Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौं।भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ, रासस–प्रतिष्ठान शाखाद्वारा राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा थामीकी श्रीमती कालिका खड्कालाई विभिन्न प्रतिस्ठानमा कार्यरत पत्रकार एवं राससकर्मीबाट संकलित रकम प्रदान गरिएको हो। त्यस अवसरमा महासंघका अध्यक्ष निर्मला शर्मा र रासस प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद सापकोटाले दुई लाख ३० हजारको चेक राससकर्मी खड्कालाई हस्तान्तरण गरे। कार्यक्रममा अध्यक्ष शर्माले अकल्पनीय विपदमा परी थामीसहित तीन पत्रकार गुमाउनु परेको बताइन्। उनले थामी इमान्दार र सक्रिय पत्रकार भएको स्मरण गरिन्। भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका पत्रकारका परिवारलाई केन्द्रले तत्काल सहयोगका रूपमा एकरएक लाख प्रदान गरेको उनले जानकारी दिइन्। राससका महाप्रबन्धक सन्दीप राईले दुःखको घडीमा एकता र सहयोग प्रदर्शन गरिएकामा रासस शाखालाई धन्यवाद दिँदै शोकलाई शक्तिमा बदल्न पीडित परिवारलाई आग्रह गरे। राससका प्रमुख समाचारदाता एकराज पाठकले रासस परिवारका एक सदस्य गुम्नु आफूहरूको पनि परिवारको सदस्य गुम्नु भएको सन्दर्भ उल्लेख गर्दै आफन्त गुमाएर पीरव्यथामा बाँचेकाहरूले आ–आफ्नो जीवन अगाडि बढाउनु पर्ने नियती भएको बताए। महासंघको प्रतिष्ठान प्रदेशका उपाध्यक्ष एवं शाखाका पूर्व अध्यक्ष पवित्रा गुरागाईंले विपद्को समयमा आफूहरू एकजुट हुन सक्छौं भन्ने सन्देश राससकर्मीले दिएको बताइन्। वासिङ्टन डिसीस्थित राससका समाचारदाता मधुकर अधिकारीले दुःखको समयमा आफूहरू जहाँ रहेर पनि साथमा रहँदै आएको बताए। शाखाका अध्यक्ष सापकोटाले दुःखको समयमा सामूहिकता प्रदर्शन गर्न सहयोगको आह्वान गरिएको र छोटो समयमा सबैबाट ऐक्यबद्धता प्राप्त भएको जानकारी दिए । गत भदौ १० गते बाढीपछि सम्पर्कविहीन भएका नयाँ पत्रिका दैनिकका पत्रकार थामीको यही असोज ३ गते कुशको शव बनाएर अन्त्येष्टि गरिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

कास्कीमा ‘अपरेसन ३६५’: ८९८ मोटरसाइकलमाथि कारबाही, ३६ जना नियन्त्रणमा
ताजा खबरJust now

कास्कीमा ‘अपरेसन ३६५’: ८९८ मोटरसाइकलमाथि कारबाही, ३६ जना नियन्त्रणमा

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत एक वर्षको अवधिमा ८९८ वटा मोटरसाइकलमाथि कानुनी कारबाही गरेको छ। मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने,... ...

रातोपाटी
प्रस्तावित राजदूतको सुनुवाइ जारी, भोलि पनि हुने
ताजा खबरJust now

प्रस्तावित राजदूतको सुनुवाइ जारी, भोलि पनि हुने

काठमाण्डु – संसदीय सुनुवाइ समितिले मंगलबार ५ जना प्रस्तावित राजदूतको सुनुवाइ गरेको छ । समिति सभापति बोधनारायण श्रेष्ठको अध्यक्षमा भएको बैठकले प्रस्तावित राजदूतहरू क्रमश: सरू जोशी (जर्मनी), सुरेशकुमार कर्ण (इजरायल) पदमाक्षी राणा ( ओमान), सङ्गम श्रेष्ठ (दक्षिण कोरिया) र प्राप्ति शेरचन (स्पेन) को सुनुवाइ गरेको हो । बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए […] ...

काठमाण्डुपाटी
भारतीय ब्रान्डको इलेक्ट्रिक स्कुटर ‘जेलियो’ अब नेपाली बजारमा
ताजा खबरJust now

भारतीय ब्रान्डको इलेक्ट्रिक स्कुटर ‘जेलियो’ अब नेपाली बजारमा

काठमाडौं । भारतको चर्चित इलेक्ट्रिक स्कुटर ब्रान्ड जेलियोले अब नेपालमा पनि व्यावसाय विस्तार गरेको छ । यही असोज २६ गते सोमबार एक कार्यक्रमका बिच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेलियोको पहिलो स्वरुम उद्घाटन गरेका हुन । जेलियोलाई नेपालमा गो ग्रिन बिजनेस एन्ड सोलुसन प्रा.ली.ले भित्राएको हो । नेपालमा विद्युतीय सवारीसाधन बजारमा विस्तार भइरहेका बेला जेलियो इलेक्ट्रिक स्कुटरले आफ्नो उपस्थिति विस्तार गर्दै ...

केन्द्रबिन्दु
दसैँमा ग्यास सास्ती : ग्यास होइन, टोकन पाउनै लाइन (भिडियो रिपोर्ट)
ताजा खबरJust now

दसैँमा ग्यास सास्ती : ग्यास होइन, टोकन पाउनै लाइन (भिडियो रिपोर्ट)

काठमाडौँ । दसैँले छोपिसकेको छ, तर आम उपभोक्तालाई ग्यास अभावले छोडेको छैन । काठमाडौँ उपत्यकाका चोक र सडक छेउमा ग्यासका खाली सिलिन्डर बोकेर घण्टौँसम्म लाइनमा उभिएका निराश, भोका र आक्रोसित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play