Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Others/७२ हजार ८० क्याप्सुल ट्रामाडोलसहित दुई जना पक्राउ

७२ हजार ८० क्याप्सुल ट्रामाडोलसहित दुई जना पक्राउ

10/19/2026, 1:15:12 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
७२ हजार ८० क्याप्सुल ट्रामाडोलसहित दुई जना पक्राउ

काठमाडौँको दक्षिणकाली नगरपालिका–५, फर्पिङस्थित बसपार्कबाट प्रहरीले ७२ हजार ८० क्याप्सुल लागुऔषध ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। आज बिहान करिब ४:३० बजे इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.२० च. ७५८८ नम्बरको कारको पछाडिको डिक्कीमा लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको ट्रामाडोल फेला पारेको हो। प्रहरीले लागुऔषधसहित बारा जिल्ला, कलैया उपमहानगरपालिका–२३, कोयरियाका २७ वर्षीय सुदिप पटेल र पर्सा जिल्ला, वीरगन्ज उपमहानगरपालिका–१७, अलौका २७ वर्षीय सुनिल सहनीलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

कञ्चनपुरमा दिसाबाट निकालियो हेरोइन, एक जना पक्राउ
OthersJust now

कञ्चनपुरमा दिसाबाट निकालियो हेरोइन, एक जना पक्राउ

२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा निलेर पेटभित्र लागूऔषध लुकाएका एक जनाको दिसाबाट १० ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरी छन् । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार लागूऔषध सेवन तथा ओसारपसार भइरहेको सूचनाका आधारमा चौधरीलाई… ...

अनलाइन खबर
आरुघाटस्थित बूढीगण्डकीमा सञ्चालनमा आयो बेलीब्रिज
OthersJust now

आरुघाटस्थित बूढीगण्डकीमा सञ्चालनमा आयो बेलीब्रिज

२ कात्तिक, काठमाडौं । गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ। नेपाली सेनाले सोमबार नै पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ । नेपाली सेना र सडक विभागको सहकार्यमा पुल निर्माण भएपछि बाढीका कारण प्रभावित बनेको आवतजावत सहज भएको छ। २७.४३ मिटर लम्बाइको उक्त बेलीब्रिजको अधिकतम भारवहन क्षमता २५ टन रहेको… ...

अनलाइन खबर
जुम्लामा पाइप बम विस्फोट, २ जना घाइते
OthersJust now

जुम्लामा पाइप बम विस्फोट, २ जना घाइते

जुम्लाको हिमा गाउँपालिका २, ओदीमा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट हुँदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् भने अर्का एकजना सामान्य घाइते भएका छन् । हिमा गाउँपालिका २ का वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार स्थानीय कमल थापाको घरमा पानीको धारा निर्माण गर्ने क्रममा पुरानो जीआई पाइपजस्तो वस्तु ग्राइन्डरले काट्दा विस्फोट भएको हो । विस्फोटमा परी स्थानीय बल रोकाया गम्भीर घाईते भएका छन् ...

पर्दाफास
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा नेपालको बलियो योगफल
OthersJust now

रोहित, दीपेन्द्र र देवको अर्धशतकमा नेपालको बलियो योगफल

२ कात्तिक, काठमाडौं । देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो अन्तिम खेलमा ओमानलाई २८१ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २८० रन बनायो । रोहितले ८१ बलमा २ चौका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play