चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले बिहीबार एक सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थमात्र बिक्री वितरण गर्न आग्रह गरेको हो। विभागले उपभोग्य अवधि बाँकी रहेका खाद्य पदार्थमात्र बिक्री गर्न, पकाएको र नपकाएको खाना छुट्टाछुट्टै राख्न तथा खाद्य पदार्थलाई सुरक्षित तापक्रममा भण्डारण गर्न निर्देशन दिएको छ। त्यस्तै, भान्सा, खाना वितरण गर्ने स्थान र परिसर सफा राख्न, कामदारको व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा सफा भाँडाकुँडा र स्वच्छ पानी प्रयोग गर्न पनि सूचित गरेको छ। सूचनाअनुसार खाद्य व्यवसायीले गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी खाना राम्ररी पकाएर मात्र उपभोक्तालाई उपलब्ध गराउनुपर्नेछ। बासी, सडेगलेका, झिँगा भन्केका, धुलो तथा फोहर पानी मिसिएका वा अस्वच्छ अवस्थामा तयार गरिएका खाद्य पदार्थ बिक्री गर्न पाइने छैन। साथै, खाद्य पदार्थको बिक्री स्थलमा आवश्यकताअनुसार चिसो वा तातो तापक्रमको व्यवस्था मिलाउन र उचित मूल्यमा बिक्री गर्न पनि विभागले निर्देशन दिएको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिमका प्रावधान पालना गर्न सचेत गराउँदै निर्देशन उल्लङ्घन गर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही हुने जनाएको छ। यसैगरी, विभाग वा मातहतका कार्यालयबाट खाद्य स्वच्छताका आधारमा व्यवसायको स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्न पनि विभागले आग्रह गरेको छ। चाडपर्वका समयमा खाद्य पदार्थको खपत र यात्रुहरूको आवतजावत बढ्ने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न विभागले व्यवसायीको ध्यानाकर्षण गराएको हो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

खस आर्यतर्फको कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको अन्तरले पराजित गरेका हुन्। सहमहामन्त्री पदको अन्तिम मतपरिणामअनुसार केसीले २ हजार १९९ मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का उम्मेदवार दिनेश कोइरालाले १ हजार २४६ मत प्राप्त गर्दा ... ...

लेकसाइड–पञ्चासे सडक डेढ अर्ब लागतमा स्तरोन्नति हुँदै
लेखनाथ समाचारदातालेखनाथ, असोज २९ गते । पर्यटन राजधानी पोखराको लेकसाइडदेखि अर्को पर्यटकीय गन्तव्य पञ्चासेसम्म नमुना सडक निर्माण हुने भएको छ । पोखरा महानगरपालिकाका वडा नम्बर ६, १८ र... ...

दसैँमा चार दिन फोहोर नउठ्ने, घरमै व्यवस्थापन गर्न महानगरको आग्रह
काठमाडौं । दसैँको मुख्य दिनलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले कात्तिक १ देखि ४ गतेसम्म फोहोर व्यवस्थापन प्रभावित हुने जनाएको छ। चाडपर्व मनाउन सफाइ कर्मचारी बिदामा जाने भएपछि उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो। फोहोर व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै महानगरपालिकाले उक्त अवधिमा घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोर सडक र सार्वजनिक स्थानमा नफाल्न आग्रह गरेको ...

एमसीसीद्वारा नेपाल कम्याक्टको म्याद थप्न 'स्वीकृति', अब कार्यान्वयनको योजना कस्तो
MCC सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी कम्प्याक्ट सन् २०२३ मा कार्यन्वयनको चरणमा प्रवेश गरेको थियो गत आर्थिक वर्षसम्म मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका परियोजनामा २० प्रतिशतभन्दा कम प्रगति भएको विवरणमाझ नेपाल ...


