आरोप अस्वीकार गर्दै खगेन्द्र सुनारले दिए जवाफ, अडियोको स्रोत खोज्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ दिएका छन्। एक महिलामाथि आपत्तिजनक लाञ्छना लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिने अडियो सार्वजनिक भएपछि सांसद सुनार विवादमा तानिएका थिए। उक्त प्रकरणमा उठेका प्रश्नको लिखित जवाफ दिन रास्वपा केन्द्रीय अनुशासन आयोगले मंगलबार सुनारलाई पत्र पठाएको थियो। आयोगमा जवाफ पठाउँदै सुनारले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेको आयोगका एक सदस्यले बताएका छन्। आरोप स्वीकार नगरेका कारण कारबाही प्रक्रिया अघि नबढाइएको र पीडित पक्षबाट समेत औपचारिक उजुरी नआएकाले आयोगले स्वतन्त्र रूपमा छानबिन अघि बढाउने तयारी गरेको छ। आपत्तिजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गर्दै महिलासँग ‘ब्ल्याकमेलिङ’ गरेको सुनिने उक्त अडियो सोमबार जनआस्थाले सार्वजनिक गरेको थियो। अडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना बढेपछि रास्वपाले घटनाको सत्यतथ्य पत्ता लगाउन र छानबिन प्रक्रिया अघि बढाउन पार्टी अनुशासन आयोगलाई निर्देशन दिएको थियो। आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार पहिलो चरणमा सुनारको लिखित प्रतिक्रिया लिने काम सकिएको छ भने दोस्रो चरणको छानबिन सुरु भएको छ। विषयवस्तु गम्भीर र संवेदनशील भएकाले लिखित प्रतिक्रियाका अतिरिक्त प्रमाण संकलन तथा अन्य अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए। उनका अनुसार अडियो सार्वजनिक गर्ने जनआस्था साप्ताहिकसँग भिडियो, अडियो वा अन्य सम्बन्धित कागजात छानबिन समितिलाई उपलब्ध गराउन अनुरोध गर्ने निर्णयसमेत आयोगको बैठकले गरेको छ। अडियोको स्रोत, प्रमाण र सांसद सुनारको संलग्नताबारे थप अनुसन्धानपछि मात्रै आवश्यक निष्कर्षमा पुगिने आयोगले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दक्षिण सुडानमा नेपाली सेनाको १६औँ पटक फेरबदल
दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । ...

पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
लेखनाथ समाचारदातालेखनाथ, असोज २९ गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर–१७ स्थित बालोदय चोकमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्य भएको छ ।बिहान ७ बजे भएको... ...

दुई महिनामा सवा तीन खर्ब नाघ्यो व्यापार घाटा, निर्यातमा भने ६२ प्रतिशतको छलाङ
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ उल्लेख्य वृद्धि देखिएको छ। निर्यातमा उच्च वृद्धि भए पनि आयातको परिमाण निकै ठूलो... ...

साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण कर्जा दिन एफएनसीसीआईको माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवद्र्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानी र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन् । ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई धितोको विकल्पमा नगद प्रवाह र बिलका आधारमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए । उनले कर्जा सुरक्षण कोष विस्तार, बाढी तथा विपद्बाट प्रभावित ...


