Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एकदिवसीय मान्यता जोगाउने संघर्षमा नेपाल

एकदिवसीय मान्यता जोगाउने संघर्षमा नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
एकदिवसीय मान्यता जोगाउने संघर्षमा नेपाल

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल अब छैठौं स्थान सुरक्षित गर्नुपर्ने चुनौतीमा रहेको छ । हाल नेपाल दुई खेल खेल्न बाँकी रहदा छैटौँ स्थानमा रहेको छ । लिग–२ का शीर्ष चार टोलीले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउने भएकाले नेपालका लागि अब बाँकी दुई खेल जितेर प्रतियोगिताको अन्तिम स्थान सुधार गर्नु मुख्य चुनौती बनेको छ । अंकतालिकामा अमेरिका ३६ खेलबाट ४९ अङ्कसहित शीर्ष स्थानमा छ । स्कटल्यान्ड ३६ खेलबाट ४५ अङ्कसहित दोस्रो र नेदरल्यान्ड्स ३२ खेलबाट ३८ अङ्कसहित तेस्रो स्थानमा छन्। ओमान ३० खेलबाट ३३ अङ्कसहित चौथो स्थानमा रहेको छ । नामिबिया ३६ खेलबाट ३३ अङ्कसहित पाँचौँ स्थानमा छ । नेपालले ३४ खेलबाट २८ अङ्क जोड्दै छैटौँ स्थानमा रहेको छ । क्यानडा ३४ खेलबाट २५ अङ्कसहित सातौँ र संयुक्त अरब इमिरेट्स ३२ खेलबाट १९ अङ्कसहित आठौँ स्थानमा छन् । नेपालले अब बाँकी दुई खेल जितेमा अधिकतम ३२ अङ्क बनाउन सक्छ र छैठौ स्थानमै रहन सक्छ । नेपालले कम्तिमा एक खेल जितेमा पनि क्यानडाभन्दा माथि छैठौं स्थानमै रहन सक्छ । लिग–२ को अन्तिम स्थानले विश्वकप छनोटको आगामी चरणमा पुग्ने प्रक्रियालाई पनि प्रभाव पार्नेछ । यद्यपि पाँचौँ र छैटौँ स्थानमा रहने टोलीले स्वतः एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छन् । नेपालको सिधै विश्वकप क्वालिफायरमा छनौट हुने सम्भावना यसअघि नै सकिएकाले अब विश्वकप क्वालिफायर खेल्न प्लेअफतर्फ जानु पर्ने देखिएको छ । तर पहिलो चुनौती दुई मध्ये एक खेल जितेर छैठौं स्थान सुरक्षित गर्दै एकदिवसीय मान्यता जोगाउनु रहेको छ । नेपालले अब लिग-२ अन्तर्गत शनिबार क्यानडासँग र सोमबार ओमानसँग खेल्ने तालिका रहेको छ । The post एकदिवसीय मान्यता जोगाउने संघर्षमा नेपाल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

दसैँका ४ दिन काठमाडौँको फोहोर व्यवस्थापन नहुने
ताजा खबरJust now

दसैँका ४ दिन काठमाडौँको फोहोर व्यवस्थापन नहुने

काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने जानकारी दिएको छ।  ती चार दिन दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने महानगरपालिकाले जनाएको हो।  दसैँको बेला उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै र... ...

नेपालखबर
दृष्टिविहीनमैत्री समाज निर्माण
ताजा खबरJust now

दृष्टिविहीनमैत्री समाज निर्माण

छडीलाई मानिसले विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने गर्छन् । यसलाई स्थानीय भाषिकामा फरक फरक नामकरण गरिएको पाइन्छ । कतै छडीलाई लाठी, लौरो, डन्डा, घोचो, सोठ्ठा, छडी, सिर्कनोलगायत धेरै... ...

गोरखापत्र
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
ताजा खबरJust now

गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित

खुलातर्फ किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन् भने महिला तथा युवा समूहबाट पनि तीन नेता विजयी भएका छन्। ...

कान्तिपुर
अमेरिकाको ओरेगनमा विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित पाँच जनाको मृत्यु
ताजा खबरJust now

अमेरिकाको ओरेगनमा विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित पाँच जनाको मृत्यु

काठमाडौं । अमेरिकाको ओरेगन राज्यस्थित बेन्ड सहरको सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिका र एक शिक्षकसहित पाँच जनाको मृत्यु भएको छ । घटनामा संलग्न भएको आशङ्का गरिएका व्यक्तिलाई पनि गोली लागेको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ । रिपोर्ट अनुसार स्थानीय समयअनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको थियो। मृतकमध्ये पाँच, आठ र ११ वर्षका तीन बालबालिका तथा एक ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play