कांग्रेसको निर्वाचन समितिद्वारा नयाँ नेतृत्वलाई १ करोड रुपैयाँ हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा बाँकी रहेको रकममध्ये १ करोड रुपैयाँ केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरेको छ। पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई आर्थिक अभाव हुन नदिन उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको निर्वाचन समितिले जनाएको छ। महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सम्पन्न भएपछि समितिको खातामा जम्मा भएको मौज्दात रकमबाट १ करोड रुपैयाँ पार्टीको केन्द्रीय कार्यालयलाई उपलब्ध गराइएको हो। निर्वाचन समितिले निर्वाचन सम्पन्न गर्ने क्रममा संकलित कुल रकमको हिसाबकिताब टुङ्ग्याउने काम भने जारी रहेको जनाएको छ। समितिका पदाधिकारीहरूले महाधिवेशनका क्रममा कुनै पनि प्रकारको व्यक्तिगत पारिश्रमिक वा भत्ता नलिई स्वयंसेवी रूपमा काम गरेको स्पष्ट पारेका छन्। उनीहरूको स्वयंसेवी योगदानका कारण बचत भएको रकम पार्टीको संगठनात्मक सुदृढीकरण तथा नवनिर्वाचित नेतृत्वको कार्यसम्पादनमा सहयोग पुर्याउने उद्देश्यले हस्तान्तरण गरिएको समितिको भनाइ छ। नवनिर्वाचित नेतृत्वलाई शुभकामना दिनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै समितिले राजनीतिक तथा सांगठनिक अभियान सञ्चालनका लागि आर्थिक स्रोतसमेत आवश्यक पर्ने जनाएको छ। सभापति गगनकुमार थापासहितको नयाँ नेतृत्वलाई पार्टीका गतिविधि सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको निर्वाचन समितिले जानकारी दिएको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

झलनाथ खनालको स्वास्थ्य बुझ्न ह्याम्स अस्पताल पुगे केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न आइतबार काठमाडौंस्थित ह्याम्स अस्पताल पुगेका छन्। मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्थाबारे ओलीले जानकारी लिएका हुन्। खनाल आइतबार अस्पताल भर्ना भएका हुन्। ...

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ । ...

दुई महिनापछि तातोपानी नाका हुँदै तीन कन्टेनर सामान नेपाल भित्रियो
करिब दुई महिनादेखि बन्द तातोपानी भन्सार नाका सञ्चालनमा आएको छ। गत भदौ १४ गतेदेखि बन्द रहेको तातोपानी नाका आज कात्तिक १ गतेदेख सञ्चालनमा आएको हो। आज तातोपानी नाकाबाट ६ वटा कन्टेनर पास भएका छन्। तातोपानी भन्सार कार्यालयका अधिकृत नरेन्द्र जैसीका अनुसार तीन वटा मालवहाक कन्टेनर चीनबाट आएको र ३ वटा खाली कन्टेनर नेपाल तर्फबाट गएको जानकारी दिए। ... ...

पृथ्वी राजमार्गमा सवारी चाप घट्यो, धुलो र खाल्डाखुल्डीले यात्रामा सास्ती
काठमाडौं । बडादसैँमा राजधानीबाट गृहजिल्ला फर्कने यात्रुको आउजाउ निरन्तर रहे पनि पृथ्वी राजमार्गमा विगतका वर्षहरूको तुलनामा सवारीसाधनको चाप घटेको छ । दसैँका कारण सडक किनारका साना खानपिनका पसल तथा होटलहरू प्रायः बन्द छन् । यद्यपि, मलेखु क्षेत्रका माछा होटल र बेनिघाट क्षेत्रका स्टाफ होटलमा घर फर्किंदै गरेका तथा यात्रामा रहेका सर्वसाधारणको चहलपहल देखिन्छ । राजमार्गमा ठूला मालवाहक सवारीसाधनको उपस्थिति न्यून छ । ...


