Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ

विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनको लागि वैज्ञानिक तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताउनुभएको छ । मंगलकार ‘विपद् उत्थानशीलताको शुरुवात घरबाटै’ अभियनको शुरुवात गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वैज्ञानिक तथ्य, तथ्याङ्क र अनुसन्धानलाई आधार बनाएर विपद्सम्बन्धी नीति निर्माण बनाउन आवश्यक रहेको बताउनु भयो । विपद्का व्यक्ति विशेषको सक्रियता नभई प्रणाली स्वतः सक्रिय हुने संयन्त्र विकास गर्नुपर्ने उहाँको भनाई छ । विपद् व्यवस्थापनका संयन्त्रलाई आवश्यकताअनुसार स्वतः परिचालित हुने गरी तयार गर्न सकेमा मात्रै भविष्यका चुनौती सामना गर्न सहज हुने उहाँले बताउनु भयो । विपद्का बदलिँदा स्वरूप र जोखिमका सङ्केतलाई ध्यानमा राखेर आगामी दिनमा पनि पूर्वतयारीलाई पनि निरन्तरता दिनुपर्ने उहाँको भनाई छ । उहाँले विपद् आउनुअघिको अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो । सरकारले भिजुअलमा आधारित अनुगमन प्रणाली विकास गरेपनि पर्याप्त नभएको उहाँको भनाई छ । उपलब्ध तथ्याङ्कको आदानप्रदान र कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट विपद्का सम्भावित जोखिम तथा घटनाका ढाँचा पहिचान गर्न सकिने उहाँको भनाई छ । नेपालमा विपद्का प्रकृति फरक–फरक रहेकाले त्यसअनुसार तयारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पछिल्लो समय नेपालमा देखिएका बाढीको प्रकृति परिवर्तनप्रति पनि शतर्क रहनुपर्ने उहाँले बताउनु भयो । माथिल्लो तटीय क्षेत्रमा पानी थुनिने वा अन्य कारणले बहावमा परिवर्तन आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा जोखिमको पूर्वानुमान र निगरानीलाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो देशमा विपद्का प्रकृति पनि फरक–फरक छन् । हामी भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्छौँ, जहाँ सक्रिय फल्ट लाइनका कारण भूकम्पको जोखिम रहन्छ । बाढीको प्रकृति हेर्दा पनि विभिन्न प्रकारका जोखिम देखिन्छन् । एउटा मनसुनी प्रणाली तथा बंगालको खाडीबाट आउने मौसमी प्रणालीका कारण उत्पन्न हुने बाढी हो भने अर्को हिमताल फुट्ने, पहिरोका कारण नदी थुनिने वा अन्य अवरोध फुटेर अचानक ठूलो बहाव आउने प्रकृतिको बाढी हो । यी फरक प्रकृतिका विपद्का लागि फरक किसिमको पूर्वतयारी आवश्यक हुन्छ । त्यसैले विपद्को प्रकृतिअनुसार राहत, उद्धार र व्यवस्थापनका लागि आवश्यक सामग्री तथा उपकरणको पूर्वतयारी गर्नुपर्छ । भूकम्पीय गतिविधिसम्बन्धी वैज्ञानिक अध्ययन र अनुसन्धानका निष्कर्षहरूलाई पनि नीतिनिर्माणसँग जोड्न आवश्यक छ । हाम्रो नीति वैज्ञानिक तथ्य, तथ्याङ्क र प्रमाणका आधारमा निर्देशित हुनुपर्छ । व्यक्ति केन्द्रित व्यवस्थाभन्दा प्रणाली केन्द्रित संयन्त्र बलियो हुनुपर्छ । विपद् आइपर्दा आवश्यक संयन्त्र स्वतः सक्रिय हुने व्यवस्था विकास गर्न सक्नुपर्छ । कुनै एक व्यक्तिको उपस्थिति वा निर्णयमा मात्र निर्भर नभई आवश्यकता र परिस्थितिअनुसार प्रभावकारी रूपमा परिचालित हुन सक्ने प्रणाली निर्माण गर्नुपर्छ । हामीले यस्तो बलियो, वैज्ञानिक र आवश्यकताअनुसार परिचालित हुने प्रणाली विकास गर्न सक्यौँ भने नेपाली जनताको सहनशीलता र विपद्सँग जुध्ने क्षमतालाई अझ सुदृढ बनाउन सक्छौँ । बदलिँदो जोखिमको प्रकृतिलाई बुझ्दै वैज्ञानिक अध्ययन, प्रभावकारी अनुगमन, आवश्यक स्रोतसाधनको पूर्वतयारी, मानसिक स्वास्थ्यको संरक्षण र बलियो संस्थागत संयन्त्र निर्माणमा हामी सबैले ध्यान दिनुपर्छ ।’ उहाँले विपद्पछिको उद्धार र राहतसँगै पूर्वतयारी, प्रभावकारी अनुगमन, आवश्यक उपकरणको व्यवस्थापन तथा विपद्पछिको मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । विपद्पछिको अवस्थाले धेरै परिवारमा मानसिक आघात पर्ने गरेको उहाँको भनाई छ । बालबालिकामा डर र त्रास देखिने तथा प्रभावित व्यक्तिहरूमा पोस्ट ट्रमासम्बन्धी समस्या देखिन सक्ने भएकाले मानसिक स्वास्थ्यलाई समेटेर समग्र कार्यढाँचा बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले आगामी दिनमा भौतिक पूर्वाधार निर्माण गर्दा वैज्ञानिक तथ्य तथा परम्परागत रैथाने ज्ञानलाई समेत मिश्रण गरेर बनाउनुपर्ने बताउनु भयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

श्रम कूटनीतिमा सहानुभूति होइन, समानुभूति जरुरी छ: पद्माश्री राणा
ताजा खबरJust now

श्रम कूटनीतिमा सहानुभूति होइन, समानुभूति जरुरी छ: पद्माश्री राणा

ओमानका लागि प्रस्तावित नेपाली राजदूत पद्माक्षी राणाले आफ्नो कार्यकालमा श्रम कूटनीतिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकी छन्।  मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै राणाले ओमानमा रहेका नेपाली श्रमिकको समस्या समाधान र उनीहरूको सुरक्षालाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने बताइन्। राणाले श्रमिकको अवस्था सुधारका लागि ... ...

नेपालखबर
‘पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन आवश्यक’
ताजा खबरJust now

‘पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन आवश्यक’

काठमाडौं। गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीले नेपालमा बढ्दो पर्वतीय विपद्को जोखिम न्यूनीकरणका लागि विद्यमान नीति, कानुन तथा विपद् व्यवस्थापन प्रणालीको पुनरावलोकन गर्न आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले नेपालको भौगोलिक अवस्था र पछिल्लो समय देखिएका विपद्का घटनालाई ध्यानमा राखेर जोखिम व्यवस्थापनको समग्र प्रणाली विकास गर्नुपर्ने बताए। उनले उच्च ...

नेपालन्युज
कोरियाका लागि प्रस्तावित राजदूत श्रेष्ठमाथि स्वार्थको द्वन्द्वबारे प्रश्न
ताजा खबरJust now

कोरियाका लागि प्रस्तावित राजदूत श्रेष्ठमाथि स्वार्थको द्वन्द्वबारे प्रश्न

सांसदहरूले दक्षिण कोरियाका लागि प्रश्तावित नेपाली राजदुत प्राडा सङ्गम श्रेष्ठलाई कोरियामा रहेका झन्डै ९१ हजार नेपाली नागरिकको संरक्षण, ईपीएस प्रणालीको नियमितता र गैरसरकारी संस्था तथा व्यवसायसँगको विगतको आवद्धतामाथि स्पष्टीकरण माग गरेका छन्।  संसदीय सुनुवाई समितिले मंगलबार कार्ययोजना माग गर्दै स्वार्थको द्वन्द्व, नेपाली श्रमिक तथा विद्यार्थीको सुरक्षा र दूतावासको क... ...

नेपालखबर
कोरियाका लागि प्रस्तावित राजदुत श्रेष्ठसँग संसदीय समितिमा स्वार्थको द्वन्द्व र श्रमिक सुरक्षाबारे प्रश्न
ताजा खबरJust now

कोरियाका लागि प्रस्तावित राजदुत श्रेष्ठसँग संसदीय समितिमा स्वार्थको द्वन्द्व र श्रमिक सुरक्षाबारे प्रश्न

काठमाडाैँ । सांसदहरूले दक्षिण कोरियाका लागि प्रस्तावित नेपाली राजदुत प्रा. डा. सङ्गम श्रेष्ठलाई कोरियामा रहेका झन्डै ९१ हजार नेपाली नागरिकको संरक्षण, इपिएस प्रणालीको नियमितता र गैरसरकारी संस्था तथा व्यवसायसँगको विगतको आवद्धतामाथि स्पष्टीकरण माग गरेका छन् । संसदीय सुनुवाई समितिले मंगलबार कार्ययोजना माग गर्दै स्वार्थको द्वन्द्व, नेपाली श्रमिक तथा विद्यार्थीको सुरक्षा र दुतावासको कार्यशैलीबारे प्रश्न सोधेको हो । सांसदहरूले कोरियामा नेपाली ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play