कांग्रेस सभापति गगन थापाको शपथग्रहण र पदबहाली आज, केन्द्रीय समितिको भने दशैंपछि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको शपथग्रहण तथा पदबहाली आज हुने भएको छ । बडादशैं फूलपातीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज अपराह्न २ बजे सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहालीका लागि कार्यक्रम तय गरिएको हो । सपथ ग्रहण तथा पदवहाली समारोहमा सहभागी हुन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको सपथ भने दशैंपछि गर्ने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसको महाधिवेशनबाट २३१ सदस्यीय समिति निर्वाचित भएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

गुल्मीमा जिप दुर्घटना, ३ जना घाइते
३१ असोज, गुल्मी गुल्मीको मुसिकोट नगरपालिका–५ झक्कलेमा पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रुद्रवेणी–वामीटक्सार सडकखण्डमा बिहान करिब ४ बजे बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ च ८०२४ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा चालक मदन सुनार, उनकी श्रीमती सुनिता सुनार र ढोरपाटन नगरपालिका–८… ...

दशैं आइसक्यो, घर जान हतार छ (तस्वीरहरू)
दशैंको विशेष रौनक सुरु हुने फूलपातीका दिन घर पुग्ने हतारो यात्रुको अनुहारमा देखिन्छ । बसका सिट भरिभराउ छन् भने यात्रुले खचाखच भरिएका सवारीसाधन उपत्यकाबाट बाहिरिरहेका छन् । ...

तराई–मधेशमा काठमाडौंमा जस्तो फूलपाती भित्र्याउने चलन छैन : संस्कृतीविद राकेश
काठमाडौंसहित पहाडी क्षेत्रमा दशैँको बेलामा फूलपाती भित्र्याउने विशेष परम्परा रहेपनि तराई–मधेशमा भने त्यसको स्वरूप फरक रहेको संस्कृतिविद् रामदयाल राकेशले बताएका छन् । मैथिली संस्कृतिमा घटस्थापनादेखि नै घर वा इष्टदेवताको थानमा जमरा उमार्ने र दुर्गापूजा गर्ने परम्परा रहेको उनले बताए । पहाडी क्षेत्रमा फूलपातीका दिन विशेष विधिसहित फूलपाती भित्र्याउने चलन छ । तराई–मधेशमा भने गोसाईं अर्थात् इष्टदेवताको स्थान वा दुर्गाको प्रतिमा स्थापना ...



