Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ओमानलाई जित्दा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना

ओमानलाई जित्दा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओमानलाई जित्दा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना

काठमाडौं । रोहित पौडेलको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङमा नेपालले क्रिकेट विश्वकप लिग २ मा मंगलबार घरेलु टोली ओमानलाई १ सय १३ रनले पराजित गरेको छ । यससँगै नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता बचाउको नजिक पुगेको छ । रोहितले ६१ रन बनाए भने करणले इनिङ्सको अन्त्यतिर १६ बलमा ४० रनको इनिङ्स खेलेपछि टस जितेको नेपालले मस्कटस्थित अल एमेरत क्रिकेट मैदानमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ६३ रन बनायो । नेपालले जबाफमा ओमानलाई ४० ओभरमै १ सय ५० रनमा अलआउट गरेको थियो । नेपालले ओमान भ्रमणमा लगातार दोस्रो खेल जितेको हो । नेपालले शुक्रबार पहिलो खेलमा क्यानडालाई ४१ रनले हराएको थियो । नेपालले जितपछि ३४ खेलबाट २८ अंक बनाएको छ । नेपालले छैटौं स्थानलाई मजबुत पारेको छ । आठ राष्ट्र सहभागी ३ वर्षे सर्कलको लिग २ मा क्यानडा ३४ खेलमा २५ अंकसहित सातौं र यूएई ३२ खेलमा १९ अंकसहित आठौं स्थानमा छ । अमेरिका ३५ खेलमा ४९ अंक जोडेर च्याम्पियन बनिसकेको छ । स्कटल्यान्ड ३६ खेलमा ४५, नेदरल्यान्ड्स ३२ खेलमा ३८, ओमान ३० खेलमा ३३ र नामिबिया ३५ खेलमा ३१ अंक बटुल्दै क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा छ । शीर्ष चार टोलीले फेब्रुअरीमा हुने विश्वकप छनोटमा सोझै प्रतिस्पर्धा गर्नेछन् भने लिग २ को तल्लो चार टोलीले डिसेम्बरमा हुने विश्वकप छनोट प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको हिसाबमा लिग २ को स्पष्ट खाका प्रस्ट छैन । तर शीर्ष ६ भित्र पर्ने टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता यथावत रहने बताइएको छ । लिग २ को अन्तिम शृंखला खेलिरहेको नेपालले अब शनिबार क्यानडा र सोमबार ओमानसँग खेल्ने छ । बाँकी दुईमध्ये एक खेल जितेमा नेपाल शीर्ष ६ भित्र पर्ने निश्चित हुनेछ । ओपनर आसिफ शेख लगातार दोस्रो खेलमा असफल रहे । उनी १५ बल खेल्दै ४ रनमा आउट भए । अर्जुन कुमाल र इशान पाण्डेले दोस्रो विकेटमा ६७ रनको साझेदारी गरे । इशानले ५५ बलमा ४ चौकासहित ३७ रन बनाए । ओपनर अर्जुनले ५९ बलको इनिङ्स खेल्दै ४ चौकासहित ४० रन जोडे । अघिल्लो खेलमा शतक बनाएका पूर्वकप्तान रोहितले अर्को उपयोगी इनिङ्स खेले । नेपाललाई अत्यावश्यक अवस्थामा उनले ३ चौका र १ छक्का प्रहार गरे । रोहितले बसिर अहमदसँग चौथो विकेटमा ७६ रन जोडेका थिए । बसिरले ५० बलमा ३७ रन बनाई कट गर्न खोज्दा विकेटकिपरलाई क्याच दिन पुगे । उनले ३ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरी १७ बलमा २२ र सन्दीप जोरा १२ बलमा १० रन बनाई आउट भए । तर करणले अन्तिम २ ओभरमा गरेको विस्फोटक ब्याटिङले खेलको पुरै नक्सा बदल्यो । उनले ४९ औं ओभरमा ३ छक्का र एक चौका प्रहार गरे । नेपालले उक्त ओभरमा २५ रन जोड्दा करण एक्लैले २४ रन बनाए । अन्तिम ओभरको पहिलो ३ बलमा करणले १ छक्कासहित १० रन बटुले । उनी इनिङ्सको अन्तिम बलमा स्ट्राइक एन्डमा १ रन पूरा गर्न खोज्दा आउट भए । करणले १ चौका र ४ छक्का प्रहार गरे । उनले नन्दनले नवौं विकेटमा २४ बलमा ४७ रन जोडेका थिए । नन्दन ९ बल खेल्दा १ चौकासहित ७ रनमा अविजित रहे । ओमानका फैजल शाह, सकिल अहमद र करन सोनाभ्लेले २–२ विकेट लिए । जबाफमा ओमानले ४१ रन बनाउँदा ६ विकेट गुमाउन पुगेको थियो । करणले आफ्नो पहिलो तथा खेलको दोस्रो ओभरमै हसनाइन उल वाहबलाई शून्यमा बोल्ड गरे । नन्दनले मुजिबुर अलीलाई २ रनमा बोल्ड गरे भने हम्माद मिर्जालाई ४ रनमा एलबीडब्लू आउट गरे । कप्तान सन्दीप लामिछानेले लगातार बलमा सोनाभ्लेलाई ४ र जिकरिआ इस्लामलाई शून्यमा बोल्ड गरे । ललित राजवंशीले ओपनर जतिन्दर सिंहलाई १८ रनमा आउट गरेपछि ओमान निकै दयनीय अवस्थामा पुगेको थियो । कप्तान विनायक शुक्ला र जय ओडेडराले सातौं विकेटमा ८३ रनको साझेदारी गरेपछि मात्र ओमानको स्कोर हेर्नलायक बनेको थियो । दीपेन्द्रले ओडेडरालाई २५ रनमा एलबीडब्लू आउट गरी यो साझेदारी तोडे । उनले ५७ बल खेल्दा २ चौका प्रहार गरे । शुक्लाले ७७ रन बनाए । उनले ८३ बलमा ६ चौका र १ छक्का प्रहार गरे । नेपालबाट सन्दीप र नन्दनले ३–३ विकेट लिए । नन्दनले ६ ओभरमा १ मेडन राख्दै १२ र सन्दीपले ९ ओभरमा २८ रन खर्चे । दीपेन्द्रले ७ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । प्लेयर अफ द म्याच करणले ६ ओभरमा २ मेडन राख्दै ८ र ललितले ६ ओभरमा ३१ रन खर्चेर १–१ विकेट लिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

पोप लियो चौधौँको शल्यक्रिया सफल
ताजा खबरJust now

पोप लियो चौधौँको शल्यक्रिया सफल

काठमाडाैँ । फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो । होली सी... ...

रातोपाटी
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
ताजा खबरJust now

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौँ, असोज २८ गते । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेस... ...

गोरखापत्र
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
ताजा खबरJust now

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंसहित देशका चार जिल्लाबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, बर्दिया, कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ३०० ग्राम खैरो हेरोइनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी ...

हिमालय टाइम्स
२४ वर्षदेखि लक्ष्मी सनराइजमै थिए सुमेद, कात्तिक १५ बाट सम्हाल्नेछन् बैंकको ‘कमान्ड’
ताजा खबरJust now

२४ वर्षदेखि लक्ष्मी सनराइजमै थिए सुमेद, कात्तिक १५ बाट सम्हाल्नेछन् बैंकको ‘कमान्ड’

लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने भएका छन्। बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका भट्टराईलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो। बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी सचिव पियुषराज अर्यालका अनुसार उनको नियुक्ति कात्तिक १५... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play