मस्कले सार्वजनिक गरे ‘उड्ने’ कार

ह्युस्टन । विद्युतीय कार निर्माता टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले हावामा उड्न सक्ने प्रविधि जडित नयाँ रोडस्टर कार सार्वजनिक गरेका छन् । उनले बिहीबार टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा आयोजित कार्यक्रममा थ्रस्टर जडित कार प्रदर्शन गरेका हुन् । टेस्लाको एक्स खाताबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा कारलाई ठाडो र्याम्पबाट उफारेर पुनः आफ्नै पाङ्ग्रामा अवतरण गराइएको थियो । प्रदर्शनपछि मस्कले ‘उड्ने कार वास्तविक हुन्’ भने । उनले कारको सफलता सुनिश्चित नभए पनि यसले काम गर्ने सम्भावना रहेको बताए । मस्कका अनुसार कारमा हावाको दबाबबाट गाडीलाई माथि धकेल्न सक्ने अत्यधिक उच्च चापयुक्त हावाको ट्याङ्की जडान गरिएको छ । टेस्ला र स्पेसएक्सको संयुक्त क्षमताको चर्चा गर्दै मस्कले विश्वको उत्कृष्ट कार निर्माता र रकेट कम्पनीबीच सहकार्य हुँदा यस्तो प्रविधिको विकास सम्भव भएको बताए । उनले उक्त कार सन् २०२८ मा उत्पादनमा जाने जानकारी पनि दिए । प्राविधिक जटिलता र नियामक चुनौतीका कारण उड्ने कारको अवधारणाले लामो समयदेखि व्यावहारिक रूप लिन सकेको छैन । यद्यपि, विद्युतीय मोटर र उच्च क्षमताका ब्याट्रीमा भएको प्रगतिले पछिल्ला वर्षमा यस्ता गाडीको विकासप्रति चासो बढाएको छ । अमेरिकी उड्डयन क्षेत्रका अग्रणी ग्लेन कर्टिसले सन् १९१७ मै उड्ने कारको पहिलो नमूना प्रस्तुत गरेका थिए । त्यसयता यस क्षेत्रमा विभिन्न प्रयास भए पनि व्यावसायिक रूपमा सफल उड्ने कारको विकास चुनौतीपूर्ण रहँदै आएको छ । -एएफपी
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने
काठमाडौँ। नेपालमा आगामी नोभेम्बर १७ देखि २१, २०२६ सम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापन तथा आईसीसीको आयोजनामा सम्मेलन हुन... ...

सिद्धार्थ बैंकको मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’सञ्चालनमा ल्यायो
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो । मोबाइल बैंकिब एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् । ...

‘पाल्पा च्याम्पियन्स ट्रफी’ क्रिकेट ७ कात्तिकदेखि
प्रतियोगितामा जिल्लाका ६ क्लबको सहभागिता रहने छ । ...
हेटौंडाको ट्राफिक अस्तव्यस्तता, प्रहरीदेखि उपमहानगरपालिका जिम्मेवारी पन्छ्याउँदै
• हेटौंडामा सवारी चाप बढ्दै गए पनि ट्राफिक व्यवस्थापन र पूर्वाधारमा सुधार हुन सकेको छैन, जसले समस्या चुल्याएको छ। • स्थानीय सरकार र प्रहरीबीचको समन्वयको अभावले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ, र यसलाई समाधान गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता छ। • हेटौंडाको ट्राफिक व्यवस्थापन सुधार गर्न बुद्धचोक, सीमाचोक र बाइपास क्षेत्रको सवारी चाप अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिइएको ...


