निर्माण व्यवसायी महासंघको आर्थिक सहयोगमा बनेको नुवाकोटको ढुङ्गे-त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट । नुवाकोटको ढुङ्गेबजार र प्रमुख व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोग तथा प्राविधिक समन्वयमा रसुवा-भोटेकोशी बाढीपछिको संकट समाधानका लागि केवल एक महिनाको छोटो अवधिमै सम्पन्न गरिएको उक्त पुल सञ्चालनमा आएको हो । एक कार्यक्रमबीच महासंघका अध्यक्ष निकोलस पाण्डेले पुलको उद्घाटन गर्नुभयो । गत भदौ १० गतेको बाढीपहिरोले आवतजावत विच्छेद भएपछि स्थानीय बासिन्दा, बिरामी तथा विद्यार्थीले लामो समयदेखि सास्ती खेप्दै आएका थिए । संकट समाधानका लागि महासंघको पहलमा भदौ तेस्रो सातादेखि द्रुत गतिमा निर्माण थालिएको पुल सञ्चालनमा आएसँगै दुवै बजारबीचको सम्पर्क पुनस्र्थापित भएको छ । उद्घाटन समारोहमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्रविक्रम सिंह ठकुरीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले विपद्का समयमा खेलेको भुमिका प्रशंसनीय रहेको बताउनु भयो । त्यस्तै, निर्माण व्यवसायी संघ नुवाकोटका अध्यक्ष शैलेन्द्रराज प्याकुरेल तथा वागमती प्रदेश अध्यक्ष छत्रबहादुर तामाङले छोटो समयमै हजारौँ नागरिक लाभान्वित हुने संरचना निर्माण भएकाले व्यवसायीप्रतिको सामाजिक दृष्टिकोण सकारात्मक बन्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल विद्युत प्राधिकरणको जग्गा समेत उपयोग गरी निर्माण गरिएको उक्त पुलबाट सर्वसाधारणका साथै बिरामी बोकेका एम्बुलेन्स सेवा र आवश्यकताअनुसार मोटरसाइकल समेत आवतजावत गराउन सकिने स्थानीय सरोकारवालाहरूले जनाएका छन् । चाडपर्वको मुखमा पुल निर्माण सम्पन्न भएसँगै नुवाकोटवासीले सहज आवागमनको राहत पाएका छन् ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

एल निनोको जोखिमले मादागास्करमा भोकमरीको चिन्ता
विश्व मौसम विज्ञान सङ्गठनले अक्टोबरदेखि सुरु हुने एल निनोका कारण दक्षिणी अफ्रिकामा खडेरीको जोखिम बढ्ने चेतावनी दिएको छ ...

कांग्रेस सभापति गगन थापाले लिए शपथ
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित गगनकुमार थापाले आज (असोज ३१ गते) शपथ ग्रहण गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा आयोजित एक कार्यक्रममा थापाले शपथ ग्रहण गरेका हुन्। यससँगै नवनिर्वाचित सभापति थापाले पदबहालीसमेत गरेका छन्। बडादसैँका फूलपातीका अवसर पारेर थापाले शपथ ग्रहण तथा पदभार ग्रहण गरेका हुन्। कांग्रेस महाध... ...

नेपाललाई क्यानाडाले दियो २५७ रनको चुनौती, खेल जित्दा एक दिवसीय मान्यता जोगिने
ओमानको मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा जितका लागि नेपालले २५७ रनको चुनौती पाएको छ । ...

जग्गाको सीमाना विवादमा धकेलाधकेल हुँदा ७५ वर्षीय वृद्धको मृत्यु
काठमाडौं । सप्तरीमा जग्गाको सीमाना विवादका क्रममा धकेलाधकेल हुँदा एक जना वृद्धको मृत्यु भएको छ। छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा शनिबार बिहान भएको घटनामा ७५ वर्षीय तेतर रायको मृत्यु भएको हो। प्रहरीका अनुसार बिहान करिब ९ बजे २७ वर्षीय रघुनन्दन राय र तेतर रायबीच जग्गाको सीमाना विषयलाई लिएर विवाद भएको थियो। विवादका क्रममा रघुनन्दनले तेतरलाई धकेलेपछि उनी भुइँमा लडेका थिए। घटनास्थलमै तेतरको मृत्यु ...


