Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आमिर खानका भान्जा इमरानलाई भारत छाड्न मुम्बई प्रहरीको आदेश

आमिर खानका भान्जा इमरानलाई भारत छाड्न मुम्बई प्रहरीको आदेश

Share:WhatsAppFacebookX (Twitter)Telegram
आमिर खानका भान्जा इमरानलाई भारत छाड्न मुम्बई प्रहरीको आदेश

नयाँदिल्ली । मुम्बईमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजित प्रदर्शनमा सहभागी भएको केही दिनपछि बलिउड अभिनेता इमरान खानलाई भारत छाड्न प्रहरीले निर्देशन दिएको छ। मुम्बई प्रहरीले उनलाई अक्टोबर २८ सम्म देश छाड्न समयसीमा दिएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ। प्रहरीका अनुसार भारतीय नागरिक नभएका खानले प्रदर्शनमा सहभागी भएर अध्यागमनसम्बन्धी प्रावधान उल्लङ्घन गरेको आरोपमा उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो। खान बलिउड अभिनेता आमिर खानका भान्जा हुन्। उनीसँग अमेरिकी नागरिकता र भारतीय मूलका विदेशी नागरिकका लागि जारी गरिने ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) कार्ड रहेको बताइएको छ। मुम्बई प्रहरीले खानलाई अध्यागमन तथा विदेशी नागरिकसम्बन्धी ऐन, २०२५ को प्रावधानअनुसार भारत छाड्न निर्देशन दिएको हो। उक्त ऐनको दफा ७ ले भारतमा विदेशी नागरिकको प्रवेश, प्रस्थान, बसोबास तथा आवागमनलाई नियमन, प्रतिबन्धित वा निषेध गर्न भारत सरकारलाई अधिकार दिएको छ। यसअघि भारतीय जनता पार्टी (भाजपा) का नेता किरीट सोमैयाले खानविरुद्ध कानुनी कारबाहीको माग गरेका थिए। उनले अभिनेता खानले ‘अवैध राजनीतिक प्रदर्शन’ मा सहभागी भएको तथा ओसीआईसम्बन्धी प्रावधान र भिसाका सर्त उल्लङ्घन गरेको आरोप लगाएका थिए। सोमैयाले अक्टोबर ११ मा सामाजिक सञ्जालमार्फत प्रहरीमा दर्ता भएको उजुरी अपूर्ण रहेको भन्दै थप कारबाहीको माग गरेका थिए। अभिनेता खान अक्टोबर १० मा मुम्बईको अगस्त क्रान्ति मैदानमा आयोजित प्रदर्शनमा सहभागी भएका थिए। व्यङ्ग्यात्मक राजनीतिक समूह ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले आयोजना गरेको उक्त प्रदर्शन मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध केन्द्रित थियो। प्रदर्शनमा खानसँगै उनकी साथी तथा अभिनेत्री लेखा वासिङ्टन र उनकी कजिन जायन मारी खान पनि सहभागी थिए। प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पछि उनीहरूलाई रिहा गरिएको थियो। उक्त प्रदर्शनका क्रममा हम भारत के लोग संगठनका सदस्य तथा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का कार्यकर्तासहित करिब ४०० जनालाई प्रहरीले नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ। नियन्त्रणमा परेपछि खानले प्रहरीको भ्यानभित्रबाट आफ्नो तस्बिर सार्वजनिक गर्दै ‘सायद म घुम्न जाँदै छु’ भन्ने आशयको टिप्पणी गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीले ‘जय हिन्द’ भनेको उनको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल भएको थियो। सञ्चारमाध्यमसँग कुरा गर्दै खानले आफू मुम्बईको बासिन्दाका रूपमा प्रदर्शनस्थल पुगेको र आफ्नो कुनै विशेष माग नरहेको बताएका थिए। मानिसहरूको आवागमनको स्वतन्त्रता किन सीमित गरिँदै छ र उनीहरूको आवाज किन दबाइँदै छ भन्ने विषय बुझ्न आफू त्यहाँ पुगेको उनको भनाइ थियो। खानले आफूलाई नियन्त्रणमा लिएपछि अन्य व्यक्तिसहित करिब दुई घण्टासम्म प्रहरीको भ्यानमा घुमाइएको र त्यसपछि रिहा गरिएको पनि बताएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
ताजा खबरJust now

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं । आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ। यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’ बमोजिम सञ्चालन हुँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुरानो निर्देशिकामा विभिन्न व्यवस्था थप गरी नयाँ निर्देशिका जारी गरिएको हो। नयाँ निर्देशिकाले ...

केन्द्रबिन्दु
बुद्धि कारखाना
ताजा खबरJust now

बुद्धि कारखाना

बाल्यकालमा सानोतिनो बिगार गर्दा ठूलाबडाले भन्थे, ‘पाँच पैसा दिन्छु, जा बुद्धि किनेर आइज!’ आज त्यो ठट्टा यथार्थ बनेको छ; बुद्धि साँच्चै किनेर पाइने भयो। त्यो किनेर पाइने बुद्धि हो कृत्रिम बुद्धिमत्ता (एआई), अर्थात् कारखानामा उत्पादन हुने बुद्धि। ‘बुद्धि कारखाना’ (एआई फ्याक्ट्री) एउटा यस्तो विशेष कम्प्युटिङ पूर्वाधार हो, जसले विशाल परिमाणका तथ्यांक प्रशोधन गरी कृत्रिम बुद्धिमत्ताका मोडेलहरूको विकास, प्रशिक्षण र सञ्चालन गर्छ, ...

नेपालन्युज
दसैँसँगै बाँचेका गुणबहादुरहरु
ताजा खबरJust now

दसैँसँगै बाँचेका गुणबहादुरहरु

ख्वप (भक्तपुर) । दसैँको चाडसँगै बाँचेका गुणबहादुरहरुले भक्तपुरको संस्कृतिमा टेवा पुर्‍याउँदै आएको २५ वर्ष नाघेको छ ।दसैँ भन्नासाथ मीठोमसिनो खाने, रमाइलो गर्ने भन्ने आउँछ, तर, अरुलाई मीठो खुवाउन व्यापारसँग जोडिएका गुणबहादुरहरु राँगो बिक्रीमा निरन्तर लागि पर्दै आएका छन् ।भक्तपुरमा दसैँको रौनक अलि फरक छ । भोजमा खसीबोकाभन्दा राँगाको मासुको विशेष महत्व छ । टोलटोलमा राँगो काट्ने र त्यसको ...

केन्द्रबिन्दु
दसैँसँगै बाँचेका गुणबहादुरहरु
ताजा खबरJust now

दसैँसँगै बाँचेका गुणबहादुरहरु

भक्तपुर । दसैँको चाडसँगै बाँचेका गुणबहादुरहरुले भक्तपुरको संस्कृतिमा टेवा पुर्‍याउँदै आएको २५ वर्ष नाघेको छ। दसैँ भन्नासाथ मीठोमसिनो खाने, रमाइलो गर्ने भन्ने आउँछ, तर, अरुलाई मीठो खुवाउन व्यापारसँग जोडिएका गुणबहादुरहरु राँगो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play