चीन सुस्ताउँदा भारतको अर्थतन्त्रमा तीव्रता, एसियाली वृद्धिको केन्द्र बन्दै भारत

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । चीनको आर्थिक वृद्धिदर भने ४.५ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । घरेलु माग, आर्थिक सुधार र ऊर्जा मूल्यमा आएको दबाबले एसियाका यी दुई ठूला अर्थतन्त्रको वृद्धिमा फरक प्रवृत्ति देखिएको हो ।

आईएमएफले मंगलबार सार्वजनिक गरेको ‘विश्व आर्थिक परिदृश्य’ प्रतिवेदनमा भारतको आर्थिक वृद्धिदरसम्बन्धी अनुमान जुलाईको तुलनामा ०.६ प्रतिशत बिन्दुले बढाएको छ । चीनको अनुमान भने ०.१ प्रतिशत बिन्दुले घटाएको छ । सन् २०२७ मा चीनको आर्थिक वृद्धिदर ४ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

भारतको वृद्धिदर बढ्नुमा घरेलु बजारको विस्तार, आर्थिक गतिविधिमा कायम गति, अनुकूल जनसांख्यिकीय अवस्था र संरचनात्मक सुधारलाई मुख्य आधार मानिएको छ । चीनमा भने घरजग्गा क्षेत्रको लामो संकटले उपभोक्ताको विश्वास कमजोर बनाएको छ । घरेलु उपभोगमा सुस्तता र मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा मूल्य बढ्नुले पनि चीनको अर्थतन्त्रमा दबाब परेको आईएमएफले जनाएको छ ।

चीनले यस वर्ष ४.५ देखि ५ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । आईएमएफको प्रक्षेपण उक्त लक्ष्यको तल्लो सीमामा छ । यद्यपि, निर्यात, विद्युतीय सवारीसाधन र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उच्च प्रविधिका क्षेत्रमा चीनको प्रगतिले अर्थतन्त्रलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

एआई चिपको मागले ताइवानको वृद्धिदर उच्च

आईएमएफले एआई चिपको विश्वव्यापी माग बढ्दा दक्षिण कोरिया र ताइवानको आर्थिक वृद्धिदरसम्बन्धी अनुमान पनि बढाएको छ । यस वर्ष दक्षिण कोरियाको आर्थिक वृद्धि ३.३ प्रतिशत र ताइवानको १०.७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । एआईसँग सम्बन्धित कम्प्युटिङ सामग्रीको विश्वव्यापी खुद व्यापारमा यी दुई अर्थतन्त्रको संयुक्त हिस्सा ६२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

जापानको आर्थिक वृद्धिदर यस वर्ष ०.७ प्रतिशत रहने अनुमान छ, जुन जुलाईको प्रक्षेपणभन्दा ०.१ प्रतिशत बिन्दुले बढी हो । एआई डेटा सेन्टर निर्माणले दक्षिणपूर्वी एसियाका केही देशलाई लाभ पुग्न सक्ने भए पनि महँगो ऊर्जा, कमजोर पर्यटन र विप्रेषणमा कमीले साना टापु राष्ट्र प्रभावित हुन सक्ने आईएमएफको आकलन छ ।

भारत र चीन नेपालको प्रमुख व्यापारिक साझेदार भएकाले दुवै देशको आर्थिक गतिविधिमा आउने परिवर्तनले नेपालको व्यापार, पर्यटन, लगानी र वस्तुको मूल्यमा समेत प्रभाव पार्न सक्छ ।

Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट
काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा अनिल सुकलालले भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनिहरूबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ...

दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर
डडेल्धुरा । नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा डडेल्धुराका किसान भने धानलगायतका बालीनाली भित्र्याउन व्यस्त रहेका छन् । नेपालको मुख्य बाली धान भित्र्याउने समयमै यसपटक दसैँ सुरु भएपछि किसान यतिबेला खेतबारीमै व्यस्त रहनुपरेको हो । वर्ष दिनमा एकपटकमात्रै आउने दसैँ मनाउन घर फर्किएका समेत आफन्तसँग भेटघाटसँगै खेतबारीमै बालीनाली उठाउने कार्यमा रमाइरहेका… ...

बेनी हाइड्रोपावरको सेयर बुधबारदेखि किनबेच गर्न पाइने, ओपनिङ रेन्ज कति ?
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको साधारण सेयर बुधबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबारमा आउने भएको छ ।नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ रेन्ज तोकेको छ । यस रेन्जभित्र बुधबार कम्पनीको पहिलो कारोबार हुनेछ । कम्पनीको कुल सूचीकृत सेयरमध्ये सर्वसाधारणमा निष्कासन गरिएको २० ल… ...

राप्रपालाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्छ :राजेन्द्र लिङ्देन
काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताएका छन्। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल सनातन धर्म संस्कृति ...