Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

क्यालिफोर्निया।अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार १५६ पाउन्ड (करिब एक हजार ४३१ किलोग्राम) तौलको विशाल फर्सीले विश्वकै सबैभन्दा भारी फर्सीको कीर्तिमान तोड्ने सम्भावना देखिएको छ। हाल कायम कीर्तिमान भन्दा करिब ३०० पाउन्ड (१३६ किलोग्राम) बढी तौल भएको उक्त फर्सीको विश्व कीर्तिमानका लागि आधिकारिक पुष्टि हुन बाँकी छ। रोड आइल्यान्डको ग्रीनका उत्पादक रोन वालेसले न्यु इङ्गल्यान्डमा आयोजित प्रतियोगितामा आफ्नो फर्सीको तौल गराएका थिए। उनले करिब एक साताअघि इङ्ग्ल्यान्डका एक उत्पादकले बनाएको कीर्तिमान तोडेको पुष्टि गर्न गिनिज वर्ल्ड रेकर्डसको प्रतीक्षा गरिरहेका छन्। गिनिजका अधिकारीहरूसँग सम्पर्कमा रहेका वालेसले आफ्नो कीर्तिमान प्रमाणित हुने प्रक्रियामा रहेको जानकारी पाएको बताए। “यो साँच्चिकै विशाल छ। यस्तो फर्सी उब्जाउन पाउँदा खुसी लागेको छ”, उनले भने। गिनिज वल्र्ड रेकर्डसका अनुसार हाल इङ्ग्ल्यान्डको लिमिङटनका इयान प्याटनले उब्जाएको दुई हजार ८५७ पाउन्ड (एक हजार २९६ किलोग्राम) तौलको फर्सी सबैभन्दा भारी फर्सीको कीर्तिमानमा सूचीकृत छ। प्याटनले अक्टोबरमा उक्त कीर्तिमान बनाएका थिए। गिनिजका अधिकारीहरूले यस विषयमा टिप्पणी गर्न गरिएको अनुरोधको जवाफ दिएका छैनन्। विश्वभरका उत्पादकले यस महिना आफ्ना फर्सीलाई सबैभन्दा भारी घोषित गराउने लक्ष्यसहित विभिन्न प्रतियोगितामा भाग लिइरहेका बेला वालेसको फर्सीले नयाँ कीर्तिमान कायम गर्ने सम्भावना देखिएको हो। उत्तरी क्यालिफोर्नियामा सोमबार आयोजित अर्को प्रमुख प्रतियोगितामा मिनेसोटाका उत्पादकले लगातार पाँचौँ पटक उपाधि जितेका छन्। वालेसले आफ्नो स्थानीय प्रतियोगितामा तीन हजार ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरे। उनका अनुसार केही अन्य प्रतियोगिताले ७० हजार डलरसम्मको पुरस्कार दिने प्रस्तावसहित आकर्षित गर्न खोजेका थिए। तर, कीर्तिमान बनाउने अवसरमा आफ्नो गृहनगरका मानिसको साथ र समर्थन पाउनु उनका लागि बढी महत्त्वपूर्ण थियो। फर्सीको तौल सार्वजनिक गरिएको क्षण सम्झँदै उनले भने, “म निकै खुसी भएँ। त्यहाँको वातावरण एकाएक उत्साहले भरिएको थियो।” वालेसले विशाल फर्सी उत्पादन गर्ने समुदायबाट आफूले धेरै सहयोग पाएको बताए। उक्त समुदायका सदस्यले सबैभन्दा ठूलो फर्सी उब्जाउने उपाय, अनुभव र सीप एकअर्कासँग खुलस्त बाँड्ने गर्छन्। यस वर्ष पहिलो पटक उनले हरितगृहमा फर्सी उब्जाउन थालेका थिए। यसले उत्पादनको आकार बढाउन उल्लेखनीय फरक पारेको उनको भनाइ छ। “तीन हजार पाउन्डको फर्सी उत्पादन गर्ने एउटै उपाय भनेको समुदायका सबै मिलेर काम गर्नु हो”, उनले भने। अनलाइनमा बगैँचामा प्रयोग हुने सामग्री बिक्री गर्ने व्यवसाय सुरु गरेपछि वालेस फर्सी उत्पादनको यस सौखमा आकर्षित भएका थिए। अहिले उनी विशाल फर्सी उत्पादकको समुदायको हिस्सा हुन पाउँदा गर्व गर्छन्। उनका अनुसार यस्ता प्रतियोगिताले फर्सी उत्पादकलाई पहिचान दिलाउनुका साथै उनीहरूको अनुभव र सीपलाई पनि स्थापित गर्न मद्दत गर्छन्। कृषि क्षेत्रका मानिसले माटोको गुणस्तर र खेतीका विभिन्न प्रविधिबारे सल्लाह लिन पछिल्लो समय फर्सी उत्पादकसँग सम्पर्क बढाइरहेको पनि उनले बताए। यसैबीच, उत्तरी क्यालिफोर्नियाको हाफ मुन बेमा आयोजित वार्षिक फर्सी तौल प्रतियोगितामा ‘रकी’ नामको फर्सीले दुई हजार ३८९ पाउन्ड (एक हजार ८३ किलोग्राम) तौलसहित उपाधि जितेको छ। तर यसको तौल वालेसको सम्भावित विश्व कीर्तिमान भन्दा निकै कम छ। मिनेसोटाका बागवानी शिक्षक ट्राभिस गिएङ्गरले लगातार पाँचौं पटक प्रतियोगिता जित्न आफ्नो फर्सीलाई देशभरि यात्रा गराएर क्यालिफोर्निया ल्याएका थिए। सान फ्रान्सिस्कोको दक्षिणमा रहेको हाफ मुन बेमा दर्जनौं विशाल फर्सी उत्पादकलाई पछि पार्दै उनले २१ हजार ५०१ अमेरिकी डलर पुरस्कार प्राप्त गरे। गत वर्ष फर्सी बढ्दै गर्दा फुटेपछि गिएङ्गर प्रतियोगितामा सहभागी हुन सकेका थिएनन्। यस वर्ष पुनरागमन गर्ने लक्ष्यसहित उनले आफ्नो फर्सीको नाम ‘रकी’ राखेका थिए। यो नाम अभिनेता सिल्भेस्टर स्टालोनले अभिनय गरेको चर्चित बक्सरको पात्रबाट प्रेरित थियो। “पाँचौं पटकको च्याम्पियन, हामी यहाँ यही गर्न आएका हौं”, उपाधि जितेपछि गिएङ्गरले भने। गिएङ्गर र उनको परिवारले एउटा सानो कारजत्रो आकारको फर्सी लिएर मिनेसोटाबाट क्यालिफोर्नियासम्म ३५ घण्टा गाडी चलाएका थिए। प्रतियोगिताका आयोजक रोनान फाउलरका अनुसार गिएङ्गरले मिनियापोलिसको उत्तरमा मिसिसिपी नदीको किनारमा रहेको अनोका सहरस्थित आफ्नै घरको बगैँचामा फर्सी उब्जाएका हुन्। यस वर्ष उनले पानी जम्ने तापक्रमभन्दा पनि तल झरेको अत्यधिक चिसोको सामना गर्नु परेको थियो। भविष्यमा अझ प्रतिस्पर्धात्मक रूपमा फर्सी उब्जाउने हो भने वालेसले जस्तै तापक्रम नियन्त्रण गर्न सकिने वातावरणमा खेती गर्नुपर्ने हुन सक्ने उनको भनाइ छ। फाउलरले भने, “ट्राभिसले ३० डिग्री जस्तो चिसो तापक्रमको सामना गर्दै पनि यति विशाल फर्सी उब्जाउन सक्नु निकै आश्चर्यजनक छ।” हाफ मुन बेमा आयोजित ५३औं विश्व च्याम्पियनसिप फर्सी तौल प्रतियोगितामा सयौं मानिस सहभागी भएका थिए। कार्यक्रममा खाना बेच्ने गाडी, संगीत र फर्सीसम्बन्धी ठट्टा समेत प्रस्तुत गरिएको थियो। दिनको सुरुवातमा ‘टिङ्करबेल’ नामको फर्सीले सबै भाग मिलेको र आकर्षक आकारका कारण सबैभन्दा सुन्दर फर्सीको उपाधि जित्दा दर्शकले उत्साहपूर्वक स्वागत गरेका थिए। प्रतियोगितामा फर्सीको प्रतिपाउन्ड नौ अमेरिकी डलरका दरले पुरस्कार रकम गणना गरिएको थियो। गिएङ्गरको विजयी फर्सीलाई यसै सप्ताहान्तमा हाफ मुन बेका सडकमा निकालिने परेडमा प्रदर्शन गरिनेछ। विश्व कीर्तिमान तोड्ने उत्पादकलाई दिइने ३० हजार अमेरिकी डलरको अतिरिक्त पुरस्कार भने गिएङ्गरले प्राप्त गर्न सकेनन्। यति विशाल आकारमा उब्जाइने फर्सी स्वादभन्दा आकारका लागि बढी उपयुक्त हुने भएकाले प्रतियोगिता सकिएपछि पनि फर्सीबाट बनाइने विशाल पाई खान पाइने छैन। –रासस/ एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन
ताजा खबरJust now

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

• म्याग्दीको बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ, जुन पहिरोका कारण बन्द भएको थियो। • दसैँ पर्वको चहलपहललाई ध्यानमा राख्दै तत्काल सडक खुलाइएको भए पनि दिगो समाधानका लागि अझै काम गर्न बाँकी छ। • यो सडक म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने महत्वपूर्ण मार्ग मानिन्छ। ...

नेपालबहस
जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ !
ताजा खबरJust now

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ !

जुम्ला । जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ । दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका किसानहरुलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका–८ का वडाध्यक्ष आसे बस्नेतले बताए । मौसम सफा भएकाल पाकेको बाली थन्क्याउन अहिले यहाँका किसान खेतबारीमा काममा व्यस्त रहेका छन् । दसैँभन्दा पनि किसानहरुलाई बाली भित्र्याउने ...

केन्द्रबिन्दु
एनपीएलको तेस्रो संस्करणका लागि विदेशी खेलाडी र प्रशिक्षक काठमाडौंमा
ताजा खबरJust now

एनपीएलको तेस्रो संस्करणका लागि विदेशी खेलाडी र प्रशिक्षक काठमाडौंमा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट मान्यता प्राप्त यस प्रतियोगितामा सहभागी टोलीहरूले यसपटक आठ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्, जसमध्ये एक खेलाडी एसोसिएट राष्ट्रको हुनुपर्नेछ। यद्यपि, प्लेइङ-११ मा भने चारजना विदेशी खेलाडी मात्र मैदानमा उत्रन पाउनेछन्। प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहँदा विदेशी खेलाडी र प्रशिक्षकहरूको आगमन ...

नेपालन्युज
नख्खु कारागारबाट फरार कैदीबन्दी पक्राउ
ताजा खबरJust now

नख्खु कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडाैँ । जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक कैदीलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ। चोरी मुद्दामा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय भई नख्खु कारागारमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play