उदास मेरो जीवनकथा…

त्यो ग्रामोफोनको जमाना थियो। शेल्याकको रेकर्डलाई हातले घुमाएर गीत बजाउन पर्थ्यो। त्यही रेकर्ड बिहेतिर बज्न पाए राम्रो गीतले हिट खाइहाल्थ्यो। यस्तो बेला दार्जीलिङतिर फटाक-फुटुक रेडियो देखिन थालेको थियो। ठीक त्यही बेलाको कुरा हो, एकदिन मङ्पूका पीसी लामाले पनि अचानक रेडियो किनेर घरमा ल्याए। सिन्कोना कमानले घेरिएको मङ्पूमा नयाँ थोक आइपुग्यो। हर कोही छक्क पर्न थाले! गाउँमा यो कस्तो बाकस आइपुग्यो, जो आफैँ बज्छ। गीत गाउँछ। रेडियोसँगै मङ्पूमा नयाँ रौनक थपियो। एक साँझ गीत सुनिरहेकी एउटी सानी नानीले निकैबेर गुनगुनाइरही। कसैले नसोधेको कुरा सुनाई ‘एकदिन म पनि यही रेडियोभित्र पसेर गीत गाउने मान्छे हुनेछु।’ कसरी बज्छ हँ यो? रेडियो भएको घरमा गाउँका केटाकेटीको घुइँचो लाग्न थाल्यो। बक्साभित्रबाट मान्छे बोलेको सुनेर सब दङ्ग पर्न थाले। कमानबाट फर्किनेहरू त अबेर साँझसम्म गीत सुन्नलाई रुटिन नै लागे। त्यही समयको कुरा हो, एक साँझ गीत सुनिरहेकी एउटी सानी नानीले निकैबेर गुनगुनाइरही। कसैले नसोधेको कुरा सुनाई ‘एकदिन म पनि यही रेडियोभित्र पसेर गीत गाउने मान्छे हुनेछु।’ …तपाईं पत्याउनु त हुन्छ? त्यो नानी पछि गायिका अरुणा लामा बनिन्। अरुणा लामा अर्थात् ‘सङबर्ड’। जसको गीत सुनेर फरक फरक पुस्ता हर्कियो, हुर्किँदैछ। खुसीमा ‘हेर न हेर कान्छा डाँडालाई फूलले ढाक्यो’ भन्दै नाचे। दुःखमा ‘पोहोर साल खुसी फाट्यो’ भन्दै रोए। प्रेममा ‘ए कान्छा मलाई सुनको तारा खसाइ देऊ न’ भन्दै झुमे। पीडामा ‘भेटिनु, छुटिनु त के हो र’ भन्दै दुखिरहे। प्रेम, हर्ष वा विषादमा जहाँ र जहिले पनि अरुणाका स्वर हाम्रो वरिपरि गुञ्जिरहे। त्यसैले त अरुणा हरेक नेपाली जन जीवनका नजिक पुगिन्। हरेकको प्रिय बनिन्। जमानामा अरुणाको स्वर मन नपराउने को थियो र? कवि भूपी शेरचनले काठमाडौँमा घोषणा नै गरेका थिए ‘यिनी सामान्य गायिका होइनन्, ‘सङबर्ड’ हुन्।’ स्वर सम्राट नारायण गोपाल भनिरहन्थे, ‘अरुणाको स्वरसँग मलाई ईर्ष्या लाग्छ।’ सङ्गीतको दुनियाँमा अरुणालाई बामे सर्न सिकाउने अम्बर गुरुङ आफैँ उनको स्वर सुनेर दङ्ग पर्थे। भन्थे, ‘अरुणाको स्वरको के कुरा गर्ने? ऊ त हाम्रो नाइटिङ्गेल हो।’ कवि भूपी शेरचनले काठमाडौँमा घोषणा नै गरेका थिए ‘यिनी सामान्य गायिका होइनन्, ‘सङबर्ड’ हुन्।’ स्वर सम्राट नारायण गोपाल भनिरहन्थे, ‘अरुणाको स्वरसँग मलाई ईर्ष्या लाग्छ।’ त्यै भएर त होला नेपाली संसारले उनलाई स्वर सम्राज्ञीको उपाधि दियो। अरुणाका बाबा सूर्यबहादुर लामा कालेबुङका थिए। कालेबुङ बोड बस्तीबाट पढ्न दार्जीलिङ पुगेका थिए। त्यही उनको भेट सिंहमारीकी सनमाया तामाङसँग भयो। भेटपछि आत्मीयता बढ्यो। प्रेम झ्याङ्गियो। अनि बिहे भयो। तर, बिहेपछि नयाँ समस्या थपियो। बुहारी ल्याइसकेका छोरालाई घरकाले थप पढाउन नसक्ने भए। तैपनि उनको शैक्षिक यात्रा टुटेन। ससुरालीले नै उनको पढाइ खर्च बेहोर्न थाल्यो। बरु थप पढाइ गर्न उनी कलकत्ता गए। सेन्ट जेभियर्सबाट पढाइ सिध्याए। फर्किएपछि फेरि दार्जीलिङ आइपुगे। शिक्षक बने र सेन्ट रोबर्ट स्कूलमा पढाउन थाले। अनेकौँ जनका माझ उनले यसरी गाइन् कि धेरैले उनलाई हेरिरहे, सुनिरहे। गीत सुनेर कर्णेल दङ्ग परे। अरुणालाई काँधमा बोकेर केही क्षण घुमाएपछि सोधे ‘कसकी छोरी हुन् यिनी?’ यतिबेलासम्म उनका दुई छोरी जन्मिसकेका थिए, पवित्रा र विमला। उनले अचानक पेशा बदली गरे। आर्मीमा भर्ती भए। दार्जीलिङकै आर्मी डिपोमा काम सुरु गरे र पत्नीसँग दार्जीलिङको घूम स्टेशन नजिक भाडामा बस्न थाले। त्यही भाडाको घरमा कान्छी छोरी भएर अरुणा लामा जन्मिइन्। छमछम नाच्थिन्। अलि अलि गाउँथिन्। त्यही क्रममा एकदिन आर्मी डिपोमा उनले गीत गाउने मौका पाइन्। अनेकौँ जनका माझ उनले यसरी गाइन् कि धेरैले उनलाई हेरिरहे, सुनिरहे। गीत सुनेर कर्णेल दङ्ग परे। अरुणालाई काँधमा बोकेर केही क्षण घुमाएपछि सोधे ‘कसकी छोरी हुन् यिनी?’ अरुणाले पहिलोचोटि गीत गाएर बाबाको शिर ठाडो पारिदिइन्। तर, अरुणा पाँच वर्षकी नहुँदै बाबाले फेरि आर्मी छोडे। आर्मीसँगै दार्जीलिङ पनि छोडेर मङ्पूतिर बसाइँ सरे। सरस्वती हाईस्कूलमा पढाउन थाले। आमाले त्यहाँको लेबर वेलफेयर डिपार्टमेन्टमा काम गर्न थालिन्। अरुणाका काका चन्द्रबहादुर लामा मङ्पूमा नै थिए। उनी सङ्गीत र नाटक भनेपछि हुरुक्क हुन्थे। आफैँ पनि गाउँथे। अरुणाबारे हल्ला सुनेर अघिल्तिरका वरिष्ठ लेखक मोहन ठकुरीका दौँतरीहरू छक्क पर्थे र भन्थे ‘यो दिदी त पछि खतरै गायिका हुन्छिन् कि क्या हो? कति धेरै शिल्ड जितेको?’ अरुणाका दिनचर्या बदलियो। उनले अब काकासँग कोरस सिक्न थालिन्। मङ्पूको सिन्कोना कमानमा उनका कलिला आवाज गुञ्जिन थाले। काका गाउँका नानीहरू भेला गरेर सङ्गीत सिकाउँथे। भजन सिकाउँथे। जहाँ जहाँ साङ्गीतिक प्रतियोगिता हुन्थ्यो, नानीहरूलाई लिएर त्यहीँ त्यहीँ पुग्थे। उनकै छायामा अब अरुणाको गायकी पल्लवित हुन थाल्यो। हेर्दाहेर्दै अरुणाको गायकी झाङ्गिँदै गयो र यसको शीतलता दार्जीलिङ पहाडभरि फैलिन थाल्यो। त्यसपछि त अरुणा गाउन गएपछि पुरस्कार जितेर मात्रै फर्किन्थिन् जस्तै भयो। मङ्पूमा अब हरेक महिना हल्ला चल्न थाल्यो ‘अरुणाले फेरि शिल्ड जित्यो रे।’ हल्ला सुनेर अघिल्तिरका वरिष्ठ लेखक मोहन ठकुरीका दौँतरीहरू छक्क पर्थे र भन्थे ‘यो दिदी त पछि खतरै गायिका हुन्छिन् कि क्या हो? कति धेरै शिल्ड जितेको?’ अरुणाका बाबा साह्रै किताब पढ्थे। अङ्ग्रेजी निकै राम्रो थियो। सिन्कोना डाइरेक्टरको काम पर्दा वा अन्यत्र पनि अङ्ग्रेजी चाहिँदा उनका बाबा नै आइपुग्थे। किताबको चाङमाथि रमाइरहने बाबा सधैँ भनिरहन्थे ‘म तिमेरलाई सम्पत्ति छोड्न सक्दिनँ। मैले छोड्ने भनेकै यै किताब हो।’ तर किताब पढ्ने बाबाकी छोरीले काकाले देखाएको सङ्गीतको बाटो पछ्याइन्। गाउँदै हिँड्ने भइन्। जीतेन बरदेवा फूलबारीतिर गएर गीत सोच्न थाले। केहीबेर हिमालतिर फर्केर मुस्कुराए। फेरि कागजमा थोरै हरफ कोरेर आए ‘यहाँ फूल न खिलेछ, बहार आउन नै भुलेछ।’ अरुणाले त्यही गीत गाइन्। पढ्नलाई सेन्ट टेरेजा दार्जीलिङ पुगेपछि अरुणाको भेट अम्बर गुरुङसँग भयो। त्यसपछि त दुनियाँ बदलियो। अम्बरले अरुणाको स्वर चिनिहाले। गाउने खुबी बुझिहाले। उनलाई आफ्नै साथमा लिए। अब अरुणा आर्ट एकेडेमीकी सदस्य भइन्। उनको रिहर्सल नयाँ तरिकाले सुरु भयो। सन् पचासको दशकको कुरा हो। दार्जीलिङको साङ्गीतिक माहोल झ्याङ्गिने क्रममा थियो। अम्बर गुरुङको आर्ट एकेडेमीको आफ्नै प्रसिद्धि थियो। चारैतिरबाट कार्यक्रमको निम्तो आइरहन्थ्यो। लोक मनोरञ्जन शाखाका प्रमुख पनि भएकाले उनी यति व्यस्त हुन्थे कि धेरै कार्यक्रमतिर जान भ्याउँदैनथे। यस्तो बेला एकदिन अरुणाले नयाँ विचार निकालिन्, ‘किन आर्ट एकेडेमीलाई पर्खिरहने? हामी नयाँ समूह खोलौँ न। कार्यक्रम त्यहाँबाट नै गरौँ।’ दार्जीलिङमा अब सङ्गम समूह बन्यो। जहाँ रञ्जित गजमेर, जीतेन बरदेवा, पिटर जे. कार्थक, शरण देवानहरू सक्रिय थिए। अर्कोतिर हिमालय कला मन्दिरको आफ्नै समूह थियो। जहाँ गोपाल योञ्जन, कर्म योञ्जन र दिलमाया खातीहरू थिए। अब दुई समूहबिच गजबको प्रतिस्पर्धा चल्न थाल्यो। त्यहीबेला गोर्खा दुःख निवारक सम्मेलनले सङ्गीत प्रतियोगिता आयोजना गर्ने भयो। सङ्गम समूहले अरुणा लामालाई पनि गाउन पठाउने भयो तर उनको निम्ति नयाँ गीत थिएन। समूहका साथीले जीतेन बरदेवालाई भने ‘एक घण्टाको समय दिन्छौँ, लौ एउटा गीत लेखेर देऊ त। अरुणाले गाउँछे।’ जीतेन बरदेवा फूलबारीतिर गएर गीत सोच्न थाले। केहीबेर हिमालतिर फर्केर मुस्कुराए। फेरि कागजमा थोरै हरफ कोरेर आए ‘यहाँ फूल न खिलेछ, बहार आउन नै भुलेछ।’ अरुणाले त्यही गीत गाइन्। प्रतियोगितामा दिलमाया खातीसँग उनी संयुक्त रूपले प्रथम भइन्। ‘ए कान्छा मलाई सुनको तारा खसाइ देऊ न’ गीत यसरी लोकप्रिय भइदियो कि कमान बस्तीका चारैतिर त्यही गीतको चर्चा हुन थाल्यो। हरेकको ओठमा यही गीत गुञ्जिन थाल्यो। रेडियोमा फर्माइस गर्नेको लर्को लाग्न थाल्यो। अरुणाको संसार अझ खुल्ला भयो। धरती अझ फराकिलो बन्यो। कक्षा सातमा मात्रै पढ्दै गर्दा हो उनले आफ्नो पहिलो गीत रेकर्डिङ गर्ने मौका पाएको। उनी दार्जीलिङबाट निस्किएर गीत रेकर्ड गर्न कलकत्ता हिँडिन् र दुईवटा गीत रेकर्ड गरिन्। पहिलो गीत त्यही थियो, जुन उनले प्रतियोगितामा गाएकी थिइन्। गीतको रेकर्डिङ सकेर दार्जीलिङ फर्किइन्। रेकर्डिङको कपी घरमै आइपुग्यो। छोरीको गीतको प्रुफ कपी देखेर बाबाको अनुहार खुसीले उज्यालियो। ‘कस्तो गाइ छोरीले?’ सुन्नलाई ग्रामोफोन नजिक गए र छोरीको पहिलो गीत सुन्न थाले ‘यहाँ फूल न खिलेछ, बहार आउन नै भुलेछ…।’ बाफरे! कति गहिरो गीत। कति भव्य सङ्गीत। कति परिपक्व स्वर। सुनेर अरुणाका बाबा धुरुधुरु रुन थाले। त्यसको ठीक पछि नै हो उनको अर्को गीत रेडियो नेपालमा बज्न थालेको ‘ए कान्छा मलाई सुनको तारा खसाइ देऊ न’। यो गीत यसरी लोकप्रिय भइदियो कि कमान बस्तीका चारैतिर त्यही गीतको चर्चा हुन थाल्यो। हरेकको ओठमा यही गीत गुञ्जिन थाल्यो। रेडियोमा फर्माइस गर्नेको लर्को लाग्न थाल्यो। बिहे, भोज जहाँ पनि माइक बज्यो त्यहाँ यही गीत गुञ्जिन थाल्यो। अब अरुणा रातारात हिट भइन्। खासमा यो एउटा यस्तो कालजयी गीत बनेको थियो जसले अरुणालाई नेपाली सङ्गीत संसारमा कहिल्यै नबिर्सिने गरी चिनाइदियो। म छक्क पर्थें, गाउँलेले कसरी गीत मुखस्थ गर्न सके होलान्? हरेकको मन मुटुमा बस्न सक्ने यो गीत खासमा कसले चाहिँ गाएको होला? अरुणा लामाको यही गीत मेरो निम्ति बाल्यकालको सम्झना पनि हो। जसलाई सुन्दा म अहिले पनि आफ्ना पुराना दिन सम्झिन पाउँछु। गाउँमा वर्षभरि मान्छे खेतीपाती गर्थे। अर्मपर्म साटासाट गर्दै धान रोप्थे। कोदो उमार्थे। जब बाली थन्काइन्थ्यो तब सबैमा एक किसिमको उत्साह छाउँथ्यो। त्यही उत्साहबीच मङ्सिर पन्ध्र आइपुग्थ्यो। मङ्सिर पन्ध्र मनाउने यो गजबको चलनमा गाउँभरिका मान्छे खेतमा भेला हुन्थे र पिकनिक गर्न थाल्थे। खेतको आलीमा टुक्रुक्क बसेर कोदोको जाँडको ढुङ्ग्रो दिनभरि तानिरहन्थे। जब दिन ढल्न थाल्थ्यो, खेतमै धुमधामसँग नाचगान सुरु हुन्थ्यो। त्यो नाचगानमा सबैभन्दा धेरै गाइने गीत त्यही हुन्थ्यो जुन गीत यहाँले पनि जीवनमा एकचोटि गुनगुनाउनुभएकै हुनुपर्छ ‘ए कान्छा मलाई सुनको तारा खसाइ देऊ न…!’ त्यो माहोल गजबको हुन्थ्यो। मान्छेलाई नाच्नको निम्ति साउन्डबक्स चाहिँदैनथ्यो। माइक चाहिन्नथ्यो। खासमा यी सबै चीज गाउँमा छँदै थिएनन्। तर, यो एउटा गीत थियो जो गाउँभरिका तरुण-तरुणी, बुढापाका हरेकको ओठमा आफैँ झुण्डिएको हुन्थ्यो। म छक्क पर्थें। गाउँलेले कसरी यो गीत मुखस्थ गर्न सके होलान्? हरेकको मन मुटुमा बस्न सक्ने यो गीत खासमा कसले चाहिँ गाएको होला? हो त्यहीबेला हो मैले पहिलोचोटि अरुणा लामाको नाउँ सुनेको। अरुणा लामाहरू हुर्किँदै गर्दा सङ्गीतको एउटा नयाँ दुनियाँ पनि हुर्किँदै थियो। जहाँ गायकहरूबीच गजबको प्रतिस्पर्धा चल्थ्यो। लेखक सङ्गीतकारको आफ्नै दुनियाँ हुन्थ्यो। अब त्यो दार्जीलिङ कहाँ रह्यो र? अरुणा लामाहरूको जमानाको दार्जीलिङ अर्कै थियो। कथाको देश जस्तो भव्य र सुन्दर। जहाँ फराकिला बाटाघाटा थिए। मान्छेको भीडभाड थिएन। गाडीको हर्न टाइटाइ र टुइटुइ सुनिन्थेन। अरुणा लामाहरू गोरुगाडीमा स्कूल जान्थे। घरकाले दिएको चार आना मध्ये दुई पैसामा पेटभरि आलु-भुजा खान्थे र दिनभरि रमाउँथे। अरुणा लामाहरू हुर्किँदै गर्दा सङ्गीतको एउटा नयाँ दुनियाँ पनि हुर्किँदै थियो। जहाँ गायकहरूबीच गजबको प्रतिस्पर्धा चल्थ्यो। लेखक सङ्गीतकारको आफ्नै दुनियाँ हुन्थ्यो। अब त्यो दार्जीलिङ कहाँ रह्यो र? हो, त्यही दार्जीलिङमा अरुणाले शरणलाई भेटेका थिए। शरण अर्थात् शरण प्रधान। एक अद्भुत सङ्गीतकार। मेण्डोलिन बजाउँथे। यति सुन्दर बजाउँथे कि सुन्नेहरू दङ्ग पर्थे। इन्द्रबहादुर राईले सुरुका दिनमा नै भनेका थिए, ‘यै शरण र रञ्जितहरूले पछि दार्जीलिङलाई चिनाउने छन्।’ साँच्चै त्यसै भयो। पछि त अम्बर गुरुङले पनि भनिदिए ‘शरण एक दुर्लभ सङ्गीतकार थिए।’ यी दुर्लभ सङ्गीतकार शरणलाई पहिलोचोटि भेट्दा अरुणा तेह्र वर्षकी मात्रै थिइन्। सङ्गीत जसले उनीहरूलाई जोड्यो र जोडिरह्यो। तँ-तँ गर्दै बोल्थे तर बिस्तारै त्यही सम्बन्ध प्रेममा बदलिएर गयो। शरणले लेखेको गीत गाउँदा गाउँदै बिस्तारै उनीहरू बिचको सम्बन्ध नयाँ बाटो हिँड्न थाल्यो। त्यही बाटो हिँड्दा हिँड्दै अरुणाको बिहे शरणसँग भयो। धेरैले भन्छन् ‘सुरुवाततिर अरुणा शरणलाई प्रेमको नजरले हेर्दैन थिइन्।’ शरणको अवस्था उस्तै बझुन्। तर, शरणले लेखेको गीत गाउँदा गाउँदै बिस्तारै उनीहरू बिचको सम्बन्ध नयाँ बाटो हिँड्न थाल्यो। त्यही बाटो हिँड्दा हिँड्दै अरुणाको बिहे शरणसँग भयो। पिटर जे. कार्थकले त पछिसम्म भनिरहन्थे ‘अरुणालाई रोज्ने धेरै थिए तर अरुणाले शरणलाई रोजिन्। त्यो नै उनको सौभाग्य थियो।’ के त्यो रोजाइ अकस्मात थियो? हो, त्यस्तै लाग्ने रहेछ। त्यो अरुणा लामाको जमाना थियो। उनको आफ्नै ‘क्रेज’ थियो। बाटोमा हिँड्दै गरेको अरुणा देखेपछि मानिसहरू चिच्याउँथे ‘ऊ! अरुणा लामा!’ हर कोही घरबाट निस्केर उनलाई हेर्न आइपुग्थे। केही क्षण कुरा गर्न चाहन्थे। तर, अरुणालाई यसले केही फरक पार्दैनथ्यो। गीत रेकर्ड गर्न कलकत्ता धाइरहँदा नै दुईजनाको सम्बन्ध झ्याङ्गियो कि? धेरैले यही अनुमान लगाए। तर, उनीहरूको बिहे अचानक नै भएको थियो। मैले पहिले नै भनेँ, अरुणालाई शरणको सङ्गीत बाहेक अरू कुरामा खासै चासो थिएन। तर, शरण पनि विशेष थिए। पढ्नमा ज्ञानी। सङ्गीत गर्थे। रञ्जित गजमेरले त दिल खोलेर उनको प्रशंसा गरिरहन्थे ‘हाम्रो टिममा सबैभन्दा प्रतिभाशाली शरण नै थिए।’ अरुणाको बिहे उही शब्दकारसँग भयो जसको गीत गाउँदा गाउँदै उनी लोकप्रिय भइसकेकी थिइन्। अरुणा र शरणबीच सुरुमा प्रेम जस्तो केही थिएन। गायक दुर्गा खरेल अहिले पनि सम्झिन्छन् ‘त्यसको कारण जातको प्रश्न पनि हुन सक्छ। त्योबेला तामाङ र प्रधानको बिहे हुँदैन थियो। त्यही कारण पनि अरुणाले चासो नदेखाएको थियो कि?’ तर, हुने कुरालाई कसले पो टार्न सक्थ्यो र? स्टेशन नजिक रहेको शरणको घरमा एकदिन भव्य पूजा भयो। सब कलाकार त्यहाँ आइपुगे। दिनभरि बसेर बेलुकी एकाएक गर्दै घर फर्किन थाले तर अबेर साँझ हुँदा पनि अरुणाले घर फर्किन भ्याइनन्। उनी भजन गाउँदै त्यतै अल्झिरहिन्। त्यो रात उनले शरणकै घरमा बस्न पर्यो। जमाना अलि साँघुरो सोचको थियो। छोरी चेली अर्काको घरमा बसे समाजले राम्रो मान्दैन थियो। त्यही पूजामा गएर शरणको घरमा बसेको हल्ला गाइँगुइँ चलेपछि हो अरुणाले शरणसँगै बिहे गर्ने निधो गरेको। खबर सुनेर अरुणाकी आमा त्यो बेला निकै दुःखी भएकी थिइन् रे। तर, भाग्यलाई त्यही कुरा मञ्जुर थियो। अरुणाको बिहे उही शब्दकारसँग भयो जसको गीत गाउँदा गाउँदै उनी लोकप्रिय भइसकेकी थिइन्। अब अर्कै दुनियाँ सुरु भयो। एक छोरा, एक छोरी जन्मिए। शरणले सेन्ट रोबर्ट दार्जीलिङ पढाउन थाले। कहिले सम्भावना खोज्दै मुम्बईतिर पुगे। आशा भोस्ले र अन्यसँग भेट गरे। शायद शरणलाई दार्जीलिङ छोड्नु थिएन। फर्केर फेरि आइपुगे। दुनियाँ ठीकठाक चलिरहेको थियो। सङ्गम समूह छटिसकेको थियो, तैपनि गाउने अभियान टुटेको थिएन। अम्बर गुरुङ, रञ्जित गजमेर, पिटर जे. कार्थकहरूले दार्जीलिङ छोडिसकेका थिए तैपनि साङ्गीतिक गतिविधि कम भएको थिएन। यसैबेला एकदिन अचानक शरण ढले। कहिले नउठ्ने गरी। तीस वर्षकै कलिलो उमेरमा। अठाइस वर्षकै उमेरमा अरुणा एक्लो बनिन्। निकै कठोर समय थियो। अरुणा लामा गाउँदा गाउँदै रुन थालिन्। जब आँसु पुछेर फेरि गाउन थालिन्, नेपाली सङ्गीतलाई नै अर्कै दिशातिर धकेली दिइन्। यतिबेलासम्म अरुणाले धेरै थोक गुमाइसकेकी थिइन्। उनका बाबा बितिसकेका थिए। आमाको साथ छुटिसकेको थियो। शरणको साथ पनि टुटेपछि अरुणा एकदम एक्लो भइन्। अब उनी चुपचाप बस्न थालिन्। एकदम मौन भइन्। गीत गाउनै छाडिदिइन्। झन्डै दुई वर्षसम्म दुनियाँदेखि हराएर एक्लै टोलाइ रहिन्। एकदिन कर्म योञ्जन उनलाई भेट्न आइपुगे। दिनभरि ढिपी गरिरहे ‘जसले गाएको सुन्न सब आतुर छ, उसैले यसरी बस्न मिल्छ? शोकमा बसेर मात्र जीवन चल्छ? अब फेरि तिम्ले गाउनैपर्छ।’ पति खसेको झन्डै दुईसाल पछि सोनादा स्कूलमा अरुणाले पहिलोचोटि गीत गाइन्। उनी त्यो दिन निकै भावुक बनेकी थिइन्। गाउँदा गाउँदै रुन थालिन्। जब आँसु पुछेर फेरि गाउन थालिन्, नेपाली सङ्गीतलाई नै अर्कै दिशातिर धकेली दिइन्। यो समयमै नै त हो उनले गाएको ‘पोहोर साल खुसी फाट्दा…।’ पीडाले भरिएको यो गीत यति लोकप्रिय भइदियो कि हर कोही एक्लो मान्छेले यही गुनगुनाउन थाल्यो। गीत जति लोकप्रिय बन्दै गयो उनको भ्याइ नभ्याइ बढ्दै गयो। रेकर्ड गर्न घरीघरी रेडियो नेपाल पुग्न थालिन्। उनको स्वर पाखा पखेरा चारैतिर गुञ्जिन थाल्यो। दुःखी मान्छेका लागि उनको गीत सहारा बन्न थाल्यो। मान्छेलाई आफ्नै व्यथा गीतले बोले जस्तो लाग्न थाल्यो। अरुणाले आफ्नै दुःख हेरेर गाए जस्तो भान हुन थाल्यो। अब अरुणाको लागि सङ्गीतको नयाँ र छुट्टै दुनियाँ बन्यो। मान्छे रेडियोमा बजेको उनको नाउँलाई समेत प्रेम गर्थे। अरुणाको नाउँमा चिठ्ठी पठाउँथे। प्रेमले भरिएका दर्जनौँ चिठ्ठी उनको घरमा थुप्रिन थालेका थिए। जहाँ प्रेममा रमाउनेहरू पनि थिए, बिछोडमा रुनेहरू पनि थिए। उनको गीत नै त्यस्तै थियो, जसलाई सुनेर मान्छेले आफ्नै कथा सम्झिन सक्थे। आफैँलाई केही क्षण बिर्सिन सक्थे। उनको स्वर रेडियो नेपालमा सबैभन्दा धेरै गुञ्जिने स्वर मध्ये एक बनिगयो। मान्छे रेडियोमा बजेको उनको नाउँलाई समेत प्रेम गर्थे। अरुणाको नाउँमा चिठ्ठी पठाउँथे। प्रेमले भरिएका दर्जनौँ चिठ्ठी उनको घरमा थुप्रिन थालेका थिए। सुरु सुरुमा अरुणालाई चिठ्ठी पढ्न रमाइलै लाग्थ्यो। देश दुनियाँबाट आफ्ना ‘फ्यान’ले पठाएको चिठ्ठी पढ्दै उनी भावुक बन्थिन्। तर चिठ्ठीको बाढीमा उनी बग्न सकिनन्। कैयौँ चिठ्ठी पढ्न सकिनन्। एकदिन चिठ्ठीको थाक नियाल्दै थिइन्। अरुणाकी ठुली दिदीले एक एक चिठ्ठी खोलेर हेर्न थालिन्। चिठ्ठी खोल्दै जिस्किरहेकी दिदी अचानक एउटा खाम समाएर केहीबेर टक्क अडिइन्। लामो समय जिब्रो मुखबाट निकालिन्। फेरि ठुलो स्वरले कराइन् ‘ओइ अरुणा! यसमा त डलर पो पठाएको रैछ त’। चिठ्ठीसँग खामेर पठाएको डलर देखेर अरुणा तीनछक्क परिन्। सिक्किमदेखि कालेबुङ, आसामदेखि भाग्सु, झापादेखि काठमाडौँसम्म अरुणा अब गाउनको निम्ति चारैतिर दगुर्न थालिन्। सन् १९७४ तिरको कुरा हो। उनलाई असमको बिहु कार्यक्रममा निमन्त्रणा दिइयो। अरुणासँगै हिमालय लोक संस्कृतिको टोली पनि असम पुग्यो। त्यो वैशाखी बिहुको कार्यक्रम थियो। यो उत्सवमा अरुणाले यसरी गाइन् कि असमेली समाज नै तीन छक्क पर्यो। अरुणालाई सङ्गीतले धेरै थोक दियो। परिचय दियो। प्रेम दियो। कहिले कटेर नजाने एउटा उचाइ दियो। नेपाली सङ्गीतको दुनियाँमा बाँचिरहने अजम्बरी नाउँ दियो। अरुणा आफैँ पनि भनिरहन्थिन् ‘सङ्गीत नहुँदो हो त म केही हुने थिइनँ।’ असमेली सङ्गीतकार निरेन बरुवाले उनलाई घरमै बोलाएर लगे। खाना खुवाए र असमेली गीत पनि गाउन अनुरोध गरे। अरुणाले भोलिपल्ट दिनभरि रियाज गरिन् र अर्को साँझ असमेली गीत गाइदिइन्। उनको गायन क्षमता देखेर सब छक्क परे। त्यो कार्यक्रममा भूपिन हजारिका पनि आएका थिए। हजारिकाले अरुणालाई नजिक बोलाएर प्रेमसँग भने ‘तिमी त हामीसँग हुनुपर्ने मान्छे रहेछौ। कहाँ दार्जीलिङमा एक्लै गाइरहेकी छौ?’ अरुणालाई सङ्गीतले धेरै थोक दियो। परिचय दियो। प्रेम दियो। कहिले कटेर नजाने एउटा उचाइ दियो। नेपाली सङ्गीतको दुनियाँमा बाँचिरहने अजम्बरी नाउँ दियो। अरुणा आफैँ पनि भनिरहन्थिन् ‘सङ्गीत नहुँदो हो त म केही हुने थिइनँ।’ तर दुःख, पीडा र वेदनाको स्वरले नेपाली सङ्गीतलाई नयाँ उचाइ दिने अरुणाको जीवन उनको सङ्गीत जस्तो सुन्दर थिएन। बरु उनको गीत जस्तै अलि बढी उदास थियो। समय क्रममा उनको निराशा बाहिर पनि छचल्किएको देख्न सकिन्थ्यो। उनी भनिरहन्थिन् ‘अब मेरो जीवन यतिकै बित्छ। मसँग कुनै भरोसा पनि छैन। जीवनको कुनै योजना पनि छैन।’ निराशाका कारण धेरै थिए होलान्। एउटा कारण त पक्कै शरणसँगको बिछोड थियो होला। तर, अर्को चाहिँ आफ्नै आमालाई अन्तिम समयमा देख्न र सुन्न नपाएको थकथकी पनि थियो होला। आमाले धर्ती छाड्दा अरुणाले स्टेजमा गइरहेकी थिइन्। आमा सिकिस्त हुँदा अरुणा कलकत्ता हिँड्नुपरेको थियो। त्यहाँ उनको रेकर्डिङ थियो। त्यो बेला गीत रेकर्ड गर्न सहज थिएन। एकचोटि अवसर गए फेरि जुर्न गाह्रो हुन्थ्यो। त्यही भएर बिरामी आमालाई छोडेर उनी कलकत्ता पुगेकी थिइन्। फर्केर आउँदा अर्को कार्यक्रम थपियो। सौरिनीमा नेपाली भाषा मान्यताको निम्ति कार्यक्रम हुँदै रहेछ। उनले सिधै त्यहाँ गएर गाउनै पर्ने भयो। दुनियाँलाई पीडाको गीत सुनाउँदै हिँड्ने अरुणाले आफ्नै आमाको अन्तिम पीडा सुन्न भ्याइनन्। आमा कस्ती होलिन् भन्ने चिन्ता बोकेरै उनी सौरिनी पुगिन्। उनले यता गाउन सुरु गरिन्, उता आमाले धर्ती छाडिन्। आमा बितेपछि पो परिवारले अरुणालाई खोज्न थाल्यो। त्यो बेला फोन थिएन। कहाँ पुगेको अत्तोपत्तो थिएन। गाउँका सबै मिलेर अरुणाको खोजी सुरु गरे। पछि पो थाहा भयो अरुणा सौरिनीमा छिन्। दुनियाँलाई पीडाको गीत सुनाउँदै हिँड्ने अरुणाले आफ्नै आमाको अन्तिम पीडा सुन्न भ्याइनन्। गाउनको निम्ति हर ठाउँ दौडिरहने अरुणा आफ्ना अन्तिम दिनमा काठमाडौँ पुगेकी थिइन्। उनकी छोरी सपना त्यहीँ थिइन्। काठमाडौँमा रहँदा नै उनको स्वास्थ्य बिग्रन थाल्यो। बिरामी भएपछि उनी फेरि दार्जीलिङ फर्की आउन चाहन्थिन्। आफन्तसँग समय बिताउन चाहन्थिन्। तर, त्यो सम्भव भएन। सन् १९९८ फेरवरी ४ मा उनले काठमाडौँमै अन्तिम सास फेरिन्। अरुणाको गायकीलाई प्रेम गर्ने नेपाली कलाकारले आग्रह गर्न थाले ‘अरुणा लामाको शव यतै छाडिदिनुस्। नेपालमै राखौँ।’ परिवारले मानेन। अन्तिम संस्कारको निम्ति उनको शव दार्जीलिङ ल्याइयो। गाएरै आफ्नो ठाउँको गरिमालाई उचाल्ने अरुणालाई दार्जीलिङले के दियो नि? वर्षौंपछि पनि अरुणाकी दिदी पवित्रा लामा कहिलेकाहीँ आफैसँग यही प्रश्न गर्छिन्। उनको मुटु उफ्रिन्छ। मन छट्पटिन्छ। अनि, फेरि अरुणाको सालिक चौरस्तामा नराखी ढलेको त्यो अँध्यारो दिन सम्झिन्छिन्। ….. अरुणा लामा खसेपछिको कुरा हो। हेर्दाहेर्दै अरुणा लामाको पूर्ण कदको सालिक तयार भयो। गीत गाउनलाई ठिङ्ग उभिए जस्ती। साडीमा मुस्कान दिएर उभिएको सालिक देखेर सबै दङ्ग बने। यो दार्जीलिङले अरुणा लामालाई दिएको प्रेम थियो। त्यो समय दार्जीलिङमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको शासन थियो। पहाडको बागडोर सुवास घिसिङको हातमा थियो। घिसिङकै दलका पार्षद् रहेका प्रकाश थिङहरूले एउटा कमिटी बनाए। अरुणा लामाको नाउँमा साङ्गीतिक प्रतियोगिता सुरु गरिने भयो। त्यो भन्दा ठूलो कुरा अरुणा लामाको सालिक चौरस्तामा राख्ने निधो गरियो। सब ठीकठाक भएपछि कमिटीले लालकोठीमा गएर घिसिङसँग कुरा राख्यो। घिसिङले थोरै शब्दमा आफ्नो मनसाय पोखे ‘मलाई त साहित्यको कुरा मात्रै अलि थाह छ। सङ्गीतको जानकारी कम छ तर अरुणाको लागि त गर्नैपर्ने हो। तिमीहरूले जे गरे नि हुन्छ।’ यति भएपछि अब अरुणा लामाको सालिक राखिने पक्कापक्की भयो। सिलिगुडीका मूर्तिकार भोला पाललाई सालिक बनाउने जिम्मा दिइयो। भोलाले सालिक बनाउन सुरु गरे। हेर्दाहेर्दै अरुणा लामाको पूर्ण कदको सालिक तयार भयो। गीत गाउनलाई ठिङ्ग उभिए जस्ती। साडीमा मुस्कान दिएर उभिएको सालिक देखेर सबै दङ्ग बने। यो दार्जीलिङले अरुणा लामालाई दिएको प्रेम थियो। उनलाई दार्जीलिङकै मुटुमा राखेर सम्झने घोषणा भएको थियो। तर, त्यसो भएन। प्रस्तुत लेख प्रकाशित भएको मदन पुरस्कार गुठीको प्रकाशन नेपालीको अंक। सालिकको काम अन्त्य अन्त्यतिर पुगेपछिको कुरा हो। मूर्तिकारले सुझाव दिए, ‘यो ठूलो गायिकाको सालिक हो। अलिकति खर्च गरेर फाइबरको बनाऔँ।’ कमिटीले के गर्ने निधो गर्दै थियो। दार्जीलिङमा दिउँसै प्रकाश थिङको हत्या गरियो। उतिबेला पहाडमा नयाँ राजनीतिक संस्कार सुरु भइसकेको थियो। जहाँ दिउँसै मान्छेको हत्या गरिन्थ्यो। प्रकाश थिङ त्यही संस्कारका शिकार बने। उनलाई दिउँसै खुकुरी हानियो। पहाडमा खैलाबैला मच्चियो। थिङलाई कसले मारे? किन मारे? त्यसको लेखाजोखा अझ भएको छैन तर थिङको हत्या भएसँगै अरुणा लामाको सालिक राख्ने सपना पुरै तुहिएर गयो। कमिटीका अरू सदस्यहरू कहाँ कहाँ पुगे? कसैले थाह पाएन। पर्खाइमा रहेका भोलाको मूर्ति आफैँ चर्किँदै गयो। माटो फुट्दै झर्न थाल्यो। त्यसपछि? त्यसपछि अरुणा लामाको सालिक चौरस्तामा उभिन नपाई सधैँको निम्ति ढलेर गयो। (मदन पुरस्कार गुठीको प्रकाशन ‘नेपाली’ पत्रिकाको अङ्क २३३ (२०८३) बाट।)
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
काठमाडौं। नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । सेनाले शनिबार अपरान्ह फूलपाती हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो त्यस्तै इज्जत अर्पण ...
चचहुई...चचहुई ! कुपोण्डोलमा दशैंको उमङ्ग
• ललितपुरको कुपोण्डोलस्थित बागमती नदी किनारमा दशैंको अवसरमा लिङ्गे पिङ खेल्ने परम्परा पुनर्जीवित भएको छ। • बालबालिकासँगै ठूला मानिसहरू पनि पिङ खेल्न उत्साहित भएर उपस्थित भएका छन्। • पिङ खेल्ने परम्पराले दसैँको मौलिकता र सामूहिक उत्सवको भावना जीवन्त बनाइरहेको छ। ...

पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, ...

सीजेपीका संस्थापक अभिजित दिपके रिहा
शुक्रबार दर्जनौं समर्थकहरूसँगै आन्दोलनको नेतृत्व गरेर सेन्ट्रल दिल्लीतर्फ जाँदै गर्दा कन्नट प्लेसबाट पक्राउ परेकी नेहा बोरा पनि शनिबार रिहा भएकी छन् ...


