महाकालीमा हाम फालेकी महिलालाई बचाउने प्रहरी कार्यालयका सहयोगी गृहमन्त्रीबाट पुरस्कृत

दार्चुला । महाकाली नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेकी महिलाको सकुशल उद्धार गर्ने दार्चुलाका प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरा गृहमन्त्रीबाट पुरस्कृत भएका छन्। ७१औँ प्रहरी दिवसको अवसरमा गृहमन्त्री सुधन गुरुङले महरालाई प्रशंसापत्र प्रदान गर्दै पुरस्कृत गरेका हुन्। महाकाली नदीमा हाम फालेकी महिलाको उद्धार गर्ने क्रममा साहस, कर्तव्यनिष्ठा र समर्पण प्रदर्शन गरेका महरा २०८३ साल असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका थिए। उनले आफ्नो ज्यानको समेत प्रवाह नगरी महिलाको उद्धार गरेका थिए। यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले महरालाई प्रशंसापत्र प्रदान गरेका थिए। प्रशंसापत्र प्रदान गर्दै भट्टराईले नागरिकको जिउज्यानको रक्षा गर्न आफ्नो ज्यानको समेत प्रवाह नगरी खटिने प्रहरी कर्मचारीको साहस र समर्पणको प्रशंसा गरेका थिए। उनले यस्ता प्रेरणादायी कार्यले अन्य प्रहरी कर्मचारीलाई समेत उत्कृष्ट काम गर्न उत्प्रेरित गर्ने बताउँदै राम्रो काम गर्ने कर्मचारीको सदैव उचित मूल्याङ्कन हुने उल्लेख गरेका थिए। ‘पुलिस अफ द मन्थ’ सम्मानअन्तर्गत महरालाई प्रहरी अभिलेखमा जनिने गरी प्रशंसापत्रका साथै नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती
काठमाडौँ, असोज ३१ गते । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइएको छ । परम्परागत विधिअनुसार पूजाअर्चना गरी गोरखाबाट पठाइए... ...

तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका
दशैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहको निरन्तर पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो। निर्णयअनुसार अक्टोबर १८ देखि २० (कात्तिक १–३) सम्म तीन दिन त... ...

थपिए एक लाख ८७ हजार मतदाता
गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । ...

भेरी करिडोरमा अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मालुस्थित भेरी करिडोर सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार बिहान करिब ११ः१५ बजे दुर्घटना भएको हो। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडीदेखि जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु प्र ०१–००१ ह ०५२९ नम्बरको ...


