दसैंमा ‘बन्दीपुर फेस्ट’ हुने

काठमाडौं । चाडबाड अवसर पारेर तनहुँ बन्दीपुरमा महोत्सव आयोजना हुने भएको छ । बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुर हिल्सले दसैंतिहार बिदाको अवसरमा ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने बताएको छ । महोत्सवमा मौलिक स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विभिन्न आकर्षण समावेश हुनेछन् । बन्दीपुर केबुलकारको लोअर स्टेसनमा ९ दिने फुड फेस्टिभल आयोजना गरिने छ । स्थानीय परिकार, रमाइला खेल तथा सांस्कृतिक प्रस्तुति समेत समेटिएको कम्पनीले जनाएको छ । बालबालिका तथा परिवारका लागि विशेष गतिविधि र किड्स जोन केबुलकार, जिपलाइन, स्काई साइक्लिङ लगायत अनुभव तथा गतिविधि आयोजना गरिने फेस्टको पहिलो चरणमा २८ असोजदेखि १ कात्तिकसम्म महोत्सव आयोजना गरिने छ । दोस्रो चरणमा ७ देखि १० कात्तिकमा महोत्सव हुनेछ । दसैंतिहार अभियान अन्तर्गत बन्दीपुर हिल्सले प्रमुख पदमार्ग र विभिन्न स्थानमा रहेका पर्यटन साझेदार मार्फत प्रवर्द्धनात्मक कुपन वितरण गर्ने भएको छ । कार्यक्रम सबैका लागि खुला हुनेछ भने प्रवेश नि:शुल्क गरिने छ । बन्दीपुर केबुलकार एन्ड टुरिज्म लिमिटेडका बजार प्रबन्धक विभु गौतमका अनुसार बन्दीपुर हिल्सलाई नेपालको एक प्रिमियम पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसाथ महोत्सव आयोजना गर्न लागिएको हो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा
विश्वभर ‘पिस डग’ अर्थात् शान्तिको प्रतीकका रूपमा चर्चित कुकुर ‘अलोका’ नेपाल आइपुगेको छ। ...

गृहमन्त्री गुरुङ भारत भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए । नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण ...

काला सागरमा ड्रोन आक्रमणमा रुसको सङ्लग्नताको आशङ्का, ११ जना बेपत्ता
काठमाडौँ । बुल्गेरियाले गत साता काला सागरमा चारवटा व्यावसायिक जहाजमाथि भएका ड्रोन आक्रमणमा रुसको सङ्लग्नता हुन सक्ने आशङ्का व्यक्त गरेको छ। आक्रमणमा दुईवटा जहाज डुबेका छन् । यद्यपि, रुसी सङ्लग्नता... ...

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए । नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो ...


