Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/सरकार निरङ्कुश बन्दै, प्रेसमाथि अङ्कुश लगाउँदै : आनन्द श्रेष्ठ

सरकार निरङ्कुश बन्दै, प्रेसमाथि अङ्कुश लगाउँदै : आनन्द श्रेष्ठ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकार निरङ्कुश बन्दै, प्रेसमाथि अङ्कुश लगाउँदै : आनन्द श्रेष्ठ

रामेछाप, असोज २९ । बागमती प्रदेशसभा अन्तर्गत उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले वर्तमान सरकार निरङ्कुश बन्दै गएको बताउनुभएको छ । उहाँले सरकार हरेक क्षेत्रमा अनुदार बन्दै गएको र त्यसको असर नागरिकको जीवन तथा प्रेस स्वतन्त्रतामा समेत परेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ रामेछापले बिहीबार मन्थलीमा आयोजना गरेको ‘पत्रकारिता र लैङ्गिक समानता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले लोकतन्त्रको नाममा राज्य विभेदकारी बन्दै गएको टिप्पणी गर्नुभयो । राज्यको व्यवहारका कारण नागरिकले असमयमै मृत्युवरण गर्नुपर्ने अवस्थासमेत सिर्जना भएको उहाँले उल्लेख गर्नुभयो । ‘राज्य लाेकत्नत्काे नाममा विभेदकारी हुँदै अघि बढिरहेको छ’, उहाँले भन्नुभयो । नयाँ भनिएका राजनीतिक शक्तिहरूको गति, मति र नीति हेर्दा देशमा गरिबीको दर घट्ने सङ्केत नदेखिएको उहाँको भनाइ थियो । सरकारले विकासको तीनखम्बे नीति त्यागेको आरोप लगाउँदै उहाँले नेपालजस्तो मुलुकमा सरकार एक्लैले रोजगारी सिर्जना गर्न नसक्ने बताउनुभयो । ‘हाम्रो जस्तो मुलुकमा सरकार एक्लै अगाडि बढेर रोजगारी सिर्जना हुन सक्दैन,’ उहाँले भन्नुभयो । पुराना राजनीतिक दलहरूले केही गरेनन् भन्नेहरूले पनि देशको विकास र विदेश पलायन रोक्न उल्लेखनीय काम गर्न नसकेको उहाँले बताउनुभयो । विदेश जाने नेपालीको सङ्ख्या घटेको छ वा छैन भन्ने विषय तथ्याङ्कका आधारमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै उहाँले राजनीतिक तथा सामाजिक व्यवस्थापनमा यथार्थलाई आधार बनाउनुपर्ने धारणा राख्नुभयो । ‘मिथ्याङ्क प्रस्तुत गरेर नयाँका नाममा गरिने उद्घोषले हामीलाई सही गन्तव्यमा पुर्‍याउँदैन, यो आफैँ पर्दाफास हुँदै जानेछ, हामीले पर्खनुपर्छ,’ श्रेष्ठले भन्नुभयो । पुराना राजनीतिक दलहरूबाट पनि कमजोरी भएको स्वीकार गर्दै उहाँले ती कमजोरी सच्याउन आफूहरू तयार रहेको बताउनुभयो । पुराना दलहरूले पूर्वाधार निर्माण र विकासका विभिन्न काम गरे पनि पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो । ‘हामीले पनि कम गरेका थियौँ, इतिहासले त्यसको हिसाबकिताब गर्छ,’ उहाँले भन्नुभयो । सभापति श्रेष्ठले राज्यले निजी सञ्चारमाध्यमलाई सरकारी सूचना तथा विज्ञापनबाट वञ्चित गरेर प्रेसमाथि अङ्कुश लगाउने काम गरेको आरोप लगाउनुभयो । राज्यको यस्तो व्यवहारले स्वतन्त्र पत्रकारिता र सञ्चार क्षेत्रको व्यावसायिक वातावरणमा नकारात्मक असर पारिरहेको उहाँको भनाइ थियो । उहाँले यसबाट उत्पन्न परिस्थितिका कारण एक असल सञ्चार उद्यमीले ज्यान गुमाउनुपर्ने अवस्थासमेत आएको उल्लेख गर्नुभयो । सभापति श्रेष्ठले लैङ्गिक समानताको अवस्था समाजको समग्र चरित्रसँग जोडिएको बताउनुभयो । समाजको सोच, चिन्तन, बोली र व्यवहारका आधारमा समाज लैङ्गिकमैत्री छ वा छैन भन्ने मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाइ थियो । ‘अहिले पनि हाम्रो समाज सामन्तवादी सोच र चिन्तनबाट अघि बढिरहेको छ । त्यसैले लैङ्गिक रूपमा हेरिने दृष्टिकोणमा पनि असमानता छ,’ उहाँले भन्नुभयो । समाजको चरित्र निर्माणमा अर्थतन्त्रलाई निर्देशित गर्ने विचारधाराको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले प्रतिष्ठित मानिएका व्यक्तिहरूले प्रयोग गर्ने शब्द र अभिव्यक्तिसमेत लैङ्गिक दृष्टिले आपत्तिजनक हुने गरेको बताउनुभयो । सामाजिक व्यवहारमा परिवर्तन ल्याउन दैनिक बोलीचाली, उखान, थेगो र अभिव्यक्तिमा समेत लैङ्गिक समानताप्रति सचेत हुनुपर्ने उहाँले औँल्याउनुभयो । ‘हामीले प्रयोग गर्ने उखान, बोल्ने थेगो र बोलीमा लैङ्गिक समानतामा कत्तिको ध्यान दिएका छौँ भन्ने कुरा महत्त्वपूर्ण छ । लेखेर मात्र हुँदैन, हाम्रो व्यवहार कस्तो छ भन्ने कुरा प्रमुख हो,’ उहाँले भन्नुभयो । लैङ्गिक समानताका विषय भाषण र लेखनमा मात्र सीमित हुन नहुने बताउँदै उहाँले दैनिक जीवनको बोली, व्यवहार र सामाजिक अभ्यासमा समेत समानता झल्किनुपर्नेमा जोड दिनुभयो । स्वतन्त्रता र स्वच्छन्दताबीचको भिन्नता औँल्याउँदै उहाँले स्वतन्त्रता आवश्यक भए पनि स्वच्छन्दताले समाजलाई अराजकतातर्फ लैजान सक्ने बताउनुभयो । यस्तो प्रवृत्तिले समाज र राज्यलाई नै कमजोर बनाउने उहाँको धारणा थियो । ‘स्वतन्त्रता आवश्यक छ, तर स्वच्छन्दताले समाजलाई अराजक बनाउँछ, त्यसले समाज र राज्यलाई नै समाप्त पार्छ,’ उहाँले भन्नुभयो । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले पत्रकारिता क्षेत्रको विकासका लागि स्थानीय तह आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्कालगायतले पनि धारणा राख्नुभएको थियो । पत्रकारिता, लैङ्गिक समानता, सामाजिक सोच र अभिव्यक्तिको जिम्मेवारीलगायत विषयमा छलफल भएको उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरेको अध्यक्षतामा भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

