Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेदरल्यान्ड्सले दिएन तीन जना रुसी जिम्न्यास्टलाई भिसा

नेदरल्यान्ड्सले दिएन तीन जना रुसी जिम्न्यास्टलाई भिसा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेदरल्यान्ड्सले दिएन तीन जना रुसी जिम्न्यास्टलाई भिसा

मस्को । नेदरल्यान्ड्सले विश्व च्याम्पियन एन्जेलिना मेल्निकोभासहित तीन रुसी जिम्न्यास्टिक खेलाडीलाई भिसा दिन अस्वीकार गरेको छ । यससँगै उनीहरू अर्को साता रोटरड्याममा हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन नपाउने रुसी जिम्यास्टिक महासंघले मंगलबार जानकारी दिएको छ । रुसी जिम्न्यास्टिक महासंघले उक्त निर्णयको कडा आलोचना गर्दै यसलाई ‘भेदभाव र समान प्रतिस्पर्धाका सिद्धान्तको उल्लंघन’ भनेको छ । महासंघले डच अधिकारीहरूमाथि प्रतियोगिताबाट सबैभन्दा बलिया जिम्न्यास्टहरूलाई जानाजानी बाहिर राख्न खोजेको आरोपसमेत लगाएको छ । महासंघले विज्ञप्तिमा जारी गर्दै भनेको छ, ‘मस्कोस्थित नेदरल्यान्ड्स दूतावासले रुसी महिला राष्ट्रिय टोलीका तीन प्रमुख खेलाडी एन्जेलिना मेल्निकोभा, भिक्टोरिया लिस्टुनोभा र अन्ना काल्मिकोभालाई भिसा जारी नगर्ने निर्णय गरेको जानकारी भिसा केन्द्रलाई दिएको छ ।’ यसबाट १७–२५ अक्टोबरसम्म रोटरड्याममा हुने विश्व आर्टिक्स जिम्न्यास्टिक च्याम्पियनसिपमा भाग लिनबाट ती खेलाडीहरू वञ्चित हुनुपरेको विज्ञप्तिमा उल्लेख छ । रुसले उक्त निर्णयविरुद्ध विश्व जिम्न्यास्टिकको नियामक निकाय र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) मा अपिल गर्ने जनाएको छ । यसअघि अगस्टमा सन् २०२५ मा जकार्तामा भएको विश्व च्याम्पियनसिपकी विजेता मेल्निकोभालाई क्रोएसियामा आयोजित युरोपेली च्याम्पियनसिपमा सहभागी हुन सुरुमा भिसा दिन अस्वीकार गरिएको थियो । तर, अपिलपछि निर्णय उल्टाइएको थियो । उनले प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् । सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेपछि र सन् २०१४ मा रुसको दक्षिणी सहर सोचीमा आयोजित शीतकालीन ओलम्पिकमा राज्यकै सहयोगमा डोपिङ गरिएको खुलासा भएपछि रुसी खेलाडीहरूले वर्षौंदेखि विभिन्न प्रतिबन्धको सामना गर्दै आएका छन् । पछिल्लो भिसा अस्वीकृतिको घटना रुसले अन्तर्राष्ट्रिय खेलकुदमा पुनः स्थान पाउन गरिरहेको प्रयासकै बीच भएको हो । गत जुलाईमा आईओसीले रुसी खेलाडीमाथिका प्रतिबन्धहरू केही खुकुलो बनाउँदै सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकका लागि छनोट प्रतियोगितामा सहभागी हुनसक्ने बाटो खोलेको थियो । एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

दसैँका लागि ल्याइएका साढे सात सय विद्युतीय गाडी मुस्ताङमै रोकिए
ताजा खबरJust now

दसैँका लागि ल्याइएका साढे सात सय विद्युतीय गाडी मुस्ताङमै रोकिए

मुक्तिनाथ (मुस्ताङ), असोज २७ गते । दसैँलाई लक्षित गरी चीनको तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकाबाट नेपाल भित्र्याइएका ठुलो सङ्ख्याका विद्युतीय सवारीसाधन (ईभी) उपल्लो मुस्ताङमै रोक... ...

गोरखापत्र
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ताजा खबरJust now

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ एचआइडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन्... ...

रातोपाटी
राज्यले लिने हरेक निर्णयमा सञ्चारकर्मी सचेत हुनुपर्छ : प्रेमलाल चौधरी
ताजा खबरJust now

राज्यले लिने हरेक निर्णयमा सञ्चारकर्मी सचेत हुनुपर्छ : प्रेमलाल चौधरी

मोरङका प्रेमलाल चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधि सभा सदस्य हुन्् । सुन्दरहरैँचा नगरपालिका वडा नं. १२ का चौधरी रास्वपाको समावेशी कोटाअन्तर्गत संसद् पुगेका छन् । मोरङ क्षेत्र नम्बर... ...

रातोपाटी
दशैं नजिकिँदै गर्दा पनि कलंकी खसीबजार सुनसान
ताजा खबरJust now

दशैं नजिकिँदै गर्दा पनि कलंकी खसीबजार सुनसान

काठमाडौं । दशैं नजिकिएसँगै खसीबजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे पनि यस वर्ष काठमाडौंको कलंकीस्थित खसीबजारमा विगतका वर्षको तुलनामा सुनसान देखिएको छ । दशैंका लागि खसीबोका खरिद गर्ने ग्राहकको उपस्थिति अपेक्षाअनुसार नबढेको व्यापारीहरूले बताएका छन् । कलंकी खसीबजारमा विगत ८-९ वर्षदेखि व्यापार गर्दै आएका चितवनका रामहरि थापा क्षेत्रीकाअनुसार यस वर्ष बजारमा खासै चहलपहल छैन । उनकाअनुसार खसीको आपूर्तिमा ठूलो समस्या नभए ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play