खुँडा प्रहारबाट ज्येष्ठ नागरिकको मृत्यु

मुगु।मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर कामीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार स्थानीय ३२ वर्षीय अजविर कामीले ती ज्येष्ठ नागरिकलाई धारिलो हतियार (खुँडा) प्रहार गरी घाइते तुल्याएकामा उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो। खुँडा प्रहार गरी फरार रहेका अभियुक्त कामीलाई रारा राष्ट्रिय निकुञ्जको जङ्गलबाट प्रहरीले आजै पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको तथा मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ। वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ८० लाख ४८ हजार ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङको तमानखोला... ...

पनामामा भूकम्पपछि आपत्काल घोषणा
काठमाडाैँ । शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ। यसैबिच मङ्गलबार बिहान पनामामा ६.१ म्याग्निच्युडको... ...

यात्रुलाई गुणस्तरीय खाना खुवाउन होटल–रेस्टुरेन्टलाई विभागको आग्रह
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक यातायातका यात्रुलाई स्वच्छ, स्वस्थ र गुणस्तरीय खाना उपलब्ध गराउन होटल तथा रेस्टुरेन्ट सञ्चालक र सवारी चालकलाई आग्रह गरेको छ। खाद्य स्वच्छतामा लापरबाही, बासी तथा झिँगा भन्किएका खानेकुरा र न्यून गुणस्तरको खाना उपलब्ध गराइएको गुनासो बढेपछि विभागले एक सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो। विभागले सार्वजनिक यातायातका यात्रुलाई खाना, नास्ता तथा खाजाका लागि ...

चर्कियो फ्रान्सको विद्यार्थी आन्दोलन, ग्रेटा थनबर्ग पनि आन्दोलनमा सहभागी
पेरिस । फ्रान्समा विद्यालयमा शैक्षिक अवस्था सुधारको माग गर्दै विद्यार्थीहरूले देशव्यापी प्रदर्शन तीव्र बनाएका छन् । मंगलबार भएको प्रदर्शनमा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पनि सहभागी भएकी छन् । विद्यार्थीको आन्दोलनलाई विश्वविद्यालयका विद्यार्थी,... ...