प्रधानमन्त्री शाह मंसिर दोस्रो साता भारत भ्रमणमा जाने
राजनीतिJust now

प्रधानमन्त्री शाह मंसिर दोस्रो साता भारत भ्रमणमा जाने

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताउँदै मितिका सम्बन्धमा भने सार्वजनिक समाचारमा उल्लेख भएकै आसपासको मितिमा हुने उल्लेख गरे । विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने समाचार सार्वजनिक भएका छन् । मन्त्री खनालले भने, ‘तर, आजका दिनसम्म हामीले औपचारिक रूपमा ...

फरकधार
व्यवसायीलाई विभागको निर्देशन- मिठाइको मूल्य र उपभोग्य मिति अनिवार्य खुलाउनू
राजनीतिJust now

व्यवसायीलाई विभागको निर्देशन- मिठाइको मूल्य र उपभोग्य मिति अनिवार्य खुलाउनू

मिठाई उत्पादन तथा बिक्रीवितरण गर्ने व्यवसायीले आफूले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्यरूपमा खुलाउनुपर्ने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई व्यवसायीलाई उक्त विवरण उपभोक्ताले स्पष्ट देख्ने गरी मिठाई राख्ने सोकेस वा काउन्टरमा राख्न निर्देशन दिएको हो । विभागले शुक्रबार एक ...

फरकधार
वालेन्द्र सरकारको कामको फेहरिस्त सार्वजनिक, नतिजा र जवाफदेहितामाथि प्रश्न
राजनीतिJust now

वालेन्द्र सरकारको कामको फेहरिस्त सार्वजनिक, नतिजा र जवाफदेहितामाथि प्रश्न

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यसम्पादनको साप्ताहिक विवरण सार्वजनिक गर्दै नियुक्ति, कर्मचारीमाथिको निगरानी, सार्वजनिक खरिदमा कारबाही... ...

सिंहदरबार न्युज
दुबई पुग्यो डीडीसीको घिउ र याक चिज
राजनीतिJust now

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ । दशैँ र तिहारलाई लक्षित गरी नेपाली दुग्धजन्य उत्पादन दुबई पठाइएको हो । यसअघि परीक्षणका रूपमा पठाइएको एक हजार ५०० किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि थप उत्पादन पठाइएको रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play