३ महिनामा विदेश गयो ८ करोडभन्दा बढीको मदिरा

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट आठ करोड रुपैयाँ बढीको मदिरा निर्यात गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्ममा ८ करोड ६९ लाख ५६ हजार रुपैयाँ बराबरको मदिरा निर्यात गरेको छ । १० देशमा गयाे माल्ट बियरविभागका अनुसार ५ प्रतिशतसम्म अल्कोहल मात्रा भएको माल्टबाट उत्पादित बियर १० वटा देशमा निर्यात गरिएको छ । जसको मुल्य ३ करोड ४४ लाख ७० हजार रुपैयाँ बराबर रहेको छ । उक्त बियर भारतमा सबैभन्दा बढी ८२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । त्यसैगरी अष्ट्रेलियामा ६२ लाख २८ हजार रुपैयाँ, जापानमा ४६ लाख ९१ हजार, अमेरिकामा ९१ लाख रुपैयाँ, बेल्जियममा २१ लाख ४३ हजार रुपैयाँ, अष्ट्रेलियामा १४ लाख ८४ हजार रुपैयाँ, हङ्कङमा ११ लाख ६९ हजार, युकेमा ९ लाख २७ हजार रुपैयाँ, न्युजिल्याण्डमा तीन लाख ९५ हजार रुपैयाँ र पिलिपिन्समा ५६ हजार रुपैयाँ बराबरको बियर निर्यात भएको छ । ५ देशमा दुई करोडको ह्विस्कीनेपालले तीन महिनामा हङ्कङ, जापान, कोरिया, युके र अमेरिका गरी पाँच देशमा दुई करोड ८७ लाख ३९ हजार रुपैयाँ बराबरको ह्विस्की निर्यात गरेको छ । यस अवधिमा अमेरिकामा १ करोड २२ लाख रुपैयाँ बराबरको ह्विस्कीको कच्चा पर्दार्थ निर्यात भएको छ । त्यसैगरी युकेमा ७७ लाख रुपैयाँ, जापानमा ४१ लाख ७३ हजार रुपैयाँ, हङ्कङमा २५ लाख ६४ हजार रुपैयाँ र कोरियामा २१ लाख रुपैयाँ बराबरको ह्विस्की निर्यात भएको छ । त्यसैगरी यसै अवधिमा जापान, कोरिया र अष्ट्रेलियामा २ करोड २१ लाख रुपैयाँ बराबरको रम निर्यात भएको छ । जापान, कोरिया र हङ्कङमा २५ लाख ६८ हजार रुपैयाँ बराबरको भोड्का निर्यात भएको छ भने युकेमा ३९.९४ प्रतिशत अल्कोहल मात्रा भएको मदिरा एक लाख २४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । यस अवधिमा नेपालले विश्वका विभिन्न मूलुकबाट ९८ करोड रुपैयाँ बराबरको मदिरा आयात गरेको तथ्यांकमा उल्लेख छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका
उत्तराखण्ड । भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा बेपत्ता भएको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। हेलिकप्टरमा सवार पाइलटसहित ६ जनाकै मृत्यु भएको आशंका गरिएको अधिकारीहरूले बताएका छन्। बद्रीनाथबाट देहरादुनतर्फ उडिरहेको हेलिकप्टर जोशीमठ नजिकैको हाथी पर्वत क्षेत्रमा सम्पर्कविहीन भएको थियो। खोजीका क्रममा हेलिकप्टर जोशीमठ नजिकै जेपी पावर हाउस क्षेत्रको पहाडी भिरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। हेलिकप्टर बेपत्ता भएको ...

कान्तिलोकपथमा राति सवारी साधन आवागमनमा रोक
प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार शुक्रबार र शनिबार अर्थात १३ र १४ कात्तिकमा कान्तिलोकमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ । ...

सरकारले निलम्बन गर्यो एनप्याब्सन, कारण के ?
• सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ। • एनप्याब्सनले गृह मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू बारम्बार उल्लंघन गरेको र निर्देशन पालना नगरेको बताइएको छ। • मन्त्रालयले एनप्याब्सनको कार्यशैली विपरीतका गतिविधिहरूको कारण निलम्बन गरिएको जानकारी दिएको छ। ...

नेत्रज्योति संघद्वारा विपद् उद्धार कोषमा थप १६ लाख ३३ हजार सहयोग
काठमाडौं । नेपाल नेत्रज्योति संघले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप १६ लाख ३३ हजार एक रुपैयाँ सहयोग गरेको छ । सङ्घले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । संघका अनुसार हस्तान्तरण गरिएको रकममध्ये संघको तर्फबाट एक लाख आठ हजार ४०१ रुपैयाँ र अन्तर्राष्ट्रिय […] ...


