Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ : मन्त्री गौतम

विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ : मन्त्री गौतम

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ : मन्त्री गौतम

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद् जोखिम न्यूनीकरणका लागि विद्यमान कानुन तथा नीतिमा सुधार गर्दै भूगोल सुहाउँदो र सुरक्षित पूर्वाधार निर्माण गरिने बताएकी छन्। विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिमबारे विज्ञहरूले दिँदै आएका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने अवस्था सिर्जना गरेको धारणा व्यक्त गरिन्। मन्त्री गौतमले भनिन्, “विगत १५ वर्षमा प्रकृतिले हामीलाई पटक–पटक सन्देश दिइरहेको छ। विपद्को क्षेत्रमा काम गर्ने विज्ञहरूले नेपाल जोखिममा छ, कानुन र संरचना सुधार्नु पर्छ भनेर भन्दै आएका थिए। तर, यस पटकको रसुवाको बाढीले ती सन्देश सुन्नै पर्ने बाध्यात्मक परिस्थितिमा पुर्‍याएको छ।” मन्त्री गौतमले विपद् प्राकृतिक प्रक्रिया भए पनि त्यसबाट हुने क्षतिको मात्रा भने मानवीय निर्णय, कानुन, नीति र पूर्वाधारको प्रकृतिमा निर्भर रहने बताइन्। अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा ललितपुरमा आज आयोजित सम्मेलनमा उनले नदी करिडोरमा रहेका संरचना सुरक्षित स्थानमा निर्माण गरिएको भए रसुवाको बाढीको क्षति कम हुने बताइन्। मन्त्री गौतमले भनिन्, “प्रकृतिले कस्तो विपत्ति निम्त्याउँछ भन्ने कुरा सधैँ अनुमान गर्न सकिँदैन। तर, विपद्ले कति क्षति पुर्‍याउँछ भन्ने कुरा हाम्रा संरचना, कानुन र नीतिले पनि निर्धारण गर्छन।” नेपालको भौगोलिक अवस्था र बढ्दो विपद् जोखिमलाई ध्यानमा राखेर विकासको ढाँचा परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै मन्त्री गौतमले भविष्यमा हुने विपदबाट जनधनको क्षति न्यूनीकरण गर्न पूर्वाधारको उत्थानशील क्षमता विकास गर्न आवश्यक रहेको बताइन्। मन्त्री गौतमले वैज्ञानिक तथ्य, तथ्याङ्क र विज्ञका सुझावका आधारमा कानुन तथा नीति निर्माण गरिने प्रतिबद्धता जनाइन्। जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणका विषयमा सडक तथा समुदायबाट आवाज उठाउँदै आएको युवा पुस्ता अहिले नीति निर्माणको तहमा पुगेकाले जोखिम न्यूनीकरणलाई विकासको प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। “गत भदौ १० गते रसुवामा आएको बाढीपछि उद्धार, राहत र शव व्यवस्थापनका क्रममा सरकारले विभिन्न चुनौती सामना गर्नुपरेको थियो,” मन्त्री गौतमले भनिन्, “विशेष गरी बाढीले बगाएर ल्याएका शव व्यवस्थापन गर्न पर्याप्त शीतभण्डारको व्यवस्था नहुँदा तत्काल निर्णय लिन कठिन भयो।” आपतकालीन अवस्थामा शव व्यवस्थापनका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मार्गदर्शनका आधारमा मन्त्रिपरिषद्ले निर्णय गरी शवलाई सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्ने कानुनी व्यवस्था गरिएको उनले जानकारी दिइन्। “विपद्ले हामीलाई धेरै कुरा सिकाउँछ। आपतकालीन अवस्थामा तत्काल निर्णय लिनुपर्ने हुन्छ। तर, त्यस्ता निर्णय गर्दा कानुनी व्यवस्था र सामाजिक संवेदनशीलतालाई पनि ध्यान दिनुपर्छ,” मन्त्री भनिन्। विपद्का घटना हराएका तथा मृत्यु हुनेको कानुनी घोषणा, सम्पत्ति, पारिवारिक सम्बन्ध तथा अन्य अधिकारसँग जोडिएका विषयलाई सम्बोधन गर्न विपद्को अवस्थालाई समेत ध्यानमा राखेर कानुन परिमार्जन गरिने उनको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
ताजा खबरJust now

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ८० लाख ४८ हजार ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङको तमानखोला... ...

रातोपाटी
पनामामा भूकम्पपछि आपत्काल घोषणा
ताजा खबरJust now

पनामामा भूकम्पपछि आपत्काल घोषणा

काठमाडाैँ । शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ। यसैबिच मङ्गलबार बिहान पनामामा ६.१ म्याग्निच्युडको... ...

रातोपाटी
यात्रुलाई गुणस्तरीय खाना खुवाउन होटल–रेस्टुरेन्टलाई विभागको आग्रह
ताजा खबरJust now

यात्रुलाई गुणस्तरीय खाना खुवाउन होटल–रेस्टुरेन्टलाई विभागको आग्रह

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक यातायातका यात्रुलाई स्वच्छ, स्वस्थ र गुणस्तरीय खाना उपलब्ध गराउन होटल तथा रेस्टुरेन्ट सञ्चालक र सवारी चालकलाई आग्रह गरेको छ। खाद्य स्वच्छतामा लापरबाही, बासी तथा झिँगा भन्किएका खानेकुरा र न्यून गुणस्तरको खाना उपलब्ध गराइएको गुनासो बढेपछि विभागले एक सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो। विभागले सार्वजनिक यातायातका यात्रुलाई खाना, नास्ता तथा खाजाका लागि ...

लुम्बिनी सञ्चार
चर्कियो फ्रान्सको विद्यार्थी आन्दोलन, ग्रेटा थनबर्ग पनि आन्दोलनमा सहभागी
ताजा खबरJust now

चर्कियो फ्रान्सको विद्यार्थी आन्दोलन, ग्रेटा थनबर्ग पनि आन्दोलनमा सहभागी

पेरिस । फ्रान्समा विद्यालयमा शैक्षिक अवस्था सुधारको माग गर्दै विद्यार्थीहरूले देशव्यापी प्रदर्शन तीव्र बनाएका छन् । मंगलबार भएको प्रदर्शनमा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पनि सहभागी भएकी छन् । विद्यार्थीको आन्दोलनलाई विश्वविद्यालयका विद्यार्थी,... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play