६ निर्माण व्यवसायी कालोसूचीमा, कुन–कुन परे ?

सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो। विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो। कालोसूचीमा राखिएका कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने सूचनामा उल्लेख गरिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ११२ जनाको शव पहिचान गरी परिवारलाई बुझाइयो
भोटेकोशी तथा कालीगण्डकी करिडोरमा आएको विनाशकारी बाढीपहिरोपछिको खोजी तथा उद्धार कार्यका क्रममा हालसम्म ११२ वटा शवको पहिचान गरी परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ । नदीले बगाएर टाढा पुर्याएका शवहरूको खोजीका लागि रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणी (भारत सीमा) सम्म दुवै किनारमा ‘टी टु टी’ (टिमुरे टु त्रिवेणी) विशेष अपरेसन सञ्चालन गरिएको हो । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय ...

देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने
१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने भएको हो । देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको जानकारी दिए । उनका अनुसार महाधिवेशनका लागि देउवा समूहले… ...

सुनकोशी मरिण डाइभर्सनको नयाँ ठेक्का लगाउँदै गर्दा किन नियन्त्रणमा परे सिँचाइ महानिर्देशक ?
अहिले नयाँ ठेक्काका लागि प्राविधिक मूल्यांकन सकेर आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेको थियो । यही मेसोमा सिँचाइ विभागका महानिर्देशक र आयोजना प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ...

वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै
मुलुकका सातै प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गर्ने निक्षेप र प्रवाह गर्ने कर्जामा ठूलो असमानता देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशहरूको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले २०८३ असार मसान्तसम्म वागमती प्रदेशबाट मात्रै ५२ खर्ब ६७ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो रकम अन्य सबै प्रदेशको तुलनामा निकै बढी हो । वागमतीमा ...


