श्रम कुटनीतिमा सहानुभूति होइन, समानुभूति जरुरी : प्रस्तावित राजदुत राणा

काडमाडौँ । ओमानका लागि नेपाली राजदुतमा प्रस्तावित पदमाक्षी राणाले आफ्नो कार्यकालमा श्रम कुटनीतिलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेकी छन् । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै उनले ओमानमा रहेका नेपाली श्रमिकको समस्या समाधान र उनीहरूको सुरक्षालाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने बताइन् । राणाले श्रमिकहरूको अवस्था सुधारका लागि आफूले ‘एम्प्याथी’ (समानुभूति) सहितको कुटनीति अवलम्वन गर्ने स्पष्ट पारे । उनले ओमानमा नेपाली श्रमिकका लागि हाल सञ्चालित २४ सै घण्टाको हटलाइन सेवालाई निरन्तरता दिने र समस्यामा परेका श्रमिकहरूको उद्धारका लागि थप सक्रिय हुने विश्वास व्यक्त गरे । आफ्नो कार्ययोजनाको मुख्य हिस्साका रूपमा उनले उद्यमशीलता र लगानी प्रवद्र्धनलाई अघि सारे । उद्यमशीलताको क्षेत्रमा लामो अनुभव सँगालेकी राणाले नेपालको रैथाने उत्पादन र प्रविधिलाई ओमानको बजारमा पु¥याउन ‘भ्यालु क्रिएसन डिप्लोमेसी’ ९मूल्य सिर्जना गर्ने कुटनीति० आवश्यक रहेको औंल्र्र्याए । उनले ओमानको विकास रणनीति ‘भिजन २०४०’ सँग तालमेल गर्दै दुई देशबीचको आर्थिक सम्बन्ध बलियो बनाउने कार्ययोजना प्रस्तुत गरिन् । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नीति निर्माणको तहमा आफू नयाँ भएपनि अनुसन्धान र फिल्ड अनुभवका आधारमा नीतिगत सुधार गर्न सक्षम रहेको दाबी गरिन् । विशेष गरी महिला घरेलु कामदारहरूको सुरक्षा र उनीहरूको राहदानी जफत हुनेजस्ता गम्भीर समस्या समाधानका लागि स्थानीय ओमानिया निकाय र नेपाल सरकारबीच समन्वय गरी ठोस कदम चाल्ने उनको योजना छ । आफ्नो सय दिने कार्ययोजनामा उनले हवाई कनेक्टिभिटी, श्रम सम्झौताको पुनरावलोकन र प्लास्टिक फोहोर व्यवस्थापनजस्ता प्राविधिक क्षेत्रमा समेत सहकार्यको ढोका खोल्ने लक्ष्य राखेको बताए ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश
काठमाडाैँ। राष्ट्रपति रामचन्द्र पाैडेलले दुई वटा अध्यादेश जारी गरेका छन्। ...

सबै दल असफल भए, देशलाई निकास दिने शक्ति राप्रपा मात्रै हो : अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चितता र अन्योल बढिरहेको उल्लेख गर्दै देशलाई निकास दिन राप्रपा मात्रै सक्षम रहेको दाबी गर्नुभएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले अन्य राजनीतिक दलहरू असफलताको बाटोतर्फ अघि बढिरहेको टिप्पणी गर्नुभएको हो। अध्यक्ष लिङ्देनले परम्परागत कार्यशैलीबाट मात्रै पार्टीलाई बलियो बनाउन नसकिने बताउँदै नेतृत्वदेखि कार्यकर्तासम्म सबैले ...

राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी २ अध्यादेश जारी
काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी कानुन संशोधन गर्ने २ वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद् बैठकको सिफारिसमा मंगलबार २ अध्यादेश जारी गरेका हुन् । जारी भएका अध्यादेशमा ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन […] ...

चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित रहने आईएमएफको प्रक्षेपण
• अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चीनको आर्थिक वृद्धिदर यस वर्ष ४.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ, जुन जुलाईको अनुमानभन्दा ०.१ प्रतिशत कम हो। • भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन चीनको तुलनामा उल्लेख्य रूपमा बढाइएको छ। • दक्षिण कोरिया र ताइवानको आर्थिक वृद्धिदर क्रमशः ३.३ प्रतिशत र १०.७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। ...


