२९.६ प्रतिशत सामुदायिक विद्यालयमा आइसिटी ल्याब

काठमाडौं।मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापना भएको छ। विसं २०७७ देखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार ६०८ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) निर्माण भएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक प्रतिवेदन, २०८२÷०८३ का अनुसार पूर्वाधार विकास र सूचना प्रविधिको विस्तारले शैक्षिक गुणस्तर वृद्धिमा योगदान पुग्दै आएको छ। यस्तै वैकल्पिक स्रोतबाट ६९ दशमलव ६ प्रतिशत विद्यालयमा विद्युत् पहुँच पुगेको छ। सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशत विद्यालयमा इन्टरनेट सुविधा पुगेको देखिएको छ। पछिल्लो वर्षको तथ्याङ्क अुनसार हाल मुलुकभर ३५ हजार ९५१ विद्यालयमध्ये धार्मिक प्रकृतिकासहित २७ हजार १० सामुदायिक विद्यालय रहेका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

त्रिभुवन आदर्श क्याम्पसमा संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा राखिने
स्याङ्जा । स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष अधिवक्ता तुलसी गिरीको अध्यक्षतामा आइतबार बसेको संचालक समितिको बैठकले क्याम्पसका... ...

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार
• नेपाल क्रिकेट सङ्घले एसिया कपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई रु ३० लाख पुरस्कार दिने घोषणा गरेको छ। • नेपालले युएईलाई हराएर दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान बनाएको छ, जुन नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि हो। • क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एनपिएलको वित्तीय पारदर्शिता र अडिट प्रक्रियामा सुधार भएको जानकारी दिएका छन्। ...

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अनिश्चित बनेको छ । क्रिकइन्फोका अनुसार एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीहरूको एनओसीको सम्बन्धमा समस्या देखिएको छ । यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत... ...

पाकिस्तानी अलराउन्डर नवाज चितवनबाट एनपीएल खेल्ने
काठमाडौं । पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चितवन राइनोजबाट खेल्ने भएका छन् । ३२ वर्षीय नवाज बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलर नवाजलाई एनपीएलको तेस्रो सिजनका लागि अनुबन्ध गरेको घोषणा गरेको हो । नवाजले पाकिस्तानका लागि टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले पाकिस्तानबाट ९८ टी–२० अन्तर्राष्ट्रिय खेलमा ९११ रन बनाउनुका साथै बलिङमा ...


