दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

डडेल्धुरा । नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने धानलगायतका बालीनाली भित्र्याउन व्यस्त रहेका छन् । नेपालको मुख्य बाली धान भित्र्याउने समयमै यसपटक दसैँ सुरु भएपछि किसान यतिबेला खेतबारीमै व्यस्त रहनुपरेको हो । वर्ष दिनमा एकपटकमात्रै आउने दसैँ मनाउन घर फर्किएका समेत आफन्तसँग भेटघाटसँगै खेतबारीमै बालीनाली उठाउने कार्यमा रमाइरहेका पाइएको छ । पछिल्ला केही दिन यहाँका हरेक घरपरिवार बिहान सबेरै खेतबारी पुग्ने र साँझ अबेरमात्रै घर पुग्ने दैनिकी बनेको छ । अहिले दसैँभन्दा पनि किसानलाई बर्खेबाली भित्र्याउन व्यस्त रहनुपरेको भागेस्वर गाउँपालिका–४ की देवकी भट्ट बताउँछिन् । “मकै र धानबाली भित्र्याइएको छ, आजभोलि भटमास, सो्यालगायत दलहन बाली भित्र्याउन लागिएको छ”, उनले भने, “अहिले महिला विषेशगरी खर काट्नमै पनि व्यस्त रहेको पाइएको छ ।” डडेल्धुराको भित्री मधेस आलिताल परशुरामका किसानलाई पनि आजभोलि धान काट्ने, बिटा बाँध्ने, झार्ने र भित्र्याउनमै व्यस्त रहेका छन् । केही दिनअघिसम्मको लगातारको वर्षाका कारण पाकेको धान भित्र्याउन अहिले पनि समस्या भइरहेको परशुराम नगरपालिका–४ का किसान यशोदा जोशी बताउँछिन् । “मिहिनेत गरेर फलाएको धानबाली भित्र्याउन नपाउने चिन्ता छ, मौसमले साथ दिए हुन्थ्यो”, उनले भने, “दसैँभन्दा पनि किसानका लागि खेतमा लगाएको बाली भित्र्याउने मुख्य प्राथमिकता छ ।” वर्ष दिनमा आउने चाडमा रमाइलो गरी मनाउन रहर भएर पनि फुर्सद नपाउँदा खेतमै अधिकांश समय बित्ने गरेको किसानको भनाइ छ । बर्खेबाली भित्र्याउने र हिउँदे बाली छर्ने समय रहेकाले किसानलाई दसैँतिहार मनाउनभन्दा पनि खेतबारीमै बढी व्यस्तता रहेको अमरगढी नगरपालिका–७ का किसान कल्पना भट्टले बताए । उनले भने, “यो समय भनेको कामको चटारो हुने हो, महिला भने बिहान उज्यालो नहुँदै खेतमा पुग्छन्, खाना खानसमेत फुर्सद नहुने किसानलाई दसैँको रमाइलोबारे थाहा भए पनि काम सक्नमै ध्यान बढी हुन्छ, त्यसमै सन्तुष्ट हुनुपर्छ ।” जिल्लामा सबैभन्दा बढी परशुराम नगरपालिकामा एक हजार २३७ हेक्टरमा क्षेत्रफलमा धान लगाइएको छ । जिल्लामा छ हजार १८८ हेक्टरमा बर्खे धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले बताए । जिल्लामा गत वर्ष बर्खे धान २१ हजार ४०० मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
काठमाडौं । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म एक लाख नौ हजार ६३६ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् । दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न ...

यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो
काठमाडौं । सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना पाउनुपर्ने विषयलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्राथमिकतामा राखेको छ। यात्रुहरूलाई बासी, दूषित तथा गुणस्तरहीन खाना खुवाउने र खानाको अस्वाभाविक मूल्य असुल्ने गुनासो बढेपछि सम्बन्धित निकायले निगरानी र नियमनमा जोड दिएका छन्। पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायहरूको बैठकपछि यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीका चालकलाई स्वच्छ र गुणस्तरीय खाना ...

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, तस्बिरहरू
काठमाडौँ। बडादसैँ सुरु भएसँगै राजधानी काठमाडौँ छाडेर गाउँ फर्किनेको चहलपहल बढेको छ। दसैँ मनाउन आफ्नो घर जाने यात्रु बढेसँगै कलंकीलगायत उपत्यकाका विभिन्न नाकामा यात्रु तथा सार्वजनिक सवारीसाधनको चाप देखिन थालेको... ...

विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। उक्त प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी छन्। बैंकक बसाइका क्रममा अर्थमन्त्री डा. वाग्लेले वार्षिक बैठकअन्तर्गत आयोजना ... ...


