नेपाल आयल निगम पाक्षिक तीन अर्ब ४५ करोड घाटामा

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि उपभोक्तालाई राहत दिने उद्देश्यले निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य नबढाउने भएको हो। निगमको निर्णयअनुसार पहिलो वर्गअन्तर्गतका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम गरिएको छ। सोही क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा नै रहनेछ। त्यस्तै, दोस्रो वर्गका क्षेत्रमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ कायम गरिएको छ भने तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर २०० रुपैयाँ कायम गरिएको छ। निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ यथावत् राखेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि भारतीय आयल कर्पोरेसन आईओसी बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार बिक्री मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा ३ अर्ब ४५ करोड ६१ लाख रुपैयाँ घाटा हुने देखिएको छ। उपभोक्तालाई मूल्यवृद्धिको भारबाट जोगाउन निगमले तत्काल मूल्य समायोजन नगरेको हो।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

खस आर्यतर्फको कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको अन्तरले पराजित गरेका हुन्। सहमहामन्त्री पदको अन्तिम मतपरिणामअनुसार केसीले २ हजार १९९ मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का उम्मेदवार दिनेश कोइरालाले १ हजार २४६ मत प्राप्त गर्दा ... ...

लेकसाइड–पञ्चासे सडक डेढ अर्ब लागतमा स्तरोन्नति हुँदै
लेखनाथ समाचारदातालेखनाथ, असोज २९ गते । पर्यटन राजधानी पोखराको लेकसाइडदेखि अर्को पर्यटकीय गन्तव्य पञ्चासेसम्म नमुना सडक निर्माण हुने भएको छ । पोखरा महानगरपालिकाका वडा नम्बर ६, १८ र... ...

दसैँमा चार दिन फोहोर नउठ्ने, घरमै व्यवस्थापन गर्न महानगरको आग्रह
काठमाडौं । दसैँको मुख्य दिनलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले कात्तिक १ देखि ४ गतेसम्म फोहोर व्यवस्थापन प्रभावित हुने जनाएको छ। चाडपर्व मनाउन सफाइ कर्मचारी बिदामा जाने भएपछि उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो। फोहोर व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै महानगरपालिकाले उक्त अवधिमा घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोर सडक र सार्वजनिक स्थानमा नफाल्न आग्रह गरेको ...

एमसीसीद्वारा नेपाल कम्याक्टको म्याद थप्न 'स्वीकृति', अब कार्यान्वयनको योजना कस्तो
MCC सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी कम्प्याक्ट सन् २०२३ मा कार्यन्वयनको चरणमा प्रवेश गरेको थियो गत आर्थिक वर्षसम्म मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका परियोजनामा २० प्रतिशतभन्दा कम प्रगति भएको विवरणमाझ नेपाल ...


