Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Others/७१औँ प्रहरी दिवस : डा.प्रेमलाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड

७१औँ प्रहरी दिवस : डा.प्रेमलाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड

10/16/2026, 3:38:47 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
७१औँ प्रहरी दिवस : डा.प्रेमलाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड

७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई सम्मान एवं पुरस्कृत गरिएको छ । गृहमन्त्री सुधन गुरुङ र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संयुक्तरूपमा पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरे । यस वर्षको प्रतिष्ठित ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०८३’ अवकाशप्राप्त प्रहरी नायव निरीक्षक डा.प्रेमलाल श्रेष्ठलाई प्रदान गरिएको छ । त्यस्तै, शान्ति सुरक्षा तथा व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्‍याएबापत जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसी ‘पूर्णशान्ति पुरस्कार २०८३’ बाट पुरस्कृत भएका छन् । अन्तरप्रहरी कार्यदक्षता मूल्याङ्कनतर्फ यस वर्षको ‘प्रहरी ब्याटन २०८३’ को उपाधि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले हात पारेको छ । जोखिम मोलेर नागरिकको ज्यान बचाउने दुईजना प्रहरी कर्मचारीलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार’ प्रदान गरिएको छ । गत भदौ २३ गते बर्दियाको मधुवन नगरपालिका–३ कोठियाघाटस्थित कर्णाली नदीको पुलबाट हामफालेकी १६ वर्षीया बालिकाको सकुशल उद्धार गर्ने प्रहरी सहायक हवल्दार राजेन्द्र चौधरी र दार्चुलास्थित महाकाली नदीमा हामफालेकी महिलाको उद्धार गर्ने कार्यालय सहयोगी प्रकाशसिंह महरा सो पुरस्कारबाट सम्मानित भएका हुन् । यसैगरी, अपराध अनुसन्धानतर्फ उत्कृष्ट कार्य गरेबापत ५१ हजार रुपैयाँ राशिसहितको ‘मोतिलाल प्रहरी उत्कृष्ट अनुसन्धान अधिकृत पुरस्कार’ इलाका प्रहरी कार्यालय रातापानी, मुगुमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक निबन्धबहादुर बुढालाई प्रदान गरिएको छ । समारोहमा अमर तथा अशक्त प्रहरीका सन्ततिहरूलाई विभिन्न छात्रवृत्ति समेत वितरण गरिएको छ । वार्षिक एक लाख रुपैयाँ राशिको ‘मोतीकला मिथिला अमर प्रहरी छात्रवृत्ति’ अशक्त प्रहरी नायव निरीक्षक हितबहादुर तामाङकी छोरी आशिका लामा (कक्षा ९, नुवाकोट) र अमर प्रहरी जवान विन्देश्वर शाहका छोरा अनजयकुमार शाह (कक्षा १२, काठमाडौं) ले प्राप्त गरेका छन् । त्यस्तै, जनही ५१ हजार रुपैयाँ राशिको ‘अच्युत–मिना अमर प्रहरी पुरस्कार तथा छात्रवृत्ति’ अन्तर्गत अमर प्रहरी जवान पदमबहादुर शाउदका छोरा विप्लव शाउद (कक्षा ९, चितवन), अमर प्रहरी हवल्दार रामबहादुर शाउदकी छोरी रञ्जना शाउद (कक्षा ४, धनगढी), अमर प्रहरी जवान शेरसिंह शाउदका छोरा अनिल शाउद (कक्षा १०, कञ्चनपुर) र अमर प्रहरी जवान रामबहादुर शाउदकी छोरी नविना शाउद (कक्षा ६, धनगढी) सम्मानित भएका छन् । कार्यक्रममा अमर प्रहरी परिवारका तर्फबाट ललिताकुमारी यादव, रिनुकुमारी पाल, यशोदा खड्का, सञ्जिला विष्ट र कल्पना पौडेललाई कदरपत्र तथा सद्भाव पत्र प्रदान गर्दै उनीहरूको त्याग र योगदानको स्मरण गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रमाणीकरण
OthersJust now

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रमाणीकरण

३० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता धर्मराज गैरेले जानकारी दिए । उनका अनुसार, संघीय संसद्बाट पारित भएर आएको यो विधेयक संविधानको धारा ११३ को उपधारा… ...

अनलाइन खबर
राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
OthersJust now

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले जानकारी दिए । ...

अनलाइन खबर
रोनाल्डो हात्तीको मृत्युबारे अध्ययन समितिको निर्ष्कष : जीर्ण र जोखिमयुक्त संरचना हटाऊ
OthersJust now

रोनाल्डो हात्तीको मृत्युबारे अध्ययन समितिको निर्ष्कष : जीर्ण र जोखिमयुक्त संरचना हटाऊ

रोनाल्डो हात्तीको मृत्युबारे अध्ययन गर्न गठित अध्ययन समितिले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका जीर्ण र जोखिमयुक्त विद्युतीय संरचना हटाउन सुझाव दिएको छ । ...

अनलाइन खबर
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
OthersJust now

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ । उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा डाक्टर, इन्जिनियर,विषय विज्ञ निर्वाचित भएका छन् । कांग्रेसको नयाँ कार्यसमितिमा ३० जना डाक्टर र १५ जना इन्जिनियर निर्वाचित भएका छन् । यसले पार्टीको नेतृत्व तथा निर्णय प्रक्रियामा प्राविधिक, प्राज्ञिक र पेशागत क्षेत्रबाट प्रतिनिधित्व ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play