बेलकामा ‘सानो दारे’ नामको जङ्गली हात्ती मृत फेला

काठमाडौं – उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने वयस्क जङ्गली भाले हात्ती मृत फेला परेको छ । करिब २० देखि २५ वर्ष उमेरको हात्ती मङ्गलबार धानखेतमा मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए । उहाँका अनुसार मृत हात्ती कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा फेला परेको हो। उक्त हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो । हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो। यद्यपि, मृत्युको वास्तविक कारण भने परीक्षणपछि मात्रै खुल्नेछ । कोशीटप्पु वन्यजन्तु आरक्षको सीमा क्षेत्रमा हात्ती मृत भेटिएकाले आरक्षले पोस्टमार्टम गर्ने तयारी गरेको उहाँले जानकारी दिए । पोस्टमार्टमको नतिजापछि हात्तीको मृत्युको कारण स्पष्ट हुने अपेक्षा गरिएको ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

२ हजार बढी विद्यार्थी भएका १०९ स्कुलमा ६ अर्ब लगानी गर्दै सरकार
काठमाडौँ । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढाएको छ । उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठुला... ...

बारामा ११ लाख ४६ हजारका कपडा र मोटरसाइकल बरामद, एक जना पक्राउ
कलैया समाचारदाताबारा, असोज २८ गते । बाराको सुवर्ण गाउँपालिकास्थित सीमा क्षेत्रबाट भन्सार छली गरी भारतबाट नेपाल भित्र्याउँदै गरिएको कपडा र तीनवटा मोटरसाइकलसहित एक जना पक्राउ परेका छ... ...

लद्दाखबारे भारत र चीनबिच फेरि लफडा, भयो भनाभन
चीनले लद्दाखका २८ स्थानलाई आफ्नो क्षेत्र दाबी गरेको छ। भारतले ती २८ स्थानको नाम परिवर्तन गर्ने निर्णय गरेपछि चीनले कडा आपत्ति जनाएको हो। चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मंगलबार भनेकी छन्, ‘भारतले एकतर्फी र गैरकानुनी तरिकाले बनाएको तथाकथित 'लद्दाख केन्द्र शासित प्रदेश'लाई कहिल्यै मान्यता दिएको छैन र तथाकथित ... ...

विद्रोह तर बेग्लै (कथा)
त्यो खबर थाहा पाएको क्षण ममाथि मानौँ सगरमाथा नै खसेको थियो । कसरी गर्न सक्छन्, उनले यस्तो काम । मैले पत्याउन पनि सकेकी थिइनँ तर खबर ल्याउने मान्छे असत्य थिएन । उनको कुरा प्रमाणिक थ... ...


