कांग्रेस मतगणना : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता थप बढ्दै

काठमाडौ, असाेज २५। नेपाली कांग्रेसको जारी मतगणनामा उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम सार्वजनिक भएको छ। ४ हजार ६ सय मत गणना हुँदासम्म उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले अग्रता लिनुभएको छ।

सार्वजनिक मतपरिणामअनुसार उपसभापतिमा डा. भण्डारीले २ हजार ३४३ मत प्राप्त गर्नुभएको छ। त्यस्तै, ई. मधु आचार्यले १ हजार ४४१, गोविन्द भट्टराईले १ हजार २१९, सुरेन्द्रराज पाण्डेले १ हजार १५० र धनराज गुरुङले १ हजार ५३ मत प्राप्त गर्नुभएको छ। यसैगरी, दीपक गिरीले ६३८ र प्रा.डा. चन्द्रमोहन यादवले ३८७ मत प्राप्त गर्नुभएको छ।

उपसभापतिको समावेशी एक पदका लागि भएको प्रतिस्पर्धामा विनोदकुमार चौधरीले १ हजार १४५ मत प्राप्त गर्नुभएको छ। उहाँलाई जीवन परियारले १ हजार १०७ मतसहित पछ्याइरहनुभएको छ। त्यस्तै, सीता गुरुङले ७४९, फरमुल्लाह मन्सुरले ६३७ र रञ्जित कर्णले ३५२ मत प्राप्त गर्नुभएको छ।

महामन्त्रीको खुला पदतर्फ प्रदीप पौडेलले सबैभन्दा बढी २ हजार ६५७ मत प्राप्त गर्नुभएको छ। उहाँपछि उदयशमशेर राणाले १ हजार ४९१ र डा. सुनिलकुमार शर्माले १ हजार ३८७ मत प्राप्त गर्नुभएको छ। यसैगरी, अमरसिंह पुन मगरले ९२९, गुरुराज घिमिरेले ९२०, नैनसिंह महरले ६६८ र शंकर तिवारीले ८८ मत प्राप्त गर्नुभएको छ।

महिला महामन्त्रीको एक पदका लागि भएको प्रतिस्पर्धामा डा. डिला सङ्ग्रौला (पन्त) ले २ हजार ३७ मत प्राप्त गर्दै अग्रता लिनुभएको छ।उहाँलाई महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ८३८ मतसहित पछ्याइरहनुभएको छ। त्यस्तै, रिता खनालले ४६६ मत प्राप्त गर्नुभएको छ। कांग्रेसको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। थप मतगणनासँगै उम्मेदवारहरूको मतान्तरमा परिवर्तन हुन सक्नेछ।

Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

कांग्रेस सहमहामन्त्री खुलामा रामहरि पक्का, अजयबाबु जित नजिक
दुई जना निर्वाचित हुने यस पदका लागि कुल नौ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्। ...

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव
पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘पूर्वाधार विकास कोषसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को मस्यौदामा कोषको पुँजी १ अर्ब कित्ता साधारण सेयरमा विभाजन गर्ने प्रस्ताव गरिएको हो । मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारणसँग राय तथा सुझाव ...

निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै प्रदर्शन, विपक्षी नेता हिरासतमा
भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर प्रदर्शन चर्किरहेका बेला युवा नेतृत्वको कक्रोच जनता पार्टी (सिजेपी) का प्रमुख नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ । पार्टीका नेताहरूले मङ्गलबार नयाँदिल्लीस्थित जन्तर मन्तरमा लगाइएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको ...

संघीय सरकारसँग मुख्यमन्त्रीहरूको आक्रोश, ‘हातखुट्टा बाँधिदिएपछि हामी कसरी दौडिने ?’
विराटनगर- अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा प्रदेशका मुख्यमन्त्रीहरूले संघीय सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै संविधानले दिएका अधिकार हस्तान्तरण गर्न ढिलाइ गरिएको आरोप लगाएका छन्। प्रहरी र निजामती प्रशासनसम्बन्धी कानुन निर्माणदेखि वित्तीय हस्तान्तरणसम्मका विषयमा संघीय सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनीहरूले अधिकारविहीन अवस्थामा प्रदेश सरकारबाट परिणाम खोजिएको बताएका छन्। कोशी प्रदेश सरकारको आयोजनामा मंगलबारदेखि विराटनगरमा सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा […] ...