धितोपत्र बोर्डको नयाँ निर्देशनः दैनिक १० लाख बढीको सेयर कारोबार गर्नेमाथि निगरानी गरिने !

काठमाडौँ । सेयर बजारमा १० लाख वा सो भन्दा बढीको कारोबार गर्नेमाथि निगरानी गरिने भएको छ । ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८३’ जारी गर्दै बोर्डले १० लाख रुपैयाँ वा सो भन्दा बढीको सेयर कारोबार गर्नेमाथि निगरानी गर्ने बताएको हो । योसँगै अब कसैले दैनिक १० लाख वा सो भन्दा बढीको सेयर कारोबार गरे सम्बन्धित सूचक संस्थाले सो कारोबारको विवरण राख्नुपर्नेछ भने १५ दिनभित्र वित्तीय जानकारी इकाईले तोकेको प्रणालीमार्फत विवरण उपलब्ध गराउनुपर्नेछ । यस्तो कारोबारको रकम, श्रेस्ता वा हिसाब सञ्चालनसम्बन्धी छुट्टै अभिलेख राख्नुपर्ने तथा कारोबारमा प्रयोग भएको रकमको स्रोतसमेत खुलाउनुपर्ने उक्त निर्देशिकामा उल्लेख छ । उक्त व्यवस्थाले सेयर कारोबारमा प्रयोग भएको रकम कहाँबाट आयो ? स्रोत के हो ? र कसरी प्रयोग भयो भन्ने विषयमा निगरानी राख्न सहज हुने बोर्डले जनाएको छ । त्यस्तै, उक्त निर्देशिकामा राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहक पहिचान गर्नुपर्ने व्यवस्था गरिएको छ । योसँगै अब नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहकको पहिचान पुष्टि गरी व्यवसायिक सम्बन्ध स्थापित गर्ने व्यवस्था मिलाउनुपर्नेछ । त्यस्तै, ग्राहकको विवरण, सम्पर्क नम्बर, इमेल, ठेगाना र फोटोसमेत आवश्यकता अनुसार प्रमाणिकरण गर्नुपर्नेछ ।
Read Complete Original Article
Published originally on अर्थ सरोकार
Related News

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
काठमाडौँ । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनलाई शनिबार ललितपुरबाट नियन्त्रणमा लिएको हो। नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको... ...

१० बजे १० समाचार : गगनले सम्हाले पार्टी सत्ता, मधेसका मुख्यमन्त्रीको पद धरापमा
काठमाडौँ । आज मिति २०८३ साल असोज महिनाको ३१ गते शनिबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- १. गगनले... ...

करेन्ट लागेर महिलाको मृत्यु
ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया ठगमाया बास्तोलाको मृत्यु भएको छ। घर नजिकै रहेको बिजुलीको खम्बाबाट झरेको तारबाट प्रवाह भएको करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए। घटनापछि बास्तोलाको शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार लगिएको ... ...

एनपीएल सिजन ३ मा लुम्बिनी लायन्सको परफर्मन्स पार्टनर बन्यो टोटल लुब्रिकेन्ट्स
काठमाडौं । टोटल इनर्जिज लुब्रिकेन्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि लुम्बिनी लायन्सको आधिकारिक परफर्मन्स पार्टनर बनेको छ । नेपालका लागि टोटल लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले लुम्बिनी लायन्ससँग साझेदारी घोषणा गरेको हो। साझेदारीअनुसार अक्टोबर २६ देखि सुरु हुने एनपीएल सिजन ३ मा लुम्बिनी लायन्सका खेलाडीहरूको हेलमेटमा टोटल इनर्जिजको लोगो देखिनेछ । कम्पनीले क्रिकेटको प्रतिस्पर्धात्मक भावना र सवारीसाधनको ...


