतम र पिछडिएकाे क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित हुनुभएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै महिलातर्फ सहमहामन्त्री पदमा विजय हासिल गर्नुभएको छ। उहाँले प्रतिस्पर्धी नेतृ नानुमैया बास्तोलालाई फराकिलो मतान्तरले पराजित गर्नुभएको हो। बास्तोलाले १ हजार ५५४ मत प्राप्त गर्नुभएको ...

जनताटाइम्स
कांग्रेस महाधिवेशन : ३५ वर्ष मुनी उमेर समूहबाट सुशील भट्टसहित ७ केन्द्रीय सदस्य निर्वाचित
राजनीतिJust now

कांग्रेस महाधिवेशन : ३५ वर्ष मुनी उमेर समूहबाट सुशील भट्टसहित ७ केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सात प्रदेशबाट ३५ वर्ष उमेर समूहका ७ युवा नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । मंगलबार साँझ आएको अन्तिम मत परिणाम अनुसार ७ वटा प्रदेशबाट ३५ वर्ष मुनिका ७ युवा छनोट हुने व्यवस्था रहेको थियो । जसमध्ये सचिन तिमिल्सेनाले सर्वाधिक मत ल्याएका छन् । उनले ३ हजार १ […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play