Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/थाइल्यान्डका भिक्षु र ‘अलोका’ कुकुर बौद्धमा, बाढीपीडितका लागि ५८ लाख सहयोग

थाइल्यान्डका भिक्षु र ‘अलोका’ कुकुर बौद्धमा, बाढीपीडितका लागि ५८ लाख सहयोग

10/13/2026, 2:00:18 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
थाइल्यान्डका भिक्षु र ‘अलोका’ कुकुर बौद्धमा, बाढीपीडितका लागि ५८ लाख सहयोग

थाइल्यान्डबाट आएका बौद्ध भिक्षुहरू चर्चित ‘अलोका’ नामक कुकुरसहित काठमाडौंको बौद्ध आइपुगेका छन् । उनीहरूले रसुवाको स्याफ्रुबेँसीका बाढीपीडितहरूलाई भेटेर शीघ्र पुनरुत्थान तथा विश्व शान्तिको कामना गरेका छन् । सोही अवसरमा काठमाडौंको बौद्धस्थित का–न्यिङ सेडुप लिङ मोनास्ट्री एसोसिएशन एण्ड डेभलपमेन्ट ट्रस्ट (गुम्बा) ले प्राकृतिक विपद् व्यवस्थापन, राहत तथा उद्धार कार्यका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५८ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बौद्धमा आयोजित एक कार्यक्रमका बीच गुम्बाका धर्मगुरु तथा भिक्षुहरूले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गणेश) र उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ लगायतको उपस्थिति रहेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

संखुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्‌
OthersJust now

संखुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्‌

नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभाको उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु गरेको छ । यसअघि लघु जलविद्युत् आयोजनाबाट विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गरिएको हो । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनाबाट हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरिएको हो । राष्ट्रिय ...

पर्दाफास
चाडपर्वमा नागरिकको सुरक्षालाई ध्यानमा राख्न सशस्त्र आईजीपी पौडेलको निर्देशन
OthersJust now

चाडपर्वमा नागरिकको सुरक्षालाई ध्यानमा राख्न सशस्त्र आईजीपी पौडेलको निर्देशन

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई चाडपर्वको समयमा आमनागरिकको सेवा र सुरक्षालाई ध्यानमा राखी परिचालन हुन निर्देशन दिएका छन् । मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई आईजीपी पौडेलले लाइभ भिडियो स्ट्रिमिङमार्फत निर्देशन दिनुका साथै आउँदै गरेको विजया दशमी, शुभ […] ...

काठमाण्डुपाटी
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७३ करोडको कारोबार
OthersJust now

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७३ करोडको कारोबार

नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा पुगेर रोकिएको छ । आज ३५१ कम्पनिका एक करोड ३५ लाख ५३ हजार ९७ कित्ता शेयर ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ मा कारोबार भएको थियो । आज बैकिंग, विकास बैंक, लगानी, जीवन बीमा र निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको ...

पर्दाफास
आजकल के गर्दै होलान् जोन सिना ?
OthersJust now

आजकल के गर्दै होलान् जोन सिना ?

सानै उमेरदेखि जोन सिनाको मनमा एउटै धुन सवार थियो- रेस्लिङ । घरमै कागजको बेल्ट बनाएर कम्मरमा बाँध्दै विश्व च्याम्पियन बनेको सपना देख्ने तिनै साना बालक पछि गएर विश्व प्रसिद्ध रेस्लिङ स्टार बने । वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्ल्यूडब्ल्यूई) मा करिब २४ वर्ष बिताएका सिनाले १७ पटक विश्व च्याम्पियनसिपको उपाधि आफ्नो नाममा गराए । ‍गत डिसेम्बरमा उनले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play