Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अन्तरजातीय विवाह गर्ने २ जोडीलाई नगरपालिकाको १-१ लाख आर्थिक सहयोग

अन्तरजातीय विवाह गर्ने २ जोडीलाई नगरपालिकाको १-१ लाख आर्थिक सहयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्तरजातीय विवाह गर्ने २ जोडीलाई नगरपालिकाको १-१ लाख आर्थिक सहयोग

मुगु । जातीय विभेद र छुवाछुत अन्त्य गर्दै प्रेम, समानता र सामाजिक सद्भावको सन्देश दिन मुगुको छायाँनाथ रारा नगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई आर्थिक सहयोग गरेको छ। नगरपालिकाले दुवै जोडीलाई जनही एक लाख रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको हो। छायाँनाथ रारा नगरपालिकाको दलित ऐन, २०८० अनुसार बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख विष्णुकुमार भाम र उपप्रमुख ऐश्वर्य मल्लले दुवै जोडीलाई एक–एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे। सहयोग प्राप्त गर्नेमा छायाँनाथ रारा नगरपालिका–१० झाकोटका विक्रमबहादुर नेपाली र पवित्रा चौलागाईं तथा वडा नं. १३ थार्पका मानसिंह नेपाली र सरिता सेजुवाल छन्। नगरप्रमुख भामले विवाह र पारिवारिक सम्बन्धमा जातका आधारमा विभेद हुनु नहुने बताए। सबै नागरिकले समान अधिकार, सम्मान र स्वतन्त्रताका साथ बाँच्न पाउने वातावरण निर्माण गर्न नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो। अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक सहयोगको व्यवस्था कार्यान्वयन गरिएको उनले बताए। उपप्रमुख ऐश्वर्य मल्लले जातीय विभेद हटाउन कानुनी व्यवस्थासँगै मानिसको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताइन्। अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्दा समाजमा आपसी सम्मान, समानता र सद्भाव बढाउन सहयोग पुग्ने उनको विश्वास थियो। नगरपालिकाले दलित ऐन, २०८० निर्माण गरेपछि हालसम्म अन्तरजातीय विवाह गर्ने चार जोडीलाई प्रोत्साहनस्वरूप आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ। नगरपालिकाको यो पहलले अन्तरजातीय विवाह गर्ने जोडीलाई आर्थिक राहत दिनुका साथै जातीय विभेद र छुवाछुतमुक्त समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

खसी खोज्न गाउँमै ग्राहक
ताजा खबरJust now

खसी खोज्न गाउँमै ग्राहक

उर्लाबारी समाचारदाताउर्लाबारी, असोज ३० गते । नवरात्र सुरु भएसँगै खसीको माग बढेको छ । माग अनुसार आपूर्ति हुन नसक्दा मासुको मूल्यसमेत वृद्धि भएको छ । ग्रामीण बजारमा दसैँअघिसम्म प्रति... ...

गोरखापत्र
अभिनेता अल पाचिनोलाई ‘स्याग–आफ्ट्रा’को लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने
ताजा खबरJust now

अभिनेता अल पाचिनोलाई ‘स्याग–आफ्ट्रा’को लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने

‘गडफादर’ फेम्ड अल पाचिनो भन्छन्, ‘रंगमन्चको काम र सहयात्रामा भेटिएका कलाकारहरू नै मेरो जीवनका सबैभन्दा ठूला खुसी हुन् ।’ ...

कान्तिपुर
सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने
ताजा खबरJust now

सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति गर्ने सम्बन्धमा सम्झौता भएको छ। दुवै कम्पनीबीच २०८३ साल असोज २८ गते बुधबार उक्त सम्झौता भएको हो । सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको १० लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति गरिमा क्यापिटलले गर्नेछ। प्रतिकित्ता १०० रुपियाँका दरले उक्त सेयरको कुल मूल्य १० ...

कर्पोरट खबर
वर्षौंको अलमलपछि ९०० मेगावाटको माथिल्लो कर्णाली निर्माणको बाटो खुल्यो
ताजा खबरJust now

वर्षौंको अलमलपछि ९०० मेगावाटको माथिल्लो कर्णाली निर्माणको बाटो खुल्यो

लगानीबारे कागजात बुझाइसकेको दाबीसहित लगानी बोर्डको निर्णयको आधिकारिक पत्रको पर्खाइमा जीएमआर ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play