मकवानपुरमा तीन हजार ४७२ मतदाताको नाम हटाइयो

हेटौँडा। प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुर जिल्लाको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ। दोहोरो नाम, मृत्यु र नागरिकता त्याग गरेका व्यक्तिहरूको विवरण छानबिन गरी नामावली अद्यावधिक गरिएको हो। प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार निर्वाचन आयोगको प्रणालीमा जाँच गर्दा दोहोरो नाम देखिएका एक हजार ५०२ जनाको नाम हटाइएको छ। यसैगरी, वडा कार्यालयबाट प्राप्त मृत्यु दर्ताको अभिलेखका आधारमा एक हजार ९६४ जना मृतक मतदाताको नाम हटाइएको छ। जिल्ला प्रशासन कार्यालयको विवरणअनुसार नागरिकता त्यागेका छ जनाको नाम पनि नामावलीबाट हटाइएको छ। निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार भदौ १५ गतेसम्मको तथ्याङ्कका आधारमा यो प्रक्रिया पूरा गरिएको हो। कार्यालयले नाम हटाइएका व्यक्तिहरूको नाम, ठेगाना र परिचयपत्र नम्बरसहितको विस्तृत विवरण सार्वजनिक गरेको छ। यदि उक्त निर्णयप्रति कुनै दाबी वा विरोध रहेमा आवश्यक प्रमाणसहित कार्यालय समयमा सम्पर्क गर्न आग्रह गरिएको छ। प्रदेश निर्वाचन कार्यालय हेटौँडामा गत चैत महिनादेखि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य नियमित रूपमा भइरहेको छ। निर्वाचनको मिति घोषणा नभएसम्म यो प्रक्रिया निरन्तर रहने कार्यालयले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


