Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका योजना कार्यान्वयन

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका योजना कार्यान्वयन

Share:WhatsAppFacebookX (Twitter)Telegram
नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका योजना कार्यान्वयन

तनहुँ।नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४ मा तनहुँ, गोरखा र आसपासका क्षेत्रमा पूर्वाधार विकासका लागि २९ करोड ५० लाख बराबरका कार्यक्रम छनोट गरेको छ। गुरुयोजनाअनुसार सडक स्तरोन्नति, पर्यटकीय तथा सांस्कृतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर विभिन्न योजना अघि बढाइएको हो। उक्त कार्यालयका इन्जिनियर श्रीप्रसाद पाण्डेका अनुसार चालु आर्थिक वर्षका लागि स्वीकृत बजेटबाट भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र गोरखाको पालुङटार नगरपालिकामा सडक तथा पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिनेछ। भानु नगरपालिका–४ मा स्वीकृत गुरुयोजनाअनुसार चुँदीबेंसी–मोहरियादेखि शिखर कटेरी हुँदै भानु साहित्य उद्यान जोड्ने सडक स्तरोन्नतिका लागि १० करोड ५० लाख विनियोजन गरिएको छ। उक्त सडक स्तरोन्नतिपछि आदिकवि भानुभक्त आचार्यको जन्मस्थलसँग जोडिएका क्षेत्रको आवागमन सहज हुने तथा स्थानीयवासी र पर्यटकलाई समेत सुविधा पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै भानु नगरपालिका–४ स्थित आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा भानु साहित्य उद्यानको पूर्वाधार निर्माणका लागि १० करोड विनियोजन गरिएको छ। साहित्य, संस्कृति र पर्यटनसँग जोडिएको उक्त उद्यानलाई व्यवस्थित तथा आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माणको योजना अघि बढाइएको हो। बन्दीपुर गाउँपालिकामा सडक तथा पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ। गाउँपालिकाको कालिका मोटरमार्गदेखि गुरुङटारस्थित नेपाल टेलिकमको टावर, मगर गुठी हुँदै बिरुवा जोड्ने मोटरमार्ग स्तरोन्नतिका लागि तीन करोड विनियोजन गरिएको छ। सडक स्तरोन्नतिले ग्रामीण बस्ती तथा स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन र आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। बन्दीपुर गाउँपालिका–२ र ३ अन्तर्गत बन्दीकापुरमा २५ पोखरी ताल पार्क निर्माणका लागि तीन करोड विनियोजन गरिएको छ। प्राकृतिक तथा पर्यटकीय सम्भावना बोकेको उक्त क्षेत्रलाई पार्कका रूपमा विकास गरी आन्तरिक पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ। त्यस्तै छिमेकी जिल्ला गोरखाको पालुङटार नगरपालिकाअन्तर्गत लुङ्गा–वडा कार्यालय–चापाभञ्ज्याङ–कार्की गाउँ–आँपपिपल अस्पताल सडक स्तरोन्नतिका लागि तीन करोड विनियोजन गरिएको छ। उक्त सडक स्तरोन्नतिले स्थानीय बासिन्दाको आवागमनका साथै अस्पतालसम्म पुग्ने पहुँचलाई सहज बनाउने अपेक्षा गरिएको छ। नयाँ सहर आयोजनाअन्तर्गत सञ्चालन हुने ती योजनाले सडक सञ्जाल विस्तारसँगै स्थानीय तहमा पर्यटन, संस्कृति र आर्थिक गतिविधिलाई समेत चलायमान बनाउन सहयोग पुर्‍याउने पाण्डेले बताए। विशेष गरी भानु साहित्य उद्यान र भानुभक्त आचार्यको जन्मस्थललाई केन्द्रमा राखेर निर्माण हुने पूर्वाधारले भानु क्षेत्रमा साहित्यिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। बन्दीपुरको सडक तथा पार्क निर्माणका कार्यक्रमले पनि पर्यटकीय पूर्वाधार थप व्यवस्थित गर्न सहयोग गर्नेछ। सडकको पहुँच विस्तारसँगै ग्रामीण क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीयस्थललाई मुख्य सडक सञ्जालसँग जोड्ने आधार तयार हुने कार्यालयको अपेक्षा छ। आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरि दश नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरुप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साविकको भानु गाविस १, २, ३, ४ र साविकको बन्दीपुर गाविस १, २, ३ र ४ समेटी आर्थिक वर्ष २०७२/७३ बाट नयाँ सहर आयोजना डुम्रे भन्सारको सुरुवात भएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
ताजा खबरJust now

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

रातोपाटी
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
ताजा खबरJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

रातोपाटी
अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
ताजा खबरJust now

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री

​लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। ​सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

नेपालखबर
पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
ताजा खबरJust now

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्।  पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्।  पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play