Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

नयाँदिल्ली।भारतको राजधानी नयाँदिल्लीमा चुनावी प्रदर्शनका क्रममा प्रहरीले धरपकड बढाएपछि युवा प्रदर्शनकारीहरूले निगरानीबाट बच्दै आन्दोलन जारी राख्न नयाँ रणनीति अपनाएका छन्। उनीहरूले मुखुन्डो लगाउने, प्रहरीका सवारीसाधनको गतिविधि पत्ता लगाउने र पक्राउ परेकालाई सहयोग गर्न डिजिटल सञ्जाल परिचालन गर्ने गरेका छन्। जन्तर मन्तरस्थित मुख्य प्रदर्शनस्थलमा अवरोध गर्न दशौं हजार सुरक्षाकर्मी परिचालन गरिएपछि प्रदर्शनकारीहरू अन्य स्थानमा भेला हुन थालेका छन्। सप्ताहन्तमा हजारौंलाई पक्राउ गरिए पनि उनीहरूले प्रदर्शन जारी राखेका छन्। पक्राउ परेकामध्ये धेरैलाई पछि रिहा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले निर्वाचन आयोगका प्रमुखको राजीनामा मागेका छन्। आयोगले भने उक्त आरोप अस्वीकार गरेको छ। ३६ वर्षीय सामग्री निर्माता मेघनाद एसले पक्राउ परेकालाई सहयोग गर्न करिब १७० स्वयंसेवकको सञ्जाल बनाएका छन्। उनीहरूको समूहले प्रहरीका सवारीसाधनको गतिविधि निगरानी गरी पक्राउ परेकाहरूलाई कहाँ लगिएको छ भन्ने जानकारी संकलन गर्छ। त्यसपछि ह्वाट्सएप समूह र डिजिटल माध्यमबाट स्वयंसेवक चालक परिचालन गरी खाना, पानी, इन्धन तथा आवश्यक परे चिकित्सकीय सहायता उपलब्ध गराइन्छ। विद्यार्थी नेतृ नेहा बोहरा जस्तै देखिने एक महिलालाई प्रहरीले पक्राउ गरेपछि उनी चर्चामा आएकी छन्। २९ वर्षीया बोहरा भने प्रहरीको घेराबाट उम्केर मध्य दिल्ली पुग्न सफल भएकी थिइन्। पछि उनले आफ्नो जस्तै देखिने महिलासँगको तस्बिर सार्वजनिक गर्दै उक्त समानता संयोग मात्र भएको, रणनीति नभएको भन्दै व्यङ्ग्य गरेकी थिइन्। केही प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा परेपछि बसको चालक बस्ने ठाउँ वा पछाडिको झ्यालबाट उम्कने प्रयास गरेका थिए। पहिचान लुकाउन कतिपयले ब्याटम्यानका मुखुन्डो समेत लगाएका छन्। बलिउड अभिनेत्री रिचा चढ्ढाले पनि प्रदर्शनकारीको सहमति बिना तस्बिर खिचिने गरेको उल्लेख गर्दै अनुहार पहिचान गर्ने क्यामेराबाट बच्न मेकअप प्रयोग गर्न सुझाव दिएकी थिइन्। प्रहरीको कडा निगरानी र धरपकडबीच भारतीय युवा प्रदर्शनकारीहरूले सामाजिक सञ्जाल तथा डिजिटल प्रविधिको सहायताले आन्दोलनलाई निरन्तरता दिने प्रयास गरिरहेका छन्। –रासस/एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
ताजा खबरJust now

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ८० लाख ४८ हजार ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङको तमानखोला... ...

रातोपाटी
पनामामा भूकम्पपछि आपत्काल घोषणा
ताजा खबरJust now

पनामामा भूकम्पपछि आपत्काल घोषणा

काठमाडाैँ । शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ। यसैबिच मङ्गलबार बिहान पनामामा ६.१ म्याग्निच्युडको... ...

रातोपाटी
यात्रुलाई गुणस्तरीय खाना खुवाउन होटल–रेस्टुरेन्टलाई विभागको आग्रह
ताजा खबरJust now

यात्रुलाई गुणस्तरीय खाना खुवाउन होटल–रेस्टुरेन्टलाई विभागको आग्रह

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक यातायातका यात्रुलाई स्वच्छ, स्वस्थ र गुणस्तरीय खाना उपलब्ध गराउन होटल तथा रेस्टुरेन्ट सञ्चालक र सवारी चालकलाई आग्रह गरेको छ। खाद्य स्वच्छतामा लापरबाही, बासी तथा झिँगा भन्किएका खानेकुरा र न्यून गुणस्तरको खाना उपलब्ध गराइएको गुनासो बढेपछि विभागले एक सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो। विभागले सार्वजनिक यातायातका यात्रुलाई खाना, नास्ता तथा खाजाका लागि ...

लुम्बिनी सञ्चार
चर्कियो फ्रान्सको विद्यार्थी आन्दोलन, ग्रेटा थनबर्ग पनि आन्दोलनमा सहभागी
ताजा खबरJust now

चर्कियो फ्रान्सको विद्यार्थी आन्दोलन, ग्रेटा थनबर्ग पनि आन्दोलनमा सहभागी

पेरिस । फ्रान्समा विद्यालयमा शैक्षिक अवस्था सुधारको माग गर्दै विद्यार्थीहरूले देशव्यापी प्रदर्शन तीव्र बनाएका छन् । मंगलबार भएको प्रदर्शनमा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पनि सहभागी भएकी छन् । विद्यार्थीको आन्दोलनलाई विश्वविद्यालयका विद्यार्थी,... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play