अमेरिकाको ओरेगनमा विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित पाँच जनाको मृत्यु

काठमाडौं । अमेरिकाको ओरेगन राज्यस्थित बेन्ड सहरको सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिका र एक शिक्षकसहित पाँच जनाको मृत्यु भएको छ । घटनामा संलग्न भएको आशङ्का गरिएका व्यक्तिलाई पनि गोली लागेको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ । रिपोर्ट अनुसार स्थानीय समयअनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको थियो। मृतकमध्ये पाँच, आठ र ११ वर्षका तीन बालबालिका तथा एक शिक्षक रहेका छन् । प्रहरी अधिकारीहरू विद्यालयभित्र प्रवेश गर्दा गोली चलाउने आशङ्का गरिएका व्यक्ति मृत अवस्थामा भेटिएको बताएका छन् । आक्रमणकारीले विद्यालयका बन्द ढोकामा गोली चलाएर जबर्जस्ती भवनभित्र प्रवेश गरेको बताइएको छ । अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजसहित केही सञ्चारमाध्यमले गोली चलाउने आशङ्का गरिएका व्यक्ति १६ वर्षीय किशोर भएको जनाएका छन्। तर प्रहरीले उनको पहिचान औपचारिक रूपमा सार्वजनिक गरेको छैन । प्रहरीले आक्रमणकारी सोही विद्यालयका विद्यार्थी थिए वा थिएनन् भन्नेबारे पनि जानकारी दिएको छैन । मृतक तथा घटनामा संलग्न व्यक्तिको पहिचान र घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ । The post अमेरिकाको ओरेगनमा विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित पाँच जनाको मृत्यु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

बेलायत फर्कनु राम्रो लाग्यो : ह्यारी–मेघन
अगस्टमा बेलायत फर्किएपछिको पहिलो सार्वजनिक कार्यक्रम भएपछि प्रतिक्रिया दिँदै बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनले स्वदेश फर्किनु राम्रो लागेको बताएका छन् । मेघनले शुभचिन्तकहरूसँगको संवादमा एक सहभागीले सोधेको प्रश्नको उत्तर... ...

दशैं नजिकिएसँगै काठमाडौं छाड्नेको भिड (तस्बिरहरू)
काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर गाउँ फर्किने यात्रुहरूको चहलपहल बढेको छ। काठमाडौंको जडीबुटीस्थित अरनिको बसपार्कमा घर फर्किने यात्रुहरूको भिड देखिन थालेको छ । दशैं मनाउन परिवारसँग भेटघाट गर्न र टीका थाप्न आफ्नो गाउँघर जाने यात्रुहरू बसपार्कमा जम्मा हुन थालेका छन्। दशैं नजिकिएसँगै बसपार्क क्षेत्रमा यात्रुको चाप बढेको हो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी ...

सेयरबजारमा म्युचुअल फण्डलाई दीर्घकालीन पूँजीको आधार बनाउने नीति मस्यौदा सार्वजनिक
काठमाडौँ । सामूहिक लगानी कोष (म्युचुअल फण्ड) क्षेत्रलाई दीर्घकालीन पूँजी परिचालनको प्रभावकारी माध्यम बनाउने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नीति, २०८३ को मस्यौदा सार्वजनिक गरेको छ। बोर्डले प्रस्तावित नीतिमा आवश्यक राय, सुझाव तथा सुधारका क्षेत्र पहिचान गर्न सरोकारवालासँग कात्तिक १५ गतेसम्म सुझाव माग गरेको हो। नेपाल सरकार अर्थ मन्त्रालयले २०८३ भदौ २९ गते जारी गरेको पुँजी बजार सुदृढीकरण तथा ...

‘एमाले र नेकपामा कतिपय नेता–कार्यकर्ता बाध्यताले बसेका छन्, ढिलोचाँडो विद्रोह हुन्छ’
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट निष्कासित नेता हरिबोल गजुरेल पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको समाजवादी जागरण अभियानमा सक्रिय सहभागी छन् । पछिल्लो समय पार्टी नेतृत्वसँग असन्तुष्ट देखिएका खनालले असोज १९ गते गजुरेल... ...


