Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी विजयी

कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी विजयी

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी विजयी

काठमाडौं, असोज २६ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति पदमा खुला कोटातर्फ डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा समावेशी कोटातर्फ विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ। खुलातर्फको मतगणनामा भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्नुभयो भने आचार्यले २ हजार ३४२ मत ल्याएर विजयी हुनुभयो। खुलातर्फ प्रतिस्पर्धा गरेका गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्राडा चन्द्रमोहन यादवले ७६० मत प्राप्त गर्नुभयो। समावेशी कोटातर्फ चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै उपसभापतिमा निर्वाचित हुनुभयो। उहाँका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गर्नुभयो। त्यस्तै, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गर्नुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्‍याउने प्रस्ताव
राजनीतिJust now

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्‍याउने प्रस्ताव

पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्‍याउने​ प्रस्ताव गरिएको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘पूर्वाधार विकास कोषसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को मस्यौदामा कोषको पुँजी १ अर्ब कित्ता साधारण सेयरमा विभाजन गर्ने प्रस्ताव गरिएको हो । मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारणसँग राय तथा सुझाव ...

फरकधार
निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै प्रदर्शन, विपक्षी नेता हिरासतमा
राजनीतिJust now

निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै प्रदर्शन, विपक्षी नेता हिरासतमा

भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर प्रदर्शन चर्किरहेका बेला युवा नेतृत्वको कक्रोच जनता पार्टी (सिजेपी) का प्रमुख नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ । पार्टीका नेताहरूले मङ्गलबार नयाँदिल्लीस्थित जन्तर मन्तरमा लगाइएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको ...

फरकधार
संघीय सरकारसँग मुख्यमन्त्रीहरूको आक्रोश, ‘हातखुट्टा बाँधिदिएपछि हामी कसरी दौडिने ?’
राजनीतिJust now

संघीय सरकारसँग मुख्यमन्त्रीहरूको आक्रोश, ‘हातखुट्टा बाँधिदिएपछि हामी कसरी दौडिने ?’

विराटनगर- अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा प्रदेशका मुख्यमन्त्रीहरूले संघीय सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै संविधानले दिएका अधिकार हस्तान्तरण गर्न ढिलाइ गरिएको आरोप लगाएका छन्। प्रहरी र निजामती प्रशासनसम्बन्धी कानुन निर्माणदेखि वित्तीय हस्तान्तरणसम्मका विषयमा संघीय सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनीहरूले अधिकारविहीन अवस्थामा प्रदेश सरकारबाट परिणाम खोजिएको बताएका छन्। कोशी प्रदेश सरकारको आयोजनामा मंगलबारदेखि विराटनगरमा सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play