Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Others/मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

10/16/2026, 4:39:38 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन् । एमालेका प्रमुख सचेतक हरिनारायण महतोले एमालेका मन्त्रीहरूले राजीनामा बुझाएर सरकारबाट समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् । राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह रहेका छन् । मधेस प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन् । प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी पनि गठबन्धनमा सहभागी छ । एमालेले सरकारबाट समर्थन फिर्ता लिएसँगै मधेस प्रदेशको सत्ता समीकरणमा फेरबदल हुने देखिएको छ । नयाँ सरकार गठनको कसरत अघि बढाउने उद्देश्यसहित एमाले सरकारबाट बाहिरिएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

एन्फाको स्वीकृतिबिनै नेपाल फुटबल लिग घोषणा, फागुन १ देखि सञ्चालन गर्ने दाबी
OthersJust now

एन्फाको स्वीकृतिबिनै नेपाल फुटबल लिग घोषणा, फागुन १ देखि सञ्चालन गर्ने दाबी

नेपाली फुटबलको आधिकारिक निकाय अखिल नेपाल फुटबल सङ्घ (एन्फा) निलम्बनमा रहेका बेला सात फ्रेन्चाइज क्लब सम्मिलित निजी समूहले प्राविधिक सहयोग र स्वीकृतिबिनै नेपाल फुटबल लिग (एनएफएल) आयोजना गर्ने घोषणा गरेको छ । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै विश्व फुटबल महासङ्घ (फिफा) ले एन्फालाई निलम्बन गरेको अवस्थामा शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आगामी फागुन १ गतेदेखि नयाँ लिग सञ्चालन गर्ने घोषणा गरिएको ...

पर्दाफास
उपराष्ट्रपति यादवसँग प्रधानसेनापति सिग्देलको शिष्टाचार भेट
OthersJust now

उपराष्ट्रपति यादवसँग प्रधानसेनापति सिग्देलको शिष्टाचार भेट

काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधानसेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार उनीहरूबिच मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषयलगायत विविध पक्षमा छलफल भएको थियो । त्यस अवसरमा उपराष्ट्रपति यादवले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र आन्तरिक सुरक्षा कायम राख्न नेपाली सेनाले खेल्दै आएको भूमिका र भोटेकोशी बाढीले निम्त्याएको विपत्तिमा सेनाले […] ...

काठमाण्डुपाटी
भूमि सम्बन्धी अध्यादेश संसद्बाटै ल्याउनुपर्छ : कांग्रेस
OthersJust now

भूमि सम्बन्धी अध्यादेश संसद्बाटै ल्याउनुपर्छ : कांग्रेस

३० असोज, काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी अध्यादेशको विरोध गर्दै यस विषयमा संसद्मा छलफल गरेर मात्रै कानुन बनाउनुपर्ने बताएको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत कानुन संशोधन गर्ने सरकारी कदम संसदीय लोकतान्त्रिक प्रक्रियाअनुकूल नभएको बताइन् । उनले कानुनमन्त्री सोविता गौतमले विगतमा उठाएको… ...

अनलाइन खबर
पत्रकार सापकोटाको उपन्याय ‘मगनी मरिक’ सार्वजनिक
OthersJust now

पत्रकार सापकोटाको उपन्याय ‘मगनी मरिक’ सार्वजनिक

३० असोज, काठमाडौं । पत्रकार एवं लेखक जनकराज सापकोटाको उपन्यायस ‘मगनी मरिक’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा लेखक सापकोटा, चिकित्सक डा. रामजी राम र डोम समूदायबाट छात्रवृत्तिमा राजधानीमा अध्ययन गरिरहेकी अञ्जु कुमारी मरिकले सम्पत्ति रुपमा पुस्तक सार्वजनिक गरे । तराईको सिमान्तकृत समुदायको पात्र ‘मगनी मरिक’लाई केन्द्रमा राखेर जीवनयापनको कठिनाई र संघर्षका विषयवस्तुलाई… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play