Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चिकित्सा शिक्षामा ४१८ सिट थपिए, एमबीबीएसमा मात्रै ११० सिट वृद्धि

चिकित्सा शिक्षामा ४१८ सिट थपिए, एमबीबीएसमा मात्रै ११० सिट वृद्धि

Share:WhatsAppFacebookX (Twitter)Telegram
चिकित्सा शिक्षामा ४१८ सिट थपिए, एमबीबीएसमा मात्रै ११० सिट वृद्धि

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले कुल ९ हजार ६९१ सिट निर्धारण गरेको हो। आयोगका अनुसार गत शैक्षिक सत्रको तुलनामा यस वर्ष कुल सिट संख्या ४१८ ले बढेको छ। थपिएका सिटमध्ये एमबीबीएसमा ११०, बीएस्सी नर्सिङमा २१० र बीएमएसमा ९८ सिट रहेका छन्। आयोगका सदस्यसचिव हरिप्रसाद निरौलाका अनुसार एमबीबीएसतर्फ थपिएका सबै सिट सरकारी शिक्षण संस्थाका हुन्। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएस अध्ययनका लागि ५० सिट पाएको छ। त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट थप गरिएको छ। निजी मेडिकल कलेजको हकमा भने यस वर्ष सिट संख्या वृद्धि नगरिएको सदस्यसचिव निरौलाले जानकारी दिनुभयो। सिट निर्धारणका लागि देशभरका ९० वटा शिक्षण संस्थाले स्वमूल्याङ्कन फाराम भरेर आवेदन दिएका थिए। तीमध्ये अनुगमन टोलीको प्रतिवेदन तथा आवश्यक मापदण्डका आधारमा ८४ वटा शिक्षण संस्थाको सिट निर्धारण गरिएको आयोगले जनाएको छ। शिक्षण संस्थाको भौतिक पूर्वाधार, शिक्षक तथा अन्य जनशक्तिको उपलब्धता र निर्धारित मापदण्डका आधारमा सिट संख्या तय गरिएको हो। आयोगले सबै संस्थालाई मागअनुसार सिट उपलब्ध नगराई अनुगमनबाट प्राप्त विवरणलाई आधार बनाएको जनाएको छ। यस वर्ष सरकारी शिक्षण संस्थामा सिट वृद्धि गरिए पनि निजी मेडिकल कलेजको सिट संख्या यथावत् राखिएको छ। थप सिटले चिकित्सा शिक्षाका विभिन्न विधामा विद्यार्थी भर्नाको अवसर विस्तार गर्ने तथा स्वास्थ्य जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

देउवा समूहले कुन प्रदेशमा कति अधिवेशन सम्पन्न गर्‍यो ? (तथ्याङ्क सहित)
ताजा खबरJust now

देउवा समूहले कुन प्रदेशमा कति अधिवेशन सम्पन्न गर्‍यो ? (तथ्याङ्क सहित)

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गर्न लागेको समानान्तर महाधविशनका लागि अहिले तल्लो तहका अधिवेशनहरू भइरहेका छन् । समूहले अहिलेसम्म सम्पन्न भएका वडा, पालिका, प्रदेश सभा निर्वाचन... ...

रातोपाटी
सरकारले विभिन्न निकायमा गर्‍यो ६११ जनाको नियुक्ति, ५ कम्पनी कालोसूचीमा
ताजा खबरJust now

सरकारले विभिन्न निकायमा गर्‍यो ६११ जनाको नियुक्ति, ५ कम्पनी कालोसूचीमा

काठमाडौं । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न सार्वजनिक निकायमा ६११ जनालाई नियुक्त गरेको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता सहसचिव हेमराज अर्यालले विभिन्न निकायमा भएको नियुक्तिबारे जानकारी दिएका हुन्। उनका अनुसार विभिन्न मन्त्रालय र मातहतका सार्वजनिक निकायमा पदाधिकारीको नियुक्ति खारेज भएपछि ८० वटा निकायमा ४१९ जनाको नियुक्ति तथा पदपूर्ति भएको ...

केन्द्रबिन्दु
स्वीकृतिबिनै इन्टरनेट प्याकेज सञ्चालन गर्ने ६ सेवा प्रदायकलाई ५० हजार जरिवाना
ताजा खबरJust now

स्वीकृतिबिनै इन्टरनेट प्याकेज सञ्चालन गर्ने ६ सेवा प्रदायकलाई ५० हजार जरिवाना

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिबिना इन्टरनेट सेवाका प्याकेज तथा शुल्क सञ्चालन गरेको भन्दै ६ वटा इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। प्राधिकरणले शुक्रबार जारी... ...

रातोपाटी
मस्कले सार्वजनिक गरे ‘उड्ने’ कार
ताजा खबरJust now

मस्कले सार्वजनिक गरे ‘उड्ने’ कार

ह्युस्टन । विद्युतीय कार निर्माता टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले हावामा उड्न सक्ने प्रविधि जडित नयाँ रोडस्टर कार सार्वजनिक गरेका छन् । उनले बिहीबार टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा आयोजित कार्यक्रममा थ्रस्टर जडित कार प्रदर्शन गरेका हुन् । टेस्लाको एक्स खाताबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा कारलाई ठाडो र्‍याम्पबाट उफारेर पुनः आफ्नै पाङ्ग्रामा अवतरण गराइएको थियो । प्रदर्शनपछि मस्कले ‘उड्ने कार ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play