Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/केही आशा केही निराशा

केही आशा केही निराशा

Share:WhatsAppFacebookX (Twitter)Telegram
केही आशा केही निराशा

नेपालीहरूलाई बडादशैँले छोपिसकेको छ तर यसपटकको दशैँ गतविगतको भन्दा फरक हुने भएको छ । दशैँका लागि व्यापारीहरूले झिकाएका सामानहरू आइपुगेनन् । उनीहरूका सपनाहरू बाडीसँगै बगे । दशैँका लागि ल्याइने मालसामान, लुगाकपडाहरू धेरैजसो उत्तरी छिमेकी देश चीनबाट आउने गर्छन् तर बाढीपहिरो जस्ता विभिन्न कारणले अवरोध सिर्जना भएपछि उनीहरूका ती व्यापारिक कन्टेनरहरू दशैँको मुखमा नेपालमा आइपुग्न सकेनन् । कतिपय कन्टेनरहरू बाढीसँगै बगे र बाढीपछि चीनले कतिपय नाकाहरू पनि बन्द गर्‍यो । यस कारणले बजारमा विगत वर्षहरूको जस्तो चहलपल छैन । बजार सुनसान जस्तो छ । साबगास हुनेहरूको पनि दशैँ त्यति हर्षोल्लासका साथ सम्पन्न हुने अवस्था छैन । यो पटकको बडादशैँ आशा र निराशाको पर्व भएको छ । अर्कोतिर प्राकृतिक प्रकोपको घोर चपेटामा परेका परिवार, नातागोता र घरबार गुमाएकाहरूको दशैँ यसै पनि दशामा परिणत भएकै छ । यो एउटा सबैभन्दा ठूलो प्राकृतिक प्रकोपका कारणले सिर्जना भएको परिदृश्य हो । यस्तो अवस्थामा सहानुभूति, सहयोग र सद्भाव राख्नु सबैको कर्तव्य हुन आउँछ । दशैँकै मुखमा पारेर नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न गरेको छ । नेपाली कांग्रेसको इतिहासमा दोस्रो विशेष महाधिवेशनमा पक्ष विपक्ष भएको यो पन्ध्रौं नियमित महाधिवेशन हो । यसका संस्थापक नेताहरू विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईहरू संलग्न भएका सुरुवाती दिनका महाधिवेशनहरूबाट निश्चित समयमा सम्पन्न हुँदै आएका यस्ता महाधिवेशनहरूमा यो १५औं महाधिवेशन हुन आउँछ । प्रजातन्त्र स्थापनाका क्रममा र प्रजातन्त्र खोसिएपछि पञ्चायतकालको ३० वर्षको बीचको अवधिमा भएका महाधिवेशनहरू यसरी धुमधामका साथ गर्न पाइँदैनथ्यो । लुकेर सानो जमघटमा यस्ता महाधिवेशनहरू हुने गर्थे । २०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछिका केही महाधिवेशनहरू फेरि भव्यताका साथ सम्पन्न हुनथाले । त्यसयता महाधिवेशन प्रतिनिधिहरूको संलग्नता र महाधिवेशनको आयतन फराकिलो बन्दै गयो । बीचबीचमा राष्ट्रिय भेला पनि आयोजना भए र विशेष महाअधिवेशन पनि एक–दुईपटक भएको इतिहास छ । पार्टीमा विवाद हुनु स्वाभाविक हो । झन् ठूलो पार्टीमा यस्ता विवादहरू, व्यक्तिका तर्क र चाहना, स्वार्थ र दृष्टिकोण आदिका आधारमा पनि मतभिन्नता भएर सिर्जना हुन्छन् । बीचबीचमा पनि त्यस्तो नभएको होइन तर पछिल्लो समयमा कांग्रेसभित्र बढी विवाद सिर्जना भयो । यो विवाद पुस्ताको पनि हुनसक्छ, विचारको पनि हुनसक्छ र स्वार्थको पनि हुनसक्छ । कारण जेसुकै होस् तर विवाद भयो । एकथरीले विशेष महाधिवेशन गर्ने चाहना राखे र अर्को थरीले त्यसलाई अस्वीकार गरेपछि कांग्रेसमा नराम्ररी विचार विविधता सिर्जना भयो । जसले गर्दा गतवर्षको पुसमा एक पक्षले विशेष महाधिवेशन आह्वान गर्‍यो र उक्त महाधिवेशन सम्पन्न गर्‍यो । त्यसबाट एउटा कार्यसमिति छनोट भयो र लगभग नौ महिनाको अन्तरालमा हालैमात्र फेरि नियमित महाधिवेशन सम्पन्न गरेको छ तर फरक धारणा राख्ने अर्को पक्षले यसलाई स्वीकार गरेन र आगामी मंसिरमा छुट्टै महाधिवेशन गर्नेगरी तयारी गरिरहेको छ । यो विवाद जे भए पनि नेपाली कांग्रेसको एक पक्षले १५औं महाधिवेशन सम्पन्न गर्‍यो र नयाँ कार्यसमितिको चयन भएको छ । अन्तिम परिणाम आउने क्रम जारी छ । आज वा भोलिसम्ममा यो परिणाम आइसक्नेछ । अबका दिनमा यो पार्टीलाई नयाँ ढंगले सञ्चालित हुन्छ वा हुँदैन हेर्न बाँकी नै छ । राष्ट्रिय राजनीतिमा जहिले पनि मियो बन्दै आएको नेपाली कांग्रेस देशमा सिर्जना भएको एउटा विषम परिस्थितिले अहिले पछाडि परे पनि अन्ततः अब पार्टीलाई एकढिक्का बनाएर यसले सञ्चालन गर्नुपर्ने दायित्व आउनसक्छ । त्यसका लागि हालैको महाधिवेशनबाट छनोट भएको यस कार्य समितिले त्यस दृष्टिकोणले काम गर्न सक्नुपर्छ र सबैका भावनालाई समेटेर अघि बढ्नुपर्छ पर्ने हुन्छ । पार्टीमा पुनः विवाद र वैविध्य सिर्जना गरी पार्टी कमजोर बनाउने काम भयो भने हिजोको र आजको पार्टीमा कुनै अन्तर आउने छैन । यसतर्फ नेपाली कांग्रेस पार्टीले विचार गर्नुपर्ने अवस्था छ । अर्थात् कांग्रेसको जीवन आशा र निराशामा पिङ खेलिरहेको छ । सरकार पनि प्रतिदिन वीरबलको खिचडी पकाउन लागेको देखिन्छ । वर्तमान सरकार एकाएक सिर्जना भएको एउटा निश्चित वातावरणबाट बनेको हो । जेन–जी विद्रोहको क्रममा देश ध्वस्त हुनेगरी आगाको लपेटामा पर्‍यो । कुनै शक्तिले देशमा यस्तो विषम अवस्था सिर्जना गरी आफ्नो स्वार्थ पूरा गर्न खेल खेल्यो । त्यसपछिको राजनीतिक बाटो अर्कोतिर मोडियो । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेको गठबन्धनको सरकार रहिरहेको बेलामा एकाएक यस्तो परिस्थिति आएको थियो । त्यसबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री हुनुहुन्थ्यो र सहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने प्रतीक्षामा हुनुहुन्थ्यो । दश महिनापछि उहाँ प्रधानमन्त्री बन्ने सहमति भएको थियो तर बीचैमा एकाएक आँधीहुरी सिर्जना भयो र सुशीला कार्कीको प्रधानमन्त्रित्वमा अन्तरिम मन्त्रिमण्डल बन्यो । त्यस मन्त्रिमण्डलले गत फागुनमा निर्वाचन गरायो र राष्ट्रिय स्वतन्त्र पाटीका पक्षमा अत्यधिक बहुमत प्राप्त भएर उक्त पार्टीको सरकार बन्यो । यो सरकार बनेयता पूर्ववर्ती सरकारभन्दा केही भिन्न कार्यहरू भएका छन् । तीमध्ये कति आलोच्य छन् र कति उपयुक्त पनि छन् । नेकपा एमाले र कांग्रेसको सरकारले नियुक्ति गरेकामध्ये धेरैजसो राजदूतहरू अन्तरिम सरकारले नै फिर्ता गरिसकेको थियो । यस सरकारले हालै विभिन्न मित्र राष्ट्रहरूमा रिक्त रहेका राजदूतहरू नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएर १३ देशका लागि विभिन्न १३ जनाको नाम सिफारिश गर्‍यो तर संसदीय सुनवाइमा तीनजनाका विरुद्धमा उजुरी पारेर बाँकी दशजनाको नाम नियुक्तिका लागि सिफारिश भएको छ । ती तीनजनाको नाममा उजुरी परेर संसदीय सुनवाइ हुँदा दुईजनाको नाम अस्वीकृत भएको छ । उहाँहरूप्रति विभिन्न गम्भीर आक्षेपहरू लागेका छन् । एकजनाको नाम थप कागजात हेरेर दशैँपछि मात्र निर्णय गर्नेगरी हालका लागि स्थगित गरिएको छ । यसबाट विदेशस्थित राजदूत भएर काम गर्ने व्यक्तिहरू नैतिक चरित्रवान र आदर्श विचारको हुनुपर्छ भन्ने देखिन आउँछ । संसदीय सुनवाइ समितिले गरेको यो निर्णय देशको गरिमाका लागि उचित हो । भ्रष्टाचारी, महिलाहरूप्रति यौनदुर्व्यवहार गरेका, विदेशबाट डिपोर्ट भएका र अर्को देशको स्थायी बासिन्दाको प्रमाणपत्र प्राप्त व्यक्तिहरू राजदूत हुनु अनुचित हो । विदेशसँगको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउने प्रतिनिधिका रूपमा काम गर्नुपर्ने दूत अर्थात् राजदूत स्वच्छ छविको हुनु जरुरी छ । जो छानिनुभएको छ उहाँहरूबाट भावी दिनमा देशको आदर्शमाथि धब्बा लाग्ने कुनै काम नहोस् भन्ने आशाविपरीत सरकार आफैं आशा र निराशाको मुहानमा परिणत हुँदैछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दसैँका ४ दिन काठमाडौँको फोहोर व्यवस्थापन नहुने
ताजा खबरJust now

दसैँका ४ दिन काठमाडौँको फोहोर व्यवस्थापन नहुने

काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने जानकारी दिएको छ।  ती चार दिन दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने महानगरपालिकाले जनाएको हो।  दसैँको बेला उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै र... ...

नेपालखबर
दृष्टिविहीनमैत्री समाज निर्माण
ताजा खबरJust now

दृष्टिविहीनमैत्री समाज निर्माण

छडीलाई मानिसले विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने गर्छन् । यसलाई स्थानीय भाषिकामा फरक फरक नामकरण गरिएको पाइन्छ । कतै छडीलाई लाठी, लौरो, डन्डा, घोचो, सोठ्ठा, छडी, सिर्कनोलगायत धेरै... ...

गोरखापत्र
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
ताजा खबरJust now

गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित

खुलातर्फ किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन् भने महिला तथा युवा समूहबाट पनि तीन नेता विजयी भएका छन्। ...

कान्तिपुर
अमेरिकाको ओरेगनमा विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित पाँच जनाको मृत्यु
ताजा खबरJust now

अमेरिकाको ओरेगनमा विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित पाँच जनाको मृत्यु

काठमाडौं । अमेरिकाको ओरेगन राज्यस्थित बेन्ड सहरको सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिका र एक शिक्षकसहित पाँच जनाको मृत्यु भएको छ । घटनामा संलग्न भएको आशङ्का गरिएका व्यक्तिलाई पनि गोली लागेको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ । रिपोर्ट अनुसार स्थानीय समयअनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको थियो। मृतकमध्ये पाँच, आठ र ११ वर्षका तीन बालबालिका तथा एक ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play