Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कहिले सकिन्छ कांग्रेस महाधिवेशनको मतगणना ?

कहिले सकिन्छ कांग्रेस महाधिवेशनको मतगणना ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कहिले सकिन्छ कांग्रेस महाधिवेशनको मतगणना ?

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पार्टी कार्यालय सानेपामा जारी मतगणनाको काम आजै राति सकिनेगरी काम भइरहेको निर्वाचन समितिले जनाएको छ । समितिका संयोजक प्रेमबहादुर खड्काले विभिन्न समूह बनाई मत गणना भइरहेको अवस्थामा आवश्यक परे गणनास्थल थप गरी आज राति १०ः०० बजेसम्ममा सबै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । परिणाम सार्वजनिक हुनेक्रममा कांग्रेस दलिततर्फको सहमहामन्त्री पदमा चार हजार ८०३ मत प्राप्त गरी प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार सो पदका प्रतिस्पर्धी मानबहादुर नेपालीले एक हजार १२० मत र नरेन्द्र पासवानले ७७२ मत प्राप्त गरेका छन् । यसैगरी, दलित महिलातर्फको पाँच सदस्य पदमा शान्ति परियार (विक)ले दुई हजार ९६४ र सीता मिजारले तीन हजार ४३३, रुपा विकले दुई हजार ६४९, कमला नेपालीले दुई हजार ५५३ र छायाँ सुनुवारले दुई हजार ११२ मत प्राप्त गरी विजयी भएका छन् । दलित मधेसीतर्फ धर्मेन्द्र पासवान तीन हजार १०५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उक्त समूहमा चन्द्रेश्वर शर्मा बजबलेले ६५१, मुनेश्वर साफीले ६०६, मानवीर रजक साफीले ३११ र राजकुमार पासवानले एक हजार २३३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । अहिले मधेस प्रदेश भूगोलतर्फको केन्द्रीय सदस्य, मधेस प्रदेश केन्द्रीय सदस्य महिला, खुला, ३५ वर्षमुनिका युवा महिला तथा पुरुष र खुुलातर्फका उम्मेदवारको मतगणना भइरहेको निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिए । कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न असोज २३ गते भएको मतदानबाट सभापति, उपसभापति, महामन्त्रीसहितक प्रमुख पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ भने सहमहामन्त्री खसआर्य र केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना चरणबद्ध रूपमा भई परिणाम सार्वजनिक भइरहेको छ । जारी मतगणनाअन्तर्गत खुलातर्फको ४५ केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !
ताजा खबरJust now

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !

बागलुङ । दशैंमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दशैंमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ रु ४५ देखि ५० हजार पर्ने ...

केन्द्रबिन्दु
पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक
ताजा खबरJust now

पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । ...

कान्तिपुर
अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो
ताजा खबरJust now

अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो

सिड्नी । अस्ट्रेलियामा बालबालिकामाथि हुने यौन उत्पीडन र पारिवारिक हिंसासम्बन्धी आक्रमणका घटना तीव्र रूपमा बढेका छन् । सन् २०१४ देखि २०२४ सम्मको तथ्याङ्कमा आधारित अध्ययनले पछिल्ला तीनदेखि पाँच वर्षमा बालबालिकामाथि हुने हिंसा झन् बढेको देखाएको छ । अध्ययनअनुसार, सन् २०१४ देखि २०२४ सम्म १० देखि १७ वर्ष उमेर समूहका बालिकामा यौन उत्पीडनको दर ५१ प्रतिशत र सोही उमेर समूहका बालकमा ६० ...

केन्द्रबिन्दु
नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि
ताजा खबरJust now

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५६ अङ्कले बढेर दुई हजार ६२५... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play