सरकारले विभिन्न निकायमा गर्यो ६११ जनाको नियुक्ति, ५ कम्पनी कालोसूचीमा

काठमाडौं । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न सार्वजनिक निकायमा ६११ जनालाई नियुक्त गरेको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता सहसचिव हेमराज अर्यालले विभिन्न निकायमा भएको नियुक्तिबारे जानकारी दिएका हुन्। उनका अनुसार विभिन्न मन्त्रालय र मातहतका सार्वजनिक निकायमा पदाधिकारीको नियुक्ति खारेज भएपछि ८० वटा निकायमा ४१९ जनाको नियुक्ति तथा पदपूर्ति भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट १४ जना तथा विश्वविद्यालय, आयोग र प्रतिष्ठानमा १७८ जनाको नियुक्ति भएको उनले बताए । त्यस्तै, राष्ट्रिय तथ्याङ्क कार्यालयले बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी तथ्याङ्कलाई स्तरीय, एकरूप र अन्तर्राष्ट्रिय स्तरमा तुलनायोग्य बनाउन मस्यौदामा विभिन्न सुझाव दिएको प्रवक्ता अर्यालले जानकारी दिए । पछिल्लो साता बेरुजु फर्छ्यौट समन्वय तथा अनुगमनका लागि सिन्धुपाल्चोकस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयको अनुगमन गरिएको पनि उनले बताए । सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्णयअनुसार विभिन्न पाँचवटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखिएको छ। यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १७ अर्ब ९४ करोड ३१ लाख एक हजार ९६९ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने
काठमाडौँ। नेपालमा आगामी नोभेम्बर १७ देखि २१, २०२६ सम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापन तथा आईसीसीको आयोजनामा सम्मेलन हुन... ...

सिद्धार्थ बैंकको मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’सञ्चालनमा ल्यायो
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो । मोबाइल बैंकिब एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् । ...

‘पाल्पा च्याम्पियन्स ट्रफी’ क्रिकेट ७ कात्तिकदेखि
प्रतियोगितामा जिल्लाका ६ क्लबको सहभागिता रहने छ । ...
हेटौंडाको ट्राफिक अस्तव्यस्तता, प्रहरीदेखि उपमहानगरपालिका जिम्मेवारी पन्छ्याउँदै
• हेटौंडामा सवारी चाप बढ्दै गए पनि ट्राफिक व्यवस्थापन र पूर्वाधारमा सुधार हुन सकेको छैन, जसले समस्या चुल्याएको छ। • स्थानीय सरकार र प्रहरीबीचको समन्वयको अभावले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ, र यसलाई समाधान गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता छ। • हेटौंडाको ट्राफिक व्यवस्थापन सुधार गर्न बुद्धचोक, सीमाचोक र बाइपास क्षेत्रको सवारी चाप अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिइएको ...


